Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

सरकारी प्रणाली र पूर्वाधारको साइबर सुरक्षा बढाउँदै इटाली

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारी प्रणाली र पूर्वाधारको साइबर सुरक्षा बढाउँदै इटाली
Photo / Coverage: टेक्नोलोजी खबर

युरोपका विभिन्न देशमा पछिल्लो समय साइबर आक्रमणका घटना बढेपछि इटालीले आफ्नो साइबर सुरक्षा प्रणालीलाई थप सुदृढ बनाउने भएको छ। साइबर सुरक्षासम्बन्धी निकायबीच समन्वय, सूचनाको आदानप्रदान र प्रणाली सुरक्षामा लगानी बढाउने निर्णय इटालीले गरेको छ। इटालीको आन्तरिक मन्त्रालयका अनुसार मंगलबार बसेको सार्वजनिक व्यवस्था तथा सुरक्षा राष्ट्रिय समितिको बैठकले साइबर सुरक्षा मजबुत बनाउने विभिन्न उपायमा सहमति जनाएको हो। बैठकको अध्यक्षता गृहमन्त्री मत्तेओ पियानतेदोसीले गरेका थिए। बैठकमा इटालीका सरकारी तथा अन्य महत्त्वपूर्ण प्रणालीको सुरक्षा क्षमता, अत्यावश्यक सेवाको निरन्तरता र पछिल्लो समय युरोपका विभिन्न देशमा भएका साइबर आक्रमणका तरिकाबारे समीक्षा गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। आक्रमणसम्बन्धी अनुसन्धान जारी रहेकै अवस्थामा समितिले अध्ययन गरिएका घटनाहरूको साझा उद्देश्य अस्थिरता सिर्जना गर्ने, निराधार त्रास फैलाउने तथा लक्षित संस्थाहरूको प्रतिष्ठामा क्षति पुर्‍याउने रहेको निष्कर्ष निकालेको छ। बैठकमा सरकारी प्रशासन, महत्त्वपूर्ण पूर्वाधार, व्यावसायिक प्रतिष्ठान र सर्वसाधारणलाई लक्षित हुन सक्ने साइबर सुरक्षा जोखिमबारे पनि छलफल भएको थियो। सम्भावित आक्रमणबाट सार्वजनिक सेवा प्रभावित हुन नदिन थप सुरक्षा उपाय अपनाउने विषयमा समितिले जोड दिएको छ। सहमति भएका उपायमध्ये प्रहरी, गुप्तचर निकाय र साइबर सुरक्षा संस्थाबीच जारी अनुसन्धान तथा सूचनामूलक काममा थप समन्वय गर्ने विषय प्रमुख रहेको छ। साथै, सरकारी तथा निजी क्षेत्रका संस्थाबीच साइबर जोखिमसम्बन्धी सूचना आदानप्रदानलाई विस्तार गर्ने निर्णय गरिएको छ। यसका अतिरिक्त साइबर सुरक्षा प्रणालीलाई बलियो बनाउन र सम्भावित आक्रमणको तत्काल सामना गर्ने क्षमता विकास गर्न थप लगानी गरिने मन्त्रालयले जनाएको छ। इटालीको पछिल्लो निर्णयले साइबर आक्रमणबाट सरकारी सेवा, महत्त्वपूर्ण पूर्वाधार र निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्न युरोपेली मुलुकहरूबीच समन्वय तथा सहकार्यको आवश्यकता थप उजागर गरेको छ। रासस/सिन्ह्वा The post सरकारी प्रणाली र पूर्वाधारको साइबर सुरक्षा बढाउँदै इटाली appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनभिडिया प्रकरणले चीनप्रति कडा अमेरिकी नीतिको बहस चर्कियो
TechnologyJust now

एनभिडिया प्रकरणले चीनप्रति कडा अमेरिकी नीतिको बहस चर्कियो

एनभिडियाका प्रमुख कार्यकारी जेन्सेन हुआङसँग चीनका लागि जासुसी गरेको आशङ्का गरिएकी महिलाको सम्बन्ध रहेको खुलासाले अमेरिकामा चीनप्रति कडा नीति अपनाउनुपर्ने आवाजलाई बल दिएको छ। यस घटनाले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीनमा उन्नत प्रविधि निर्यात गर्न दिएको अनुमतिमाथि पनि प्रश्न उठाएको छ। हुआङले सिङ्गापुरस्थित मेगास्पिडकी पूर्वकार्यकारी एलिस हुआङसँग सम्बन्ध रहेको स्वीकार गरेका छन्। अमेरिकी गुप्तचर अधिकारीहरूले एलिस चिनियाँ गुप्तचर निकायका लागि काम ...

टेक्नोलोजी खबर
विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना
TechnologyJust now

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विपद्का बेला सञ्चार सेवा अवरुद्ध हुन नदिन उत्थानशील सञ्चार पूर्वाधार निर्माण र अन्तरराष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन्। कतारको दोहास्थित दोहा प्रदर्शनी तथा सम्मेलन केन्द्र (डिइसीसी) मा जारी अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू) को सन् २०२६ को पूर्णाधिकार सम्मेलन (पीपी–२६) अन्तर्गत आज आयोजित उच्चस्तरीय विषयगत छलफलमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनले नेपालको हालैको बाढीपहिरोबाट सञ्चार पूर्वाधारमा ...

टेक्नोलोजी खबर
अमेजनले भारतमा टाटाका ३,००० भन्दा बढी विद्युतीय डेलिभरी ट्रकहरू सञ्चालनमा ल्याउने
TechnologyJust now

अमेजनले भारतमा टाटाका ३,००० भन्दा बढी विद्युतीय डेलिभरी ट्रकहरू सञ्चालनमा ल्याउने

जेफ बेजोसद्वारा स्थापित विशाल अनलाइन खुद्रा कम्पनी अमेजनले भारतीय फ्लिटलाई विद्युतीय बनाउने भएको छ। भारतीय अटो निर्माता कम्पनी टाटा मोटर्सले अमेजनसँग एक सम्झौताको घोषणा गरेको छ, जसअन्तर्गत भारतमा अमेजनको यातायात सञ्जालमा ३,००० विद्युतीय ट्रकहरू समावेश गरिनेछन्। यो कार्यान्वयनमा आउँदा, भारतमा विद्युतीय ट्रकहरूको यो सबैभन्दा ठूलो प्रयोग हुनेछ। यो कार्यान्वयनमा आउँदा, भारतमा विद्युतीय ट्रकहरूको यो सबैभन्दा ठूलो परिचालन हुनेछ। साथै, यसले अमेजनको ...

टेक्नोलोजी खबर
डिजिटल विद्यालय निर्माण गर्न देउसीभैलो
Technology34m ago

डिजिटल विद्यालय निर्माण गर्न देउसीभैलो

थाङ्पाल भ्याली माध्यमिक विद्यालयले डिजिटल विद्यालय निर्माण गर्नका लागि देउसीभैलो कार्यक्रम गरेको छ। सो विद्यालय सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ मा रहेको छ। विद्यालय बागमती प्रदेशको नमूना विद्यालय हो। कार्यक्रमबाट रु १७ लाख २१ हजार जम्मा भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर सापकोटाले बताए। “डिजिटल विद्यालय निर्माण अभियानमा खेलिएको देउसीभैलोबाट रु १० लाख ८१ हजार नगद र छ लाख ४० हजारको स्मार्ट बोर्ड प्राप्त ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play