सहचालकको प्रशंसाप्रति आशिका तामाङको असन्तुष्टि, भन्छिन्– ‘यी भाइ मेरो आदर्श हुन सक्दैनन्

काठमाडौं । सांसद आशिका तामाङले बिरामी पाठोलाई माइक्रोबसको छतमा राखेर पोखरा पुर्याइएको विषयमा प्रश्न उठाएकी छन्। उनले सामाजिक सञ्जालमा उक्त कार्यको प्रशंसा गर्नेहरूप्रति असन्तुष्टि जनाउँदै अरू प्राणीप्रति करुणा र संवेदना हुनुपर्ने बताएकी छन्। तामाङले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘भनेपछि यी भाइले म त्यहाँबाट फर्किएपछि त्यो बिरामी भएको पाठोलाई त्यही माइक्रोको छतमा राखी पोखरा पुर्याएछन् होइन त?’ उनले सामाजिक सञ्जालमा ती सहचालकको प्रशंसा गर्दै प्रेरणादायी र संस्कारयुक्त व्यक्तिका रूपमा चित्रण गरिएकोप्रति पनि प्रश्न गरेकी छन्। उनले लेखेकी छन्, ‘सामाजिक सञ्जालभरि वाहवाह, कस्तो राम्रो संस्कारले भरिएको प्रेरणादायी सहचालक भाइ भनेर दुई दिन त यो समाजले तारिफस्वरूप ताली पिटेको पिट्यै छ।’ तामाङले मिठा र चिल्ला कुरा गर्ने व्यक्तिभन्दा खस्रो बोली बोले पनि सत्यको बाटो नछाड्ने व्यक्ति सही हुने धारणा व्यक्त गरेकी छन्। उनले ती सहचालक अरूका लागि आदर्श हुन सक्ने भए पनि आफ्नो आदर्श हुन नसक्ने स्पष्ट पारेकी छन्। उनले मानिस धनी वा गरिब भएर जन्मिने नभई अरू प्राणीप्रति देखाउने भावना, सोच र करुणाका आधारमा उसको मानवीयता झल्किने बताएकी छन्। अरू प्राणीप्रति करुणा र संवेदना नहुने व्यक्तिलाई भगवान्ले पनि माफ नगर्ने उनको भनाइ छ। सांसद तामाङ आक्रोशित भएर कडा शब्दमा प्रस्तुत हुँदा पनि पोखरा जाने माइक्रोका सहचालकले देखाएको धैर्य र शान्त व्यवहार अहिले चर्चामा छ। हात जोडेर नमस्कार गर्दै ‘सरी’ भन्नुका साथै उनले देखाएको विनम्रताले धेरैको ध्यान खिचेको थियाे।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

एनपीएल सिजन–३ यी चार कारणले बन्नेछ पहिलेभन्दा विशेष
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सोमबारदेखि सुरु हुन गइरहेको ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)’ को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा... ...

टेलर स्विफ्टका सांगीतिक २० वर्ष : नेसभिलको गल्लीदेखि पप-साम्राज्यसम्म
नेसभिलबाट सुरु भएको स्विफ्टको दुई दशक लामो सांगीतिक यात्राका दौरान आएका १२ वटा स्टुडियो एल्बम र कीर्तिमानी ‘द इराज टुर’ सम्म समेटेर ‘द टेनेसियन’ ले यतिबेला एउटा विशेष डकुमेन्ट्री नै ल्याएको छ, ‘टेलर स्विफ्ट फाइन्डिंग हर प्लेस इन दिस वर्ल्ड : सेलिब्रेटिंग ट्वान्टी इयर्स अफ हर डेब्यू एल्बम ।’ ...

राष्ट्रपति पौडेलद्वारा भक्तपुरस्थित नवदुर्गा मन्दिरमा पूजाअर्चना तथा प्रसाद ग्रहण
हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले नवदुर्गा देवीको दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्पराअनुसार राष्ट्रपति पौडेलले मन्दिरमा पूजाअर्चना गरी टीका तथा प्रसाद ग्रहण गरेका हुन् । ...

सप्तकोसीमा जेटबोट दुर्घटना हुँदा ३ जनाको मृत्यु
विराटनगर – भोजपुरको कोप्चेबाट सुनसरीको बराह क्षेत्रतर्फ यात्रु लिएर आउँदै गरेको जेटबोट सप्तकोसी नदीमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी केही यात्रु घाइते भएका प्रहरी चौकी त्रिवेणीका प्रमुख अनिल परियारले जानकारी दिए । बोटमा १४ जना यात्रु सवार थिए । बोट गुडिरहेकै अवस्थामा अचानक इन्जिन बन्द भएपछि दुर्घटना भएको जनाइएको छ […] ...


