सर्बियाको चुनावमा विद्यार्थी नेतृत्वको आन्दोलनसँग पूर्वराष्ट्रपति भुचिचको हार

काठमाडौं । सर्बियाका पूर्वराष्ट्रपति अलेक्सान्दर भुचिचले संसदीय निर्वाचनमा विद्यार्थी नेतृत्वको आन्दोलनसँग आफ्नो दल पराजित भएको स्वीकार गरेका छन् । हार स्वीकार गर्दै दक्षिणपन्थी लोकप्रियतावादी नेता भुचिचले अन्तिम नतिजा नआएपनि आफूहरुले हारेको बताएका छन् । २ सय ५० सदस्यीय संसदमा विद्यार्थी नेतृत्वले १ सय ४० सिटसम्म जित्न सक्ने आँकलन गरिएको छ । भुचिचले हार स्वीकार गरेलगत्तै विभिन्न सहरमा विद्यार्थी आन्दोलनका समर्थकले उत्सव मनाएका थिए । निर्वाचन परिणाम सार्वजनिक भएपछि राजधानी बेलग्रेडलगायत विभिन्न सहरका सडकमा उत्सव मनाइएको समाचारमा जनाइएको छ । सर्बियाको निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार मतदानमा कीर्तिमानी सहभागिता देखिएको थियो । नोभी साद सहरमा रेल्वे स्टेसनको छाना खसेर १६ जनाको मृत्यु भएपछि सुरु भएको दुई वर्ष लामो विरोध प्रदर्शनका बीच भुचिचले निर्वाचन घोषणा गरेका थिए । भुचिच दुई कार्यकाल राष्ट्रपति भइसकेका छन् । तेस्रो कार्यकालका लागि उम्मेदवार बन्न नपाउने भएपछि उनले सन् २०१७ मा छाडेको प्रधानमन्त्री पदमा पुनरागमन गर्ने योजनासहित आफ्नो दल सर्बियन प्रोग्रेसिभ पार्टी (एसएनएस) को नेतृत्व गरेका थिए ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

सरकारी कर्मचारीलाई सवारी किन्न ६० लाखसम्म ऋण दिने सरकारको तयारी
काठमाडौं । सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिद गर्न ६० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण दिने तयारी गरेको छ । सरकारले तयार गरिरहेको ‘सरकारी कर्मचारीहरूका लागि सवारीसाधन व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८३’ मा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो । प्रस्तावित निर्देशिकाअनुसार मुख्यसचिव, सचिव तथा १२औँ तहका कर्मचारीले चारपांग्रे सवारीसाधन किन्न ६० लाख रुपैयाँसम्म ऋण पाउनेछन् । सहसचिव वा ११औँ […] ...

सामान्य विवादले उग्र रूप लिँदा दाजुद्वारा भाइलाई छुरा प्रहार
• झापाको भद्रपुरमा दाजुले भाइलाई छुरा प्रहार गरी घाइते बनाएका छन्। • विवादको क्रममा ३० वर्षीय बाबुलाल हस्दालाई छुरा प्रहार गरिएको र उनको उपचार भद्रपुरको प्रादेशिक अस्पतालमा भइरहेको छ। • प्रहरीले घटनास्थलबाट छुरा बरामद गरी फरार रहेका दाजु कुबराजलाई नियन्त्रणमा लिएको छ। ...

पशुबाट सर्ने ‘शामोन्डा भाइरस’ मानिसमा पहिलोपटक पुष्टि : के हो यो भाइरस र कति छ जोखिम ?
पेरिस । फ्रान्समा बिहीबार मानिसमा ‘शामोन्डा भाइरस’ सङ्क्रमणको पहिलो घटना पुष्टि भएको छ। सङ्क्रमित बिरामीको मृत्यु भइसकेको भए पनि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले यसलाई अहिलेसम्मको एउटा मात्र छुट्टै घटना मान्दै... ...

आज कोजाग्रत पूर्णिमा, दसैं समापन हुँदै
गोरखापत्र अनलाइनकाठमाडौँ, कात्तिक ९ गते । नेपालीको महान् चाड विजयादशमी कोजाग्रत पूर्णिमासँगै सोमबार समापन भएको छ। आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन सम्पूर्ण पूज... ...


