Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

सल्यानमा स्वर्गीय पूर्वप्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको शालिक अनावरण

Share:WhatsAppFacebookX (Twitter)Telegram
सल्यानमा स्वर्गीय पूर्वप्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको शालिक अनावरण
Photo / Coverage: अनलाइनपाना

काठमाडौं । सल्यानको खलंगामा जन्मिएर नेपालको २७औँ प्रधानमन्त्री बनेका स्वर्गीय मरिचमान सिंह श्रेष्ठको शालिक अनावरण गरिएको छ। शारदा नगरपालिका–१, श्रीनगरस्थित रुकुम चोकमा सल्यानी युवाहरूले निर्माण गरेको शालिक स्थानीय ज्येष्ठ नागरिक लोकबहादुर थापाले अनावरण गरेका हुन्। शालिक अनावरणसँगै उक्त चोकको नाम परिवर्तन गरी मरिचमान चोक नामकरण गरिएको छ। विसं १९९७ कात्तिक १७ गते सल्यानको खलंगा बजारमा जन्मिएका श्रेष्ठले प्रारम्भिक शिक्षा आफ्नै जिल्लामा हासिल गरेका थिए। शिक्षण पेसाबाट सार्वजनिक जीवन सुरु गरेका उनले खलंगास्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा शिक्षक तथा प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका थिए । शिक्षण पेसामा आबद्ध रहँदै राजनीतिमा सक्रिय भएका श्रेष्ठ विसं २०३० मा राष्ट्रिय पञ्चायतको सदस्य बनेका थिए। विसं २०३८ मा राष्ट्रिय पञ्चायतको अध्यक्ष बनेका उनी विसं २०४३ मा नेपालको २७औँ प्रधानमन्त्री नियुक्त भएका थिए। उनले २०४६ सालसम्म सरकारको नेतृत्व गरेका थिए। उनको प्रधानमन्त्री कार्यकालमा नेपाल–भारत सम्बन्धमा गम्भीर उतारचढाव आएको थियो। विसं २०४५ मा व्यापार तथा पारवहन सन्धिसम्बन्धी विवाद चर्किएपछि भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो। त्यस समयमा पेट्रोलियम पदार्थ, खाद्यान्नलगायत अत्यावश्यक वस्तुको आपूर्तिमा समस्या भएपछि श्रेष्ठ नेतृत्वको सरकारले वैकल्पिक माध्यमबाट ती सामग्री आयात गर्ने प्रयास गरेको थियो। राष्ट्रिय स्वाधीनताको विषयमा अडान लिएको भन्दै समर्थकहरूले उनलाई राष्ट्रवादी नेताका रूपमा स्मरण गर्ने गरेका छन्। विसं २०४६ मा बहुदलीय प्रजातन्त्रको पुनःस्थापनाका लागि जनआन्दोलन सुरु भएपछि उनको सरकार आलोचित बनेको थियो। आन्दोलन उत्कर्षमा पुगेपछि श्रेष्ठले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलीय व्यवस्था पुनःस्थापना भएको थियो। प्रधानमन्त्री पदबाट बाहिरिएपछि उनी सक्रिय राजनीतिबाट टाढिएका थिए। काठमाडौँमा गाईपालन तथा कुखुरापालन गर्दै सामान्य जीवन बिताएका श्रेष्ठको विसं २०७० साउन ३० गते निधन भएको थियो । उनी लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित थिए । सल्यानमा जन्मिएर राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका श्रेष्ठको योगदान र व्यक्तित्वलाई भावी पुस्तासम्म परिचित गराउने उद्देश्यले शालिक निर्माण गरिएको आर्थिक संयोजक खिम डि.सी.ले जानकारी दिए। शालिक निर्माण सल्यानी युवाहरूको पहलमा गरिएको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
उर्जामन्त्री श्रेष्ठ र विश्व बैंकका नेपाल प्रमुख सिस्लेनबीच भेटवार्ता
Latest NewsJust now

उर्जामन्त्री श्रेष्ठ र विश्व बैंकका नेपाल प्रमुख सिस्लेनबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र विश्व बैंकका नेपाल प्रमुख डेभिड सिस्लेनबीच भेटवार्तामा भएको छ । भेटमा मन्त्री श्रेष्ठले ऊर्जा पूर्वाधारको उत्थानशीलता, जलविद्युत् आयोजनाको वित्तीय दिगोपन तथा प्रसारण र वितरण प्रणालीको सुधारलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् । उनले सम्भावित विपद्बाट ऊर्जा पूर्वाधार सुरक्षित राख्न जोखिममा आधारित योजना, पूर्वसूचना प्रणाली, जलवायु जोखिम मूल्यांकन र विपद् व्यवस्थापन क्षमता बढाउन ...

कर्पोरट खबर
एआई प्रयोगमा व्यवसायलाई जिम्मेवार बनाउँदै न्युजिल्यान्ड
Latest NewsJust now

एआई प्रयोगमा व्यवसायलाई जिम्मेवार बनाउँदै न्युजिल्यान्ड

वेलिङ्टन । न्युजिल्यान्डको कमर्स कमिसनले व्यवसायमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गर्दा प्रतिस्पर्धा तथा उपभोक्ता संरक्षणसम्बन्धी कानुनी व्यवस्था कसरी लागू हुन्छ भन्ने विषयमा नयाँ निर्देशिका जारी गरेको छ । कमर्स कमिसनकी उपाध्यक्ष एनी क्यालिननले बुधबार जारी गरेको विज्ञप्तिमा एआईले व्यवसाय सञ्चालनको शैलीमा परिवर्तन ल्याए पनि यसले व्यवसायको कानुनी दायित्वमा कुनै परिवर्तन नगर्ने बताएका छन् । उनका अनुसार निर्णय मानिसले गरे पनि, ...

केन्द्रबिन्दु
शिशुको मृत्यु भएपछि अस्पतालमा तनाव
Latest NewsJust now

शिशुको मृत्यु भएपछि अस्पतालमा तनाव

दिपक गौतम वीरगञ्ज (पर्सा), मङ्सिर २ गते । उपचारका क्रममा १५ दिने नवजात शिशुको मृत्यु भएपछि वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल तनावग्रस्त बनेको छ ।शिशुको मृत्यु चि... ...

गोरखापत्र
जलवायु वित्त अनुदानमा आधारित सहज पहुँच हुनुपर्छ : मन्त्री चौधरी
Latest NewsJust now

जलवायु वित्त अनुदानमा आधारित सहज पहुँच हुनुपर्छ : मन्त्री चौधरी

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको विपद्पछिको पुनः स्थापना र पुनर्निर्माणका लागि पाँच अर्ब अमेरिकी डलर आवश्यक रहेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय समुदायसँग जलवायु वित्तमा सहज पहुँचको व्यवस्था हुनुपर्ने बताएकी छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play