Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सशस्त्र प्रहरीको निःशुल्क बस सेवाबाट दुई दिनमा एक हजारभन्दा बढी लाभान्वित

सशस्त्र प्रहरीको निःशुल्क बस सेवाबाट दुई दिनमा एक हजारभन्दा बढी लाभान्वित

Share:WhatsAppFacebookX (Twitter)Telegram
सशस्त्र प्रहरीको निःशुल्क बस सेवाबाट दुई दिनमा एक हजारभन्दा बढी लाभान्वित

काठमाडौं। दशैंको अवसरमा सशस्त्र प्रहरी बलले काठमाडौं उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट दुई दिनमा एक हजारभन्दा बढी यात्रु लाभान्वित भएका छन्। सशस्त्र प्रहरी बलका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीका अनुसार सोमबार ४५० र मंगलबार ६१३ जना सर्वसाधारणले निःशुल्क बस सेवाको उपयोग गरेका छन्। दुई दिनमा कुल एक हजार ६३ जना यात्रुले सेवा लिएका हुन्। दशैंका बेला सार्वजनिक यातायातको अभाव हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले सोमबारदेखि उपत्यकाभित्र निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको हो। हाल दुईवटा बसमार्फत बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सेवा प्रदान भइरहेको छ। सशस्त्र प्रहरी बलका अनुसार सुरुमा तीन दिनका लागि सञ्चालन गर्ने योजना बनाइएको यो सेवा यात्रुको आवश्यकता हेरेर थप एक दिन विस्तार गर्न सकिनेछ। दशैंको समयमा सर्वसाधारणको आवागमन सहज बनाउने र सार्वजनिक यातायातको अभावबाट हुने असुविधा कम गर्ने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

[अर्काइभ] ‘पासाङ ल्हामु दिदीले सपनामै सगरमाथा चढ्न बोलाएकी थिइन्’
ताजा खबरJust now

[अर्काइभ] ‘पासाङ ल्हामु दिदीले सपनामै सगरमाथा चढ्न बोलाएकी थिइन्’

पासाङ ल्हामु शेर्पाबाट प्रेरित ल्हाक्पा शेर्पा सगरमाथा चढ्ने दोस्रो नेपाली महिला बनिन् । उनले आफ्नै कीर्तिमान तोड्दै ११ पटक सगरमाथाको सफल आरोहण गरिसकेकी छन् । ...

कान्तिपुर
परिवारसँग दसैंको खाना नखाएको वर्षौं भयो
ताजा खबरJust now

परिवारसँग दसैंको खाना नखाएको वर्षौं भयो

परदेशी भूमिमा गमिरहेछु- पहिले सामान्य लाग्ने पारिवारिक भेटघाट, आमाको हातले पकाएको खाना, बुबासँग बसेर गरिने कुराकानी र घरआँगनमा सुनिने हाँसोको मूल्य टाढा पुगेपछि मात्र गहिरोसँग महसुस हुँदो रहेछ। ...

कान्तिपुर
अफगानिस्तानमा हिउँदसँगै भोकमरीको जोखिम बढ्दै, एक करोड ९२ लाख प्रभावित हुने अनुमान
ताजा खबरJust now

अफगानिस्तानमा हिउँदसँगै भोकमरीको जोखिम बढ्दै, एक करोड ९२ लाख प्रभावित हुने अनुमान

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले आगामी हिउँदमा अफगानिस्तानमा एक करोड ९२ लाख मानिसले चरम खाद्य असुरक्षाको सामना गर्नुपर्ने चेतावनी दिएको छ । तीमध्ये करिब ५० लाख मानिस भोकमरीको आपत्कालीन अवस्थामा पुग्न... ...

रातोपाटी
कसरी मनाउँछन् अमेरिकामा रहेका नेपालीले दसैं ?
ताजा खबरJust now

कसरी मनाउँछन् अमेरिकामा रहेका नेपालीले दसैं ?

न्युयोर्कलगायतका स्थानमा रहेका नेपाली दसैंको तयारीमा जुटेका छन् । नेपाली ग्रोसरी स्टोर तथा पसलमा दसैंका सामान किन्नेहरूको चहलपहल बढेको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play