सलिको गल्फ प्रतियोगिता गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आगामी शनिबार गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा “सलिको गल्फ प्रतियोगिता २०२६” आयोजना गर्ने भएको छ । व्यक्तिगत ग्राहक, व्यवसाय तथा कर्पोरेट क्षेत्रका ग्राहकहरूलाई लक्षित गर्दै विभिन्न प्रकारका निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले यस वर्षको प्रतियोगिता गोकर्ण फरेस्ट रिसोर्टको १८ होलको च्याम्पियनसिप स्तरको पार–७२ गल्फ कोर्समा आयोजना गर्न लागेको हो । करिब १०० जना एमेच्योर गल्फ खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको यस प्रतियोगितामा मुख्यत: नेपालको कर्पोरेट क्षेत्रका प्रतिनिधिहरू सहभागी हुने बताइएको छ । प्रतियोगिताले प्रतिस्पर्धात्मक खेल, आकर्षक पुरस्कार तथा सहभागीहरूबीच आपसी सम्बन्ध विस्तार, सहकार्य र मित्रता अभिवृद्धि गर्ने अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ । प्रतियोगितामा विभिन्न विधामा पुरस्कार प्रदान गरिनेछ । पुरस्कारका विधाहरूमा पुरुषतर्फ विजेता, उपविजेता, उत्कृष्ट ग्रस (सर्वोत्कृष्ट ग्रस); महिलातर्फ विजेता, उपविजेता; वरिष्ठ (सिनियर) तर्फ विजेता(६० वर्ष वा सोभन्दा माथि), सुपर सिनियर विजेता (७० वर्ष वा सोभन्दा माथि),सबैभन्दा धेरै बर्डी, पिनको सबैभन्दा नजिक, सबैभन्दा लामो ड्राइभ तथा सलिको३० वर्षको विश्वास – विजेता रहेका छन् । प्रतियोगितालाई थप मनोरन्जनात्मक र रोमाञ्चक बनाउन होल नं. १० मा होल–इन–वानगर्ने पहिलो खेलाडीले टाटा नेक्सन कार जित्ने अवसर प्राप्त गर्नेछन् । प्रतियोगिताको सबैभन्दा आकर्षक पक्षमध्ये एक यस पुरस्कारले खेलाडीहरूमा थप उत्साह सिर्जना गर्ने अपेक्षा गरिएको छ। प्रतियोगिताबारे आफ्नो धारणा व्यक्त गर्दै सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सरोकारवालाहरू तथा समग्र कर्पोरेट समुदायसँग अर्थपूर्ण सम्बन्ध स्थापित गर्ने निरन्तर प्रयासको एक हिस्साका रूपमा “सलिको गल्फ प्रतियोगिता २०२६” आयोजना हुँदै आएको बताए । उनले खेलकुदका यस्ता कार्यक्रमहरू प्रतिस्पर्धामा मात्र सीमित नभई आपसी सद्भाव अभिवृद्धि गर्ने, व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउने तथा इमानदारी, खेल भावना र पारस्परिक सम्मानजस्ता साझा मूल्यका माध्यमबाट मानिसहरूलाई एकै ठाउँमा जोड्ने महत्वपूर्ण अवसर भएको बताए । यस प्रतियोगिताले व्यावसायिक कारोबारभन्दा बाहिर रहेर पनि आफ्ना सरोकारवालाहरूसँग सम्बन्ध विस्तार गर्ने र विश्वास तथा दीर्घकालीन साझेदारीलाई थप मजबुत बनाउने अर्थपूर्ण अनुभव सिर्जना गर्ने सलिकोको प्रतिबद्धतालाई प्रतिबिम्बित उनको भनाइ छ । The post सलिको गल्फ प्रतियोगिता गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

मेची करिडोरको बेलासे-गोलाखर्क सडकको ठेक्का सम्झौता रद्द
इलाम । मेची करिडोरअन्तर्गत केचना–कञ्चनजङ्घा सडकको बेलासे–गोलाखर्क भञ्ज्याङ खण्डको ९.५ किलोमिटर सडक स्तरोन्नति गर्ने ठेक्का सम्झौता रद्द गरिएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार २७ करोड २२ लाख लागतको उक्त आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो। तर, पटकपटक म्याद थप गर्दा पनि आयोजनाको भौतिक प्रगति ४७ प्रतिशतमा सीमित भएपछि ठेक्का सम्झौता रद्द गरिएको […] ...
_oZTenBq27k.jpg)
फाइल घुमाउने प्रवृत्तिको अन्त्य : छ महिनाभित्र सबै सरकारी निकायमा डिजिटल प्रणाली लागू हुने
काठमाडौँ । सरकारी कार्यालयमा फाइल घुमाउने प्रवृत्ति अन्त्य गरी निर्णय प्रक्रिया छिटो, पारदर्शी र जवाफदेही बनाउन सरकारले ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण र डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ कार्यान्वयनमा ल्याएको छ। नियमावलीले निर्णय... ...

कृषि अनुदान दिलाउने प्रलोभनमा ५ करोड ८० लाख ठगी गर्ने दुई जना सीआईबीको फन्दामा
काठमाडौं । सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीहरूसँग आफ्नो राम्रो चिनजान रहेको भन्दै कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने प्रलोभन देखाएर ५ करोड ८० लाख रुपैयाँ ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीको... ...
![बढ्यो काठमाडौँमा चिसो, चक्रवात ‘अर्नब’को प्रभावले आकाश धुम्म [फोटोफिचर]](https://hamrakura.com/uploads/news/images/cold-kathmandu-83-7-12%20(1).jpg)
बढ्यो काठमाडौँमा चिसो, चक्रवात ‘अर्नब’को प्रभावले आकाश धुम्म [फोटोफिचर]
छिमेकी मुलुक भारतमा सक्रिय चक्रवात ‘अर्नब’ को प्रभावका कारण नेपालको मौसममा बदली भई वर्षा र हिमपातको सम्भावना बढेको छ । ...


