Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सरकारी गाडी आफैँ चलाउनेलाई ड्राइभरको तलबसमेत दिने प्रस्ताव, इन्धन र मर्मत खर्च पनि नगदमै दिइने !

सरकारी गाडी आफैँ चलाउनेलाई ड्राइभरको तलबसमेत दिने प्रस्ताव, इन्धन र मर्मत खर्च पनि नगदमै दिइने !

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारी गाडी आफैँ चलाउनेलाई ड्राइभरको तलबसमेत दिने प्रस्ताव, इन्धन र मर्मत खर्च पनि नगदमै दिइने !

काठमाडौँ । आफैँ सरकारी गाडी चलाउने कर्मचारीलाई ड्राइभरको तलबसमेत दिने प्रस्ताव गरिएको छ । सरकारी कर्मचारीको सुविधा र सरकारी खर्चलाई व्यवस्थित गर्न तयार गरिएको ‘सरकारी कर्मचारीको सवारी साधन व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदामा यस्तो व्यवस्था गरिएको हो । उक्त मस्यौदामा उच्च पदस्थ कर्मचारीले आफैँ गाडी चलाएमा ड्राइभरले पाउने तलब बराबर (करिब २६ हजारदेखि २९ हजारसम्म) रकम पाउने व्यवस्था गरिएको छ । उक्त व्यवस्था मुख्यसचिव, सचिव र सहसचिव वा सो सरहका कर्मचारीको हकमा लागू हुने मस्यौदामा उल्लेख छ । उनीहरुले चालक राख्ने वा आफैँ सवारी चलाउनमध्ये एउटा विकल्प रोज्न पाउनेछन् । यो व्यवस्था सरकारी गाडीमा मात्र नभएर व्यक्तिगत स्वामित्वको सवारी साधन प्रयोग गरेमा पनि लागू हुने मस्यौदामा उल्लेख गरिएको छ । त्यस्तै, आफैँ गाडी चलाउन अधिकारीलाई ड्राइभरको तलबसरह रकम दिनेसँगै सवारी साधनको इन्धन र मर्मत खर्च पनि नगदमा दिने प्रस्ताव गरिएको छ । मस्यौदामा मुख्यसचिव तथा सचिव तहका अधिकारीका लागि वार्षिक इन्धन खर्च १ लाख ४० हजार रुपैयाँ र मर्मत खर्च १ लाख रुपैयाँ, सहसचिव तहका अधिकारीका लागि वार्षिक इन्धन खर्च १ लाख २० हजार रुपैयाँ र मर्मत खर्च ७५ हजार रुपैयाँ दिने प्रस्ताव गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अर्थ सरोकार

Visit Publisher Site →

Related News

पिजफायर रेस्टुरेन्टका सञ्चालक खत्री मृत्यु प्रकरण : एक युवती पक्राउ
ताजा खबरJust now

पिजफायर रेस्टुरेन्टका सञ्चालक खत्री मृत्यु प्रकरण : एक युवती पक्राउ

विराटनगर । विराटनगरस्थित पिजफायर रेस्टुरेन्टका सञ्चालक ५१ वर्षीय मनोज खत्रीको मृत्यु प्रकरणमा एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार पक्राउ पर्ने महिला सोही रेस्टुरेन्टको हिसाबकिताब हेर्दै आएकी २७ वर्षीय... ...

रातोपाटी
कांग्रेसमा व्यापक एकता भएको छ: महामन्त्री पौडेल
ताजा खबरJust now

कांग्रेसमा व्यापक एकता भएको छ: महामन्त्री पौडेल

तनहुँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम भएको र बाँकी रहेका सबैलाई पनि एकताबद्ध गर्न आफूहरू तयार रहेको बताएका छन् । नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री पौडेलले कांग्रेसलाई रुपान्तरण भएको अनुभूति जनतामाझ दिलाउने बताए । उनले सबैपक्षसँग सहमति र सहकार्य गर्दै देशलाई समृद्ध बनाउने लक्ष्यमा अघि बढ्नुपर्नेमा जोड दिए । “बाटो ...

कर्पोरट खबर
सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन
ताजा खबरJust now

सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

सुर्खेत । कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२ लाख २५ हजार राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी... ...

रातोपाटी
एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार घोषणा
ताजा खबरJust now

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी एसिया कपमा स्थान बनाउन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल)... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play