काठमाडौं। तीन विभागीय टोली नेपाल पुलिस, एपिएफ र त्रिभूवन आर्मी क्लवसहित सुदूरपश्चिम प्रदेश सुर्खेतमा जारी दशौं राष्ट्रिय खेलकुदको महिला बास्केटबल (फुल कोर्ट) मा सेमिफाइनलमा पुगेका छन् । सुर्खेतमा जारी दशौं राष्ट्रिय खेलकुदमा शुक्रवार महिला बास्केटबलतर्पm फुल कोर्ट र तीन बाई तीन (३×३) दुवै विधामा सेमिफाइनल समीकरण पूरा भएका छन् । तीन बाई तीन महिला बास्केटबलमा आर्मी, बागमती, एपिएफ र सहआयोजक कर्णाली प्रदेशले सेमिफाइनलमा स्थान बनाएका छन् । फुल कोर्टतर्पm क्वार्टरफाइलनमा एफिएफले गण्डकी प्रदेशलाई ७९–१२ अंक, सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ३९–१६ र पुलिसले कोशी प्रदेशलाई ५५–४० अंकले हराए । यसै विधामा नेपाल आर्मीले पनि वागमती प्रदेशलाई ६७–२० अंकले सहजै पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भयो । तीन बाई तीन महिला बास्केटबलको क्वार्टरफाइनलमा आर्मीले गण्डकी प्रदेशलाई १९–६ अंक, वागमतीले लुम्बीनी प्रदेशलाई १४–१० र एपिएफ क्लवले सुदूरपश्चिमलाई १३–७ अंकले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । सहआयोजक कर्णाली प्रदेशले पनि विभागीय टोली नेपाल पुलिसलाई १७–८ अंकले हराउँदै महिला बास्केटबलमा आफ्नो यात्रा जारी राख्यो ।
सहआयोजक कर्णाली महिला बास्केटबलको अन्तिम चारमा

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार






