Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

सरकार प्रतिशोध र अधिनायकवादतर्फ अघि बढेको एमाले महासचिव पोखरेलको आरोप

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकार प्रतिशोध र अधिनायकवादतर्फ अघि बढेको एमाले महासचिव पोखरेलको आरोप
Photo / Coverage: टक्सार

काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार प्रतिशोधपूर्ण व्यवहार र अधिनायकवादी कार्यशैलीका साथ अघि बढेको आरोप लगाएका छन् । उनले सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य, संवैधानिक व्यवस्था र कानूनी शासनमाथि गम्भीर प्रश्न उठाएको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । सोमबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भदौ २३ र २४ गतेका घटनालाई नेपालको संवैधानिक व्यवस्थामाथि नै खलल पु¥याउने असामान्य घटनाका रूपमा व्याख्या गरे । उनले उक्त घटनापछि मुलुक प्रतिगमनतर्फ गएको एमालेको विश्लेषण रहेको बताए । फागुन २१ गते सम्पन्न निर्वाचन पनि असामान्य परिस्थितिमा भएको उल्लेख गर्दै उनले निर्वाचनबाट प्राप्त जनादेशलाई एमालेले सम्मान गरेको स्पष्ट पारे । तर निर्वाचनपछि गठन भएको सरकारले लोकतान्त्रिक मूल्य मान्यता, संवैधानिक व्यवस्था र कानूनी प्रक्रियाअनुसार काम गर्न नसकेको उनको आरोप छ । पोखरेलले सरकार राजनीतिक प्रतिशोधका आधारमा अघि बढेको आरोप लगाउँदै पार्टी अध्यक्ष केपी शर्मा ओली र निःवर्तमान गृहमन्त्रीलाई तथ्य तथा प्रमाणबिनै गिरफ्तार गरिएको दाबी गरे । उनीहरूलाई १३ दिनसम्म नियन्त्रणमा राख्दा पनि अभियोजन गर्न नसकिएको भन्दै उनले सरकारसँग आरोप पुष्टि गर्ने पर्याप्त आधार नरहेको टिप्पणी गरे । सरकारले अपनाएको सिद्धान्तअनुसार नै जिम्मेवारी निर्धारण गर्ने हो भने वर्तमान प्रधानमन्त्री र गृहमन्त्री पनि जवाफदेही हुनुपर्ने उनकाे तर्क छ । सुनसरीमा गोली चलेर मानिसको मृत्यु भएको घटनालाई उल्लेख गर्दै पोखरेलले विगतमा यस्तै प्रकृतिका घटनामा एमाले अध्यक्ष र तत्कालीन गृहमन्त्रीलाई जिम्मेवार ठह¥याउन खोजिएको भए अहिलेका प्रधानमन्त्री र गृहमन्त्रीले पनि त्यसको जिम्मेवारी लिनुपर्ने बताए । उनले वर्तमान सरकारको कार्यशैली लोकतान्त्रिक चरित्रविपरीत रहेको आरोपसमेत लगाए । विद्यार्थीलाई कलेजमा गतिविधि गर्न रोक लगाउने, ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयास गर्ने तथा निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय लोकतान्त्रिक अभ्यास हुन नसक्ने उनको भनाइ छ । नेपालमा विद्यार्थी आन्दोलनले नै विभिन्न राजनीतिक परिवर्तनको जग बसालेको स्मरण गराउँदै पोखरेलले विद्यार्थी र श्रमिक संगठनका गतिविधि नियन्त्रण गर्ने प्रयासले लोकतान्त्रिक अधिकार कमजोर बनाउने बताए । त्यस्तै, राज्यका विभिन्न निकायलाई कार्यकारीको नियन्त्रणमा राख्न खोजिएको आरोप लगाउँदै उनले इनम सापकोटा प्रकरणले सरकार सञ्चालनको शैलीमाथि थप प्रश्न उठाएको उल्लेख गरे । प्रधानमन्त्रीका सल्लाहकारहरूले प्रहरी नियन्त्रणमा रहेको मोबाइल दुई दिनसम्म राखेको विषय सार्वजनिक भएको उल्लेख गर्दै उनले यस प्रकरणको अनुसन्धान पारदर्शी हुनुपर्नेमा जोड दिए । लोकतन्त्रमा कार्यकारी सरकार जनप्रतिनिधिमूलक संस्थाप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै पोखरेलले प्रधानमन्त्री संसदीय गतिविधिमा सहभागी नहुने, संसदीय दलको बैठकको अध्यक्षता नगर्ने र राजनीतिक दलहरूसँग संवाद नगर्ने गरेको आरोप लगाए । प्रधानमन्त्रीले संसद् र आफ्नै पार्टीका बैठकमा समेत पर्याप्त सहभागिता नजनाएको भन्दै उहाँले यस्तो कार्यशैलीले लोकतान्त्रिक उत्तरदायित्वको मान्यतामाथि प्रश्न उठाएको बताए । पत्रकार सम्मेलनमा पोखरेलले एमालेको पछिल्लो निर्वाचन परिणामबारे पार्टीभित्र समीक्षा भइरहेको पनि जानकारी दिए । निर्वाचनमा पार्टीले व्यहोरेको परिणाम अस्वाभाविक रहेको स्वीकार गर्दै उनले त्यसको कारण पहिचान गर्न सचिवालय बैठकबाट कार्यदल गठन गरिएको र कार्यकर्ताबाट सुझाव संकलन गरिएको बताए । उनकाअनुसार कार्यदलले ४० बुँदे सुझावसहित सर्वसम्मत प्रतिवेदन तयार गरेको छ । तीमध्ये केही सुझावलाई पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकमा सम्बोधन गरिएको र बाँकी सुझावलाई पनि समयक्रममा विधिसम्मत रूपमा छलफल गरी कार्यान्वयन गरिने पार्टीको प्रतिवद्धता रहेको उनले बताए । एमालेको आगामी राष्ट्रिय कार्यकर्ता भेलाले पार्टीलाई पुनः जनतामाझ स्थापित गर्ने तथा पार्टी पंक्तिलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकतावद्ध बनाउने पोखरेलको भनाइ छ । स्थानीय तह निर्वाचनको तयारीबारे बोल्दै उहाँले नयाँ राजनीतिक दलहरूले पनि निर्वाचनमा भाग लिन आवश्यक कानूनी तथा प्रक्रियागत तयारी गर्नुपर्ने बताए । अघिल्लो निर्वाचनमा स्थानीय तहका लागि समेत निर्वाचन आयोगमा दल दर्ता गर्नुपर्ने प्रक्रिया नबुझ्दा नयाँ भनिएका दलहरू निर्वाचनमा सहभागी हुनबाट वञ्चित भएको उदाहरण प्रश्तुत गर्दै उनले आगामी निर्वाचनका लागि समयमै तयारी गर्नुपर्ने आवश्यकता औँल्याए । उनले नयाँ दलहरूले निर्वाचनको कानूनी प्रक्रिया र संगठनात्मक तयारीबारे पहिले नै गृहकार्य गर्नुपर्ने भन्दै एमालेले भने आगामी राष्ट्रिय भेलामार्फत स्थानीय निर्वाचनको तयारीलाई थप व्यवस्थित बनाउने बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कर्मचारी सञ्चय कोषले सवारी साधन कर्जा प्रवाह सुरु गर्‍यो
Latest NewsJust now

कर्मचारी सञ्चय कोषले सवारी साधन कर्जा प्रवाह सुरु गर्‍यो

काठमाडौँ। कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्तालाई सवारी साधन कर्जा प्रवाह गर्न सुरु गरेको छ । कोषले सञ्चयकर्ता सवारी साधन सापटी विनियमावली, २०८२ बमोजिम हलुका सवारी साधन खरिदका लागि सापटी प्रवाह सुरु... ...

रातोपाटी
महाभियोगको प्रयोगले न्यायपालिकाको स्वतन्त्रतामाथि उठेको प्रश्न
Latest NewsJust now

महाभियोगको प्रयोगले न्यायपालिकाको स्वतन्त्रतामाथि उठेको प्रश्न

नेपालको संसदीय इतिहासमा न्यायाधीश तथा संवैधानिक पदाधिकारीमाथि प्रश्न उठेपछि महाभियोग प्रस्ताव दर्ता भएका थुप्रै उदाहरण छन । तर, अहिलेसम्म संसद्को दुईतिहाई बहुमतबाट महाभियोग पारित भई कुनै पनि पदाधिकारी पदमुक्त भएको... ...

रातोपाटी
मधेशले दिएको माया र मत खेर जाँदैन: सभापति लामिछाने
Latest NewsJust now

मधेशले दिएको माया र मत खेर जाँदैन: सभापति लामिछाने

जीवछ यादवलहान, कात्तिक ३० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मधेशले दिएको माया र मत खेर नजाने बताउनुभएको छ । छठ पर्व मनाउन जनकपुर आउनुभएका सभापति लामि... ...

गोरखापत्र
खेलकुद नेतृत्वमाथि प्रश्न ? कर्मचारीको भरमा छ परिषद, कसरी सफल होला राष्ट्रिय प्रतियोगिता
Latest NewsJust now

खेलकुद नेतृत्वमाथि प्रश्न ? कर्मचारीको भरमा छ परिषद, कसरी सफल होला राष्ट्रिय प्रतियोगिता

• सरकारले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेसँगै तयारी तीव्र पारिएको छ, तर परिषदको सदस्यसचिवको जिम्मेवारी सरकारी कर्मचारीलाई दिइएकोले प्रतियोगिता सफल हुनेमा प्रश्न उठेको छ। • खेलकुदको नेतृत्वमा प्रशासनिक व्यक्तिहरूको प्रभाव बढ्दै गएकोले खेलकुद क्षेत्रको वास्तविक आवश्यकतासँग दूरी सिर्जना भएको छ। • प्रतियोगिताको मिति पटकपटक परिवर्तन हुँदा तयारी र निर्णय प्रक्रियामा कमजोरी उजागर भएको छ, जसले नेतृत्व ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play