काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा जनकपुर बोल्ट्सले दिएको ८९ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा चितवन राइनोजले पावरप्लेको समाप्तिमा ५ विकेट गुमाएर ४१ रन बनाएको छ। चितवनलाई जितका लागि अब ८० बलमा ४८ रनको आवश्यकता छ। चितवनको ब्याटिङतर्फ रवि बोपाराले १६ बलमा ३ चौकासहित १३ रन जोडे भने कमिंद मिश्राले ६ बलमा १ चौका र १ छक्कासहित १२ रन बनाए। त्यसैगरी विवेक यादवले ७ रन बनाए भने डेविड मलान र कुशल मल्ल क्रिजमा टिकिरहेका छन्। जनकपुरका बलरहरूले घातक बलिङ गर्दै राहुल यादवले ३ विकेट र ललित राजवंशीले २ विकेट हात पारेका छन्।
जनकपुरविरुद्ध चितवनको सुरुवाती ५ विकेट पतन

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





