Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सर्लाहीमा कार दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते

सर्लाहीमा कार दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
सर्लाहीमा कार दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते

सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–२ स्थित सङ्ग्रामपुर पुलनजिक हुलाकी राजमार्गमा शुक्रबार कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। महोत्तरीबाट सर्लाहीतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ०६ बिएक्स ०४३५ नम्बरको कार अनियन्त्रित भएर पल्टिँदा चालक महोत्तरीको गौशाला नगरपालिका–५, जिरोमाइलका २४ वर्षीय विकल साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए। दुर्घटनामा कारमा सवार गौशाला नगरपालिका–४ का २२ वर्षीय शम्भुनाथ कुमार साह र २३ वर्षीय शुभमकुमार शर्मा घाइते भएका छन्। घाइते दुवैको अवस्था सामान्य रहेको र महोत्तरीस्थित एक स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गौतमले बताए। मृतक साहको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको छ। दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। सङ्ग्रामपुर क्षेत्रको हुलाकी राजमार्गमा अत्यधिक खाल्टाखुल्टी रहेकाले तीव्र गतिमा रहेको कार खाल्टोमा परेर अनियन्त्रित भएको हुन सक्ने आशङ्का गरिएको छ। दुर्घटनापछि कार सडकमा उत्तानो परेको थियो। सुरक्षाकर्मीले कारलाई सडकबाट हटाएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

नेपाल प्रिमियर लिगले पायो आईसीसीको मान्यता
ताजा खबरJust now

नेपाल प्रिमियर लिगले पायो आईसीसीको मान्यता

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट आधिकारिक मान्यता प्राप्त गरेको छ। यसले नेपाली क्रिकेटको व्यावसायिक विकासमा नयाँ आयाम थपेको छ। आईसीसीको यो निर्णयसँगै नेपाल प्रिमियर लिग अब अन्तर्राष्ट्रिय स्तरको आधिकारिक प्रतियोगिताका रूपमा स्थापित भएको छ। यसले खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने थप अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। प्रतियोगिताको आयोजना र व्यवस्थापनका लागि यो मान्यता निकै ...

नेपालन्युज
भोटेकोशी बाढी प्रभावित ९३९ परिवार सरकारले तोकेको जग्गामा बस्न तयार
ताजा खबरJust now

भोटेकोशी बाढी प्रभावित ९३९ परिवार सरकारले तोकेको जग्गामा बस्न तयार

बाढीबाट घरमा क्षति पुगेका ३,०६७ परिवारमध्ये ९३९ ले सरकारले जग्गा उपलब्ध गराएमा र ५९० ले सामूहिक आवासको व्यवस्था गरेमा बस्न चाहेको राष्ट्रिय योजना आयोगको प्रारम्भिक सर्वेक्षणमा उल्लेख छ । ...

कान्तिपुर
पञ्चाङ्गले भन्यो -'शुक्र अस्तका कारण दशैँ रोक्नुपर्ने भ्रम शास्त्रसम्मत छैन'
ताजा खबरJust now

पञ्चाङ्गले भन्यो -'शुक्र अस्तका कारण दशैँ रोक्नुपर्ने भ्रम शास्त्रसम्मत छैन'

यस वर्षको दसैँ मनाउन हुँदैन भनी सामाजिक सञ्जालमा गरिएको प्रचार शास्त्रसम्मत नरहेको स्पष्ट पारेको छ। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play