Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Others/सशस्त्र प्रहरीका ७ कर्मचारी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन निर्देशन

सशस्त्र प्रहरीका ७ कर्मचारी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन निर्देशन

10/30/2026, 9:44:40 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
सशस्त्र प्रहरीका ७ कर्मचारी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन निर्देशन

सशस्त्र प्रहरी बल, नेपालले बिदा तथा अनुमति नलिई कार्यस्थलमा अनुपस्थित रहेका सात जना सशस्त्र प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ। सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको मानवस्रोत विभागअन्तर्गत कर्मचारी प्रशासन शाखाले आज एक सूचना जारी गर्दै गैरहाजिर रहेका कर्मचारीलाई बाटोको म्यादबाहेक सात दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुन भनेको हो। सूचनामा गैरहाजिर रहनुको मनासिब कारण खुलाउँदै सम्बन्धित कार्यालयमा उपस्थित भई स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ। तोकिएको समयभित्र हाजिर नभए सशस्त्र प्रहरी नियमावली, २०७२ (संशोधनसहित) बमोजिम आवश्यक विभागीय कारबाही प्रक्रिया अघि बढाइने प्रधान कार्यालयले जनाएको छ। सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ११८ को उपनियम (१) को प्रयोजनका लागि उक्त सूचना प्रकाशित गरिएको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

जब आईजीपीले नक्सालमै भने : म असुरक्षित छु, साथीहरूले एक्लै नहिँड्नु भन्दैछन्
OthersJust now

जब आईजीपीले नक्सालमै भने : म असुरक्षित छु, साथीहरूले एक्लै नहिँड्नु भन्दैछन्

काठमाण्डु- प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बिहीबार नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक राखे । प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले कार्कीको विकल्प खोज् थालेको र राजीनामाका लागि दबाब दिएको चर्चाबीच सबै प्रदेश प्रमुख अर्थात् डीआईजीहरूलाईसमेत बोलाएर त्यो बैठक राखिएको थियो। बिहीबार दिउँसो २ बजेदेखि नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा बसेको बैठक साँझसम्मै तन्किएको थियो । […] ...

काठमाण्डुपाटी
अनि मात्रै भन्नेछौं– कांग्रेसमा ‘रेनेसाँ’ भएकै हो
OthersJust now

अनि मात्रै भन्नेछौं– कांग्रेसमा ‘रेनेसाँ’ भएकै हो

अहिले कांग्रेसमा देखिएको यो 'रेनेसाँ' आकस्मिक घटना भने होइन । यसको बलियो जग पोहोर पुसमा भएको 'दोस्रो विशेष महाधिवेशन' ले तयार पारेको हो । पार्टी गहिरो संकट र अलमलमा रहेका बेला तत्कालीन महामन्त्रीद्वयको आँट, साहस र आत्मविश्वासका कारण दोस्रो विशेष महाधिवेशन सम्भव भएको थियो । ...

अनलाइन खबर
‘गौंथली’ को अन्तर्राष्ट्रिय उडान
OthersJust now

‘गौंथली’ को अन्तर्राष्ट्रिय उडान

काठमाडौं । ‘वर्ल्ड फिल्म फेस्टिभल इन क्यान्स’मा नेपाली कथानक चलचित्र ‘गौँथली’ले ‘वेस्ट फरेन सिनेमा’को अवार्ड जितेको छ ।फ्रान्समा मासिक र वार्षिक रुपमा हुने यो अवार्डमा ‘गौँथली’ले ‘वेस्ट फरेन सिनेमा’को अवार्ड हात पारेको हो । यो फेस्टिभललाई ‘वर्ल्ड फिल्म फेस्टिभल इन क्यान्स’ रिभेम्बर द फ्युचर पनि भनिन्छ । यो फ्रान्सको क्यान्समा आयोजना हुने फिल्म फेस्टिभल हो… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play