राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटर खेलमा चितवन राइनोजले काठमाडौं गोर्खाजलाई २०५ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २०४ रन बनायो । जसमा कामिल मिशाराले शतकीय पारी खेल्दै १२० रनमा अविजित रहे। यस्तै कप्तान रवी बोपराले ५३ रन जोडे। काठमाडौंका करण केसी र राशिद खानले २/२ विकेट लिए ।
एनपीएल : कामिलको शतकमा चितवनद्वारा काठमाडौंलाई २०५ रनको लक्ष्य

Read Complete Original Article
Published originally on पर्दाफास






