Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

‘गान्धी–मण्डेला फाउन्डेसन’ को नेपाल च्याप्टर स्थापना

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘गान्धी–मण्डेला फाउन्डेसन’ को नेपाल च्याप्टर स्थापना
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । गौतम बुद्धको जन्मभूमि नेपालमा शान्ति, अहिंसा, करुणा, सहिष्णुता र मानवताको सन्देशलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले ‘गान्धी–मण्डेला फाउन्डेसन’ को नेपाल च्याप्टर औपचारिक रूपमा स्थापना गरिएको छ । संस्थागत संरचना निर्माणमा मात्र सीमित नभई गौतम बुद्ध, महात्मा गान्धी र नेल्सन मण्डेलाले विश्व समुदायलाई दिनुभएको शान्ति, अहिंसा, समानता, स्वतन्त्रता, न्याय र मानव मर्यादाको दर्शनलाई नेपाल तथा अन्तर्राष्ट्रिय समुदायबीच जोड्ने अभियानका रूपमा यसलाई अघि बढाइने नेपाल प्रतिनिधि टायम कट्टेलले बताए । उनका अनुसार इन्द्र कट्टेलको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको छ । ‘हजारौँ वर्षअघि नेपालबाट विश्वभर फैलिएको बुद्धको शान्ति, अहिंसा, करुणा र मैत्रीको सन्देश आज पनि उत्तिकै सान्दर्भिक छ । द्वन्द्व, असहिष्णुता, विभाजन र हिंसाबाट प्रभावित वर्तमान विश्वमा बुद्धको दर्शनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न तथा नेपालको ऐतिहासिक पहिचान र विश्वप्रतिको योगदानलाई थप स्थापित गर्ने उद्देश्यसहित नेपाल च्याप्टर गठन गरेका हौँ,’ उनले भने । नेपाल प्रतिनिधि कट्टेलका अनुसार महात्मा गान्धीले सत्य, अहिंसा र शान्तिपूर्ण आन्दोलनमार्फत विश्वलाई परिवर्तनको मार्ग देखाएका थिए भने नेल्सन मण्डेलाले समानता, मेलमिलाप, स्वतन्त्रता र सामाजिक न्यायको ऐतिहासिक उदाहरण प्रस्तुत गरेका थिए । गौतम बुद्धसहित यी तीन महान् व्यक्तित्वका विचार र जीवनदर्शनलाई साझा मानवीय मूल्यका रूपमा विश्वभर प्रवद्र्धन गर्नु फाउन्डेसनको मूल उद्देश्य रहेको उनले बताए । फाउन्डेसनको साझा सन्देश छ, ‘शान्ति भनेको द्वन्द्वको अनुपस्थिति मात्र होइन, मानवता, करुणा र पारस्परिक सम्मानको उपस्थिति पनि हो ।’ ‘गान्धी–मण्डेला फाउन्डेसन’ अन्तर्राष्ट्रिय, गैरराजनीतिक तथा गैरनाफामूलक सामाजिक संस्था हो । यसको मुख्य कार्यालय भारतको नयाँ दिल्लीमा रहेको छ । फाउन्डेसनले विश्वका विभिन्न क्षेत्र तथा देशमा अन्तर्राष्ट्रिय सम्बन्ध, सहकार्य र गतिविधिमार्फत गौतम बुद्ध, महात्मा गान्धी र नेल्सन मण्डेलाको दर्शन तथा जीवनमूल्यको प्रवद्र्धन गर्दै आएको छ । यसका साथै विश्व शान्ति, अहिंसा, मानव अधिकार, सामाजिक न्याय र मानवताको संरक्षण, विभिन्न देशका नागरिकबीच जनस्तरीय सम्बन्ध विस्तार, सांस्कृतिक आदानप्रदान, शिक्षा, युवा सहभागिता तथा सामाजिक सहकार्यलाई पनि फाउन्डेसनले प्राथमिकतामा राखेको छ । नेपाल च्याप्टर स्थापनाले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक, आध्यात्मिक तथा जनस्तरीय सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । नेपाल र भारतबीचको सम्बन्ध भौगोलिक सीमामा मात्र सीमित छैन । दुवै देशको सभ्यता, संस्कृति, आध्यात्मिक दर्शन, सामाजिक परम्परा तथा जनस्तरीय सम्बन्धमा गहिरो ऐतिहासिक निकटता रहँदै आएको छ । गौतम बुद्धको जन्मभूमि नेपाल र महात्मा गान्धीको सत्य तथा अहिंसाको दर्शनले विश्वमा पहिचान स्थापित गरेको भारतबीचको साझा विरासतलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न नेपाल च्याप्टरले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । नेपाल च्याप्टरले विशेषगरी नेपाल र भारतका युवा, विद्यार्थी, कलाकार, बुद्धिजीवी, सामाजिक अभियन्ता, सांस्कृतिक संस्था तथा शान्तिका पक्षधर व्यक्तित्वबीच सहकार्य र संवादका अवसर विस्तार गर्ने लक्ष्य राखेको छ । आगामी दिनमा विभिन्न कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने पनि च्याप्टरले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कर्मचारी सञ्चय कोषले सवारी साधन कर्जा प्रवाह सुरु गर्‍यो
Latest NewsJust now

कर्मचारी सञ्चय कोषले सवारी साधन कर्जा प्रवाह सुरु गर्‍यो

काठमाडौँ। कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्तालाई सवारी साधन कर्जा प्रवाह गर्न सुरु गरेको छ । कोषले सञ्चयकर्ता सवारी साधन सापटी विनियमावली, २०८२ बमोजिम हलुका सवारी साधन खरिदका लागि सापटी प्रवाह सुरु... ...

रातोपाटी
महाभियोगको प्रयोगले न्यायपालिकाको स्वतन्त्रतामाथि उठेको प्रश्न
Latest NewsJust now

महाभियोगको प्रयोगले न्यायपालिकाको स्वतन्त्रतामाथि उठेको प्रश्न

नेपालको संसदीय इतिहासमा न्यायाधीश तथा संवैधानिक पदाधिकारीमाथि प्रश्न उठेपछि महाभियोग प्रस्ताव दर्ता भएका थुप्रै उदाहरण छन । तर, अहिलेसम्म संसद्को दुईतिहाई बहुमतबाट महाभियोग पारित भई कुनै पनि पदाधिकारी पदमुक्त भएको... ...

रातोपाटी
मधेशले दिएको माया र मत खेर जाँदैन: सभापति लामिछाने
Latest NewsJust now

मधेशले दिएको माया र मत खेर जाँदैन: सभापति लामिछाने

जीवछ यादवलहान, कात्तिक ३० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मधेशले दिएको माया र मत खेर नजाने बताउनुभएको छ । छठ पर्व मनाउन जनकपुर आउनुभएका सभापति लामि... ...

गोरखापत्र
खेलकुद नेतृत्वमाथि प्रश्न ? कर्मचारीको भरमा छ परिषद, कसरी सफल होला राष्ट्रिय प्रतियोगिता
Latest NewsJust now

खेलकुद नेतृत्वमाथि प्रश्न ? कर्मचारीको भरमा छ परिषद, कसरी सफल होला राष्ट्रिय प्रतियोगिता

• सरकारले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेसँगै तयारी तीव्र पारिएको छ, तर परिषदको सदस्यसचिवको जिम्मेवारी सरकारी कर्मचारीलाई दिइएकोले प्रतियोगिता सफल हुनेमा प्रश्न उठेको छ। • खेलकुदको नेतृत्वमा प्रशासनिक व्यक्तिहरूको प्रभाव बढ्दै गएकोले खेलकुद क्षेत्रको वास्तविक आवश्यकतासँग दूरी सिर्जना भएको छ। • प्रतियोगिताको मिति पटकपटक परिवर्तन हुँदा तयारी र निर्णय प्रक्रियामा कमजोरी उजागर भएको छ, जसले नेतृत्व ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play