Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

एनभिडिया प्रकरणले चीनप्रति कडा अमेरिकी नीतिको बहस चर्कियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनभिडिया प्रकरणले चीनप्रति कडा अमेरिकी नीतिको बहस चर्कियो
Photo / Coverage: टेक्नोलोजी खबर

एनभिडियाका प्रमुख कार्यकारी जेन्सेन हुआङसँग चीनका लागि जासुसी गरेको आशङ्का गरिएकी महिलाको सम्बन्ध रहेको खुलासाले अमेरिकामा चीनप्रति कडा नीति अपनाउनुपर्ने आवाजलाई बल दिएको छ। यस घटनाले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीनमा उन्नत प्रविधि निर्यात गर्न दिएको अनुमतिमाथि पनि प्रश्न उठाएको छ। हुआङले सिङ्गापुरस्थित मेगास्पिडकी पूर्वकार्यकारी एलिस हुआङसँग सम्बन्ध रहेको स्वीकार गरेका छन्। अमेरिकी गुप्तचर अधिकारीहरूले एलिस चिनियाँ गुप्तचर निकायका लागि काम गरिरहेको आशङ्का गरेका छन्। राष्ट्रपति ट्रम्पले भने हुआङलाई सम्मानित व्यक्ति बताउँदै उनलाई ती महिला जासुस भएको थाहा नभएको उल्लेख गरेका छन्। चीनमा उन्नत एआई चिप निर्यातको पक्षमा पैरवी गर्दै आएका हुआङको प्रयासपछि ट्रम्पले गत वर्ष एनभिडियाको एच–२०० चिप चीनमा बिक्री गर्न अनुमति दिएका थिए। त्यसको विरोध गर्दै आएका अमेरिकी सांसदहरूले अहिलेको विवादलाई निर्यात नियन्त्रण कडा बनाउने अवसरका रूपमा लिएका छन् । रिपब्लिकन सांसदहरूले हुआङसँगको सम्बन्ध र एनभिडियाको सुरक्षा व्यवस्थाबारे नोभेम्बर १८ मा उनसँग बन्द कोठामा छलफल गर्ने तयारी गरेका छन्। यस घटनाले चीनमा उन्नत चिप निर्यातको अनुमति समीक्षा तथा रोक लगाउन काङ्ग्रेसलाई अधिकार दिने द्विदलीय विधेयक अघि बढ्न सक्ने विश्लेषकहरूको भनाइ छ। तर, कडा निर्यात नियन्त्रणले ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको व्यापार युद्धविराम बिगार्न सक्ने तथा चीनले अमेरिकी आपूर्ति शृङ्खलामा प्रतिकारात्मक कदम चाल्न सक्ने चिन्ता पनि छ। एफबीआईले जासुसीको आरोपबारे अनुसन्धान गरिरहेको छ भने न्याय मन्त्रालयले एनभिडियाका चिप चीनमा तस्करी भएको थियो कि थिएन भन्ने विषयमा छानबिन गरिरहेको छ। मेगास्पिडले तस्करीको आरोप अस्वीकार गरेको छ भने चीनले जासुसीको दाबीलाई खारेज गरेको छ। विश्लेषकहरूका अनुसार हुआङमाथि गलत काम गरेको पुष्टि भएमा वा उनी कम्पनीबाट बाहिरिनुपरेमा अमेरिकी एआई उद्योगमा असर पर्न सक्छ। तर, यस प्रकरणले काङ्ग्रेस र अमेरिकी प्रशासनभित्र एनभिडियाको प्रभाव घटाउने सम्भावना अझ महत्त्वपूर्ण रहेको उनीहरूको आकलन छ। रासस/एएफपी The post एनभिडिया प्रकरणले चीनप्रति कडा अमेरिकी नीतिको बहस चर्कियो appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पूर्वसूचना प्रणालीलाई समुदायमैत्री बनाउनुपर्नेमा जोड
TechnologyJust now

पूर्वसूचना प्रणालीलाई समुदायमैत्री बनाउनुपर्नेमा जोड

बढ्दै गएको बहुप्रकोपको जोखिम न्यूनीकरण तथा मानवीय क्षति कम गर्न पूर्वसूचना प्रणालीलाई समावेशी, प्रभावकारी र समुदायमैत्री बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत आज यहाँस्थित नेपाल पेभिलियनमा आयोजित ‘भोटेकोसीदेखि उत्थानशीलतासम्मः नेपालमा समावेशी बहुप्रकोप पूर्वसूचना प्रणालीको सुदृढीकरण’ विषयक छलफलमा सहभागी वक्ताले पूर्वसूचना प्रणालीको पहुँच, प्रविधि, संस्थागत समन्वय र वित्तीय स्रोत व्यवस्थापनमा सुधार गर्नुपर्ने आवश्यकता ...

टेक्नोलोजी खबर
सरकारी प्रणाली र पूर्वाधारको साइबर सुरक्षा बढाउँदै इटाली
TechnologyJust now

सरकारी प्रणाली र पूर्वाधारको साइबर सुरक्षा बढाउँदै इटाली

युरोपका विभिन्न देशमा पछिल्लो समय साइबर आक्रमणका घटना बढेपछि इटालीले आफ्नो साइबर सुरक्षा प्रणालीलाई थप सुदृढ बनाउने भएको छ। साइबर सुरक्षासम्बन्धी निकायबीच समन्वय, सूचनाको आदानप्रदान र प्रणाली सुरक्षामा लगानी बढाउने निर्णय इटालीले गरेको छ। इटालीको आन्तरिक मन्त्रालयका अनुसार मंगलबार बसेको सार्वजनिक व्यवस्था तथा सुरक्षा राष्ट्रिय समितिको बैठकले साइबर सुरक्षा मजबुत बनाउने विभिन्न उपायमा सहमति जनाएको हो। बैठकको अध्यक्षता गृहमन्त्री मत्तेओ पियानतेदोसीले ...

टेक्नोलोजी खबर
विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना
TechnologyJust now

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विपद्का बेला सञ्चार सेवा अवरुद्ध हुन नदिन उत्थानशील सञ्चार पूर्वाधार निर्माण र अन्तरराष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन्। कतारको दोहास्थित दोहा प्रदर्शनी तथा सम्मेलन केन्द्र (डिइसीसी) मा जारी अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू) को सन् २०२६ को पूर्णाधिकार सम्मेलन (पीपी–२६) अन्तर्गत आज आयोजित उच्चस्तरीय विषयगत छलफलमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनले नेपालको हालैको बाढीपहिरोबाट सञ्चार पूर्वाधारमा ...

टेक्नोलोजी खबर
अमेजनले भारतमा टाटाका ३,००० भन्दा बढी विद्युतीय डेलिभरी ट्रकहरू सञ्चालनमा ल्याउने
TechnologyJust now

अमेजनले भारतमा टाटाका ३,००० भन्दा बढी विद्युतीय डेलिभरी ट्रकहरू सञ्चालनमा ल्याउने

जेफ बेजोसद्वारा स्थापित विशाल अनलाइन खुद्रा कम्पनी अमेजनले भारतीय फ्लिटलाई विद्युतीय बनाउने भएको छ। भारतीय अटो निर्माता कम्पनी टाटा मोटर्सले अमेजनसँग एक सम्झौताको घोषणा गरेको छ, जसअन्तर्गत भारतमा अमेजनको यातायात सञ्जालमा ३,००० विद्युतीय ट्रकहरू समावेश गरिनेछन्। यो कार्यान्वयनमा आउँदा, भारतमा विद्युतीय ट्रकहरूको यो सबैभन्दा ठूलो प्रयोग हुनेछ। यो कार्यान्वयनमा आउँदा, भारतमा विद्युतीय ट्रकहरूको यो सबैभन्दा ठूलो परिचालन हुनेछ। साथै, यसले अमेजनको ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play