सर्बियामा विद्यार्थी आन्दोलनको विजय

बेलग्रेड।सर्बियामा भ्रष्टाचारविरोधी विद्यार्थी आन्दोलनले संसदीय निर्वाचनमा विजयको घोषणा गरेको छ। यससँगै राष्ट्रपति अलेक्जान्डर भुसिकको दलको १४ वर्ष लामो शासन अन्त्य हुने भएको छ। सन् २०२४ मा नोभी साद रेलवे स्टेसनको छत भत्किँदा १६ जनाको मृत्यु भएपछि सुरु भएको प्रदर्शनले देशव्यापी रूप लिएको थियो। विद्यार्थीहरूले दुर्घटनाको पारदर्शी अनुसन्धान र भ्रष्टाचार नियन्त्रणको माग गर्दै करिब दुई वर्ष अभियान चलाएका थिए। विद्यार्थी सूचीका उम्मेदवार राडोमिर साइसिकले प्रारम्भिक नतिजाले आफूहरू अधिकांश मतदान केन्द्रमा अगाडि रहेको देखाएको बताए। उनले विजयलाई न्याय, स्वतन्त्रता र मर्यादित सर्बियाको आशासँग जोडे। निर्वाचनमा करिब ६५ प्रतिशत मतदाताले मतदान गरेका थिए, जुन सन् १९९३ यताकै उच्च सहभागिता भएको जनाइएको छ। मतदान सकिएको दुई घण्टाभन्दा कम समयमै भुसिकले पराजय स्वीकार गरेका थिए। राजधानी बेलग्रेडमा हजारौं समर्थकले सडकमा भेला भएर विजय उत्सव मनाएका थिए। प्रारम्भिक तथ्याङ्कअनुसार विद्यार्थी आन्दोलनले २५० सदस्यीय संसदमा १३५ देखि १४० सिट जित्न सक्ने भुसिकले बताएका थिए। उनले परिणामका लागि विभिन्न युरोपेली देश र अमेरिकाको ‘डिप स्टेट’ को समर्थन रहेको आरोप लगाए। विद्यार्थीहरूले देशभर र्याली र पदयात्रा गर्दै मतदातासँग प्रत्यक्ष सम्पर्क बढाएका थिए। बिहीबार बेलग्रेडमा भएको अन्तिम चुनावी र्यालीमा करिब एक लाख ५० हजार मानिस सहभागी भएको स्वतन्त्र अनुगमनकर्ताले जनाएका थिए। युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयन र हङ्गेरीका प्रधानमन्त्री पिटर मग्यारले विद्यार्थी आन्दोलनबाट निर्वाचनमा उठेका उम्मेदवारहरूलाई बधाई दिएकी छन्। भोन डेर लेयनले कानूनी शासन, सञ्चारमाध्यमको स्वतन्त्रता र भ्रष्टाचार नियन्त्रणमा सहयोग गर्ने बताइन्। विद्यार्थी सूचीका अधिकांश उम्मेदवार शिक्षाविद्, कलाकार र विभिन्न क्षेत्रका विशेषज्ञ हुन्। तीमध्ये धेरैसँग राजनीतिक अनुभव कम छ। नोभी साद दुर्घटनाको पारदर्शी अनुसन्धानको मागबाट सुरु भएको आन्दोलन पछि निर्वाचनको मागमा केन्द्रित भएको थियो। आन्दोलनको दबाब बढेपछि भुसिकले गत महिना आकस्मिक निर्वाचन घोषणा गरेका थिए। उनले प्रधानमन्त्री बन्न राष्ट्रपति पदबाट राजीनामा दिएका थिए। निर्वाचनको अनुगमन स्वदेशी तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकले गरेका थिए भने विद्यार्थीहरूले पनि मतदान प्रक्रियाको निगरानी गर्न ठूलो संख्यामा स्वयंसेवक परिचालन गरेका थिए। –रासस / एएफपी
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

एनपीएलः लुम्बिनी र सुदूरपश्चिमबीचको खेल जारी
• नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेल लुम्बिनी र सुदूरपश्चिम रोयल्स बीच सुरु भएको छ। • लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ र सुदूरपश्चिमले दोस्रो विकेट गुमाएको छ। • प्रधानमन्त्री बालेन्द्र शाहले एनपीएलको तेस्रो संस्करणको उद्घाटन गरेका छन्, जसमा शिक्षामन्त्री सस्मित पोखरेल पनि उपस्थित थिए। ...

खुला सीमाको सुरक्षा चुनौती सुल्झाउन नेपाल-भारत बैठक बस्दै
बैठकमा तेस्रो मुलुकका नागरिकको आवागमन निगरानी, सीमा विवाद तथा अन्य सीमा सम्बन्धी समस्या, मानव बेचबिखन, सीमापार आपराधिक गतिविधि र सीमा क्षेत्रमा दुवै सुरक्षा निकायबीचको समन्वयलगायत विषयमा छलफल हुनेछ । ...

बुटवलमा सराय नाच प्रदर्शन
बुटवल। पहाडी जिल्लाको मौलिक संस्कृति र परम्पराको झल्को दिने गरी बुटवलमा परम्परागत सराय नाच आज प्रदर्शन गरिएको छ । बडादसैँ तथा कोजाग्रत पूर्णिमाको अवसरमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–११, देवीनगरस्थित दुर्गा मन्दिर परिसरमा... ...

मलेसिया पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
काठमाडौँ । बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि मलेसिया लैजाने भन्दै लामो समयसम्म झुक्क्याएर सम्पर्कविहीन हुने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पीडितले दिएको जाहेरी दरखास्तका आधारमा अनुसन्धान गर्दा... ...


