Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सहकारीका मुद्दा हेर्न जिल्ला अदालतमा डेडिकेटेड इजलास गठन गर्न निर्देशन

सहकारीका मुद्दा हेर्न जिल्ला अदालतमा डेडिकेटेड इजलास गठन गर्न निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
सहकारीका मुद्दा हेर्न जिल्ला अदालतमा डेडिकेटेड इजलास गठन गर्न निर्देशन

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्माले सहकारीसम्बन्धी मुद्दा हेर्न जिल्ला अदालतमा समर्पित इजलास (डेडिकेटेड बेन्च) गठन गरी सुनुवाइको व्यवस्था मिलाउन निर्देशन दिएका छन्। सर्वोच्च अदालतबाट २०८२ माघ ११ मा सहकारी क्षेत्रको पीडितहरुको न्याय सुनिश्चित गर्न र सहकारी कसुरसम्बनी मुद्दाहरुको छिटो किनारा लगाउन जिल्ला अदालतहरुमा आवश्यकताअनुसार डेडिकेटेड इजलास स्थापना गरी कार्यन्वयन गर्न निर्देशनात्मक आदेश जारी भएको थियो। सोही आदेश कार्यान्वनय गर्दै प्रधानन्यायाधीश शर्माले गत असोज २० गते १०० थानभन्दा बढी सहकारीसँग सम्बन्धित मुद्दा भएको जिल्लामा डेडिकेटेड इजलासको प्रबन्ध गरी सुनुवाईको व्यवस्था मिलाउने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता अशोक कुमार क्षेत्रीले जानकारी दिए। प्रधानन्यायाधीशको निर्णय मंगलबार सार्वजनिक भएको हो। प्रधानन्यायाधीश शर्माको निर्णयअनुसार सहकारीसम्बन्धी मुद्दा १०० थानभन्दा बढी भएका जिल्ला अदालतमा समर्पित इजलास गठन गर्न र अन्य जिल्ला अदालतमा रहेका सहकारीसम्बन्धी मुद्दालाई छुट्टै समूहमा राखेर प्राथमिकताका साथ सुनुवाइ गर्न भनिएको छ। प्रधानन्यायाधीश शर्माले गरेको निर्णयमा भनिएको छ, ‘सहकारीसँग सम्बन्धित मुद्दाहरूको संख्या १०० थानभन्दा बढी भएका जिल्ला अदालतहरूमा समर्पित इजलास गठन गरी सुनुवाइ गर्ने प्रबन्ध गर्नु र सोभन्दा कम संख्या रहेका सहकारीसँग सम्बन्धित मुद्दा रहेका अन्य जिल्ला अदालतहरूमा मुद्दाको छुट्टै समूह बनाई यथाशीघ्र अंग पुर्‍याउने कार्य सम्पन्न गरी पेसीमा प्राथमिकता दिई छिटो सुनुवाइ हुन सक्ने गरी व्यवस्थापन गर्नु।’ भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गठित कार्यदलले पेस गरेको अध्ययन प्रतिवेदनमा पनि जिल्ला अदालतहरुमा सहकारी कसुरसम्बन्धी मुद्दा हेर्ने डेडिकेटेड इजलास हुँदा सहकारी पीडितहरुले छिटो र सुलभ रुपमा न्याय पाउने अवस्था हुने उल्लेख छ। यो निर्णय कार्यान्वयन हुँदा सहकारी ठगी तथा अन्य सहकारी कसुरसम्बन्धी मुद्दाको सुनुवाइमा हुने ढिलाइ अन्त्य हुने र पीडितलाई न्याय दिलाउने प्रक्रियाले तीब्रता पाउने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

विदेशबाट फर्किएर अकबरे खेती, वार्षिक नौ लाखसम्म आम्दानी
ताजा खबरJust now

विदेशबाट फर्किएर अकबरे खेती, वार्षिक नौ लाखसम्म आम्दानी

सन्तोष सुवेदी पाख्रीबास (धनकुटा), कात्तिक ११ गते । वैदेशिक रोजगारीका लागि करिब एक दशक दुबईमा बिताउनुभएका धनकुटाको पाख्रीबास नगरपालिका–७, राम्चेडाँडाका मोहन थापा अहिले आफ्नै गाउँमा... ...

गोरखापत्र
गाभीबाट सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोडको खोप प्राप्त हुने
ताजा खबरJust now

गाभीबाट सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोडको खोप प्राप्त हुने

नेपालले ‘गाभी, द भ्याक्सिन एलाइन्स’ले बाट राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको सहायता प्राप्त गर्ने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको महत्वपूर्ण कूटनीतिक पहलबाट यो सहायता प्राप्त हुन लागेको मन्त्री मेहताको सचिवालयले जनाएको छ। यसैगरी, गाभीबाट नेपालको नियमित खोप कार्यक्रमका ... ...

नेपालखबर
सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन आग्रह
ताजा खबरJust now

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन आग्रह

काठमाडौँ । सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी बनाउन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभाग तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त जानकारीअनुसार २०८३ कार्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न स्थानमा चट्याङ,हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने पूर्वानुमान ...

टक्सार
एसियन हाइवे र झापाको विकास निर्माणमा सांसदको चासो, सिडिओ कार्यालयमा छलफल
ताजा खबरJust now

एसियन हाइवे र झापाको विकास निर्माणमा सांसदको चासो, सिडिओ कार्यालयमा छलफल

झापा । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित कार्यालय प्रमुखबीच छलफल भएको छ । जिल्ला प्रशासन कार्यालय झापाको सभाहलमा मंगलबार आयोजित अन्तरक्रियामा झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य प्रकाश पाठक र क्षेत्र नं ४ का सदस्य शम्भु सुस्केरासहित जिल्लाका सरकारी कार्यालयका प्रमुख, भूमि समस्या ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play