Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए शपथ

Share:WhatsAppFacebookX (Twitter)Telegram
सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए शपथ
Photo / Coverage: पर्दाफास

सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नै सर्वोच्च अदालतको न्यायाधीश पदमा चार जनालाई नियुक्त गरेका थिए । नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन् । नवनियुक्त न्यायाधीशहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बल्खु–दक्षिणकाली–हेटौंडा सडकमा सवारीलाई तोकियो नयाँ समय
OthersJust now

बल्खु–दक्षिणकाली–हेटौंडा सडकमा सवारीलाई तोकियो नयाँ समय

२७ कात्तिक, काठमाडौं । बल्खु–दक्षिणकाली हुँदै हेटौंडा जाने यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारीसाधनका लागि नयाँ समयसीमा निर्धारण भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले एक विज्ञप्ति जारी गर्दै नयाँ समयसीमाबारे जानकारी गराएका हुन् । जिल्ला सुरक्षा समिति काठमाडौँको निर्णयअनुसार अब उक्त रुटमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन बेलुका ८ बजेसम्ममा… ...

अनलाइन खबर
देशभर छठ पर्वको तयारी पूरा, आज नहाय–खाय भोलि खरना
OthersJust now

देशभर छठ पर्वको तयारी पूरा, आज नहाय–खाय भोलि खरना

छठ पर्व मनाउन देशभरका विभिन्न नदी, पोखरी तथा जलाशयका घाटहरूमा तयारी पूरा भएको छ । चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन आज व्रतालुहरूले ‘नहाय–खाय’ विधि गरेर पर्वको सुरुवात गर्दैछन् । छठ पर्वका लागि घाटहरूको सरसफाइ, सजावट तथा पूजाका आवश्यक सामग्रीको व्यवस्थापन गरिएको छ । मिथिला तथा तराई क्षेत्रमा विशेष महत्त्वका साथ मनाइने छठ पछिल्लो समय देशका विभिन्न भागमा विस्तार हुँदै ...

पर्दाफास
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री सुधन गुरुङ युएई प्रस्थान गर्दै
OthersJust now

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री सुधन गुरुङ युएई प्रस्थान गर्दै

गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (युएई) जाने भएका छन् । गृहमन्त्री गुरुङ युएईमा आयोजना हुने ‘विश्व प्रहरी शिखर सम्मेलन’ मा सहभागी हुन शुक्रबार साँझ त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । गृहमन्त्री गुरुङ सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन लागेको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जानकारी दिए । उनका अनुसार गृहमन्त्री गुरुङ मंसिर २ गते स्वदेश फर्किनेछन् । ...

पर्दाफास
‘शक्तिशाली सरकारसँग नेपाली समाजले आश मार्न थाल्यो, व्यवसायी हतोत्साही भए’
OthersJust now

‘शक्तिशाली सरकारसँग नेपाली समाजले आश मार्न थाल्यो, व्यवसायी हतोत्साही भए’

‘लोकतन्त्र गतिलो बनाउन लागिएन भने पपुलिज्मको भड्खालोमा हामी पर्दै जान्छौं । त्यसैले पार्टी खुल्नेबित्तिकै आजै सफल भइहाल्नुपर्छ भन्ने छैन । भविष्यसम्मका लागि सोचेर लामा योजनाहरु बनाउनु आवश्यक छ ।’ ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play