Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

सरकारी कामकाज र डिजिटल प्रणालीमा नेपाल संवतको प्रयोग विस्तार गर्नुपर्छः सभामुख अर्याल

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारी कामकाज र डिजिटल प्रणालीमा नेपाल संवतको प्रयोग विस्तार गर्नुपर्छः सभामुख अर्याल
Photo / Coverage: टक्सार

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवत्को प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र तथा डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन्। मंगलवार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिनु महत्वपूर्ण उपलब्धि भए पनि यसको व्यावहारिक कार्यान्वयन आवश्यक रहेको बताए । नेपाल संवत् वर्ष गणनाको आधार मात्र नभई नेपालको ऐतिहासिक सभ्यता, मौलिक संस्कृति र राष्ट्रिय पहिचानको प्रतीक भएको उहाँको भनाइ छ । यसको प्रभावकारी कार्यान्वयनका लागि सरकारले स्पष्ट नीति, बजेट र कार्ययोजना ल्याउनुपर्ने उनले जोड दिए । सभामुख अर्यालले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले आफ्नो सम्पत्ति जनताको हितमा समर्पण गरी ऋणमा डुबेका सर्वसाधारणलाई ऋणमुक्त गराएको योगदान सामाजिक न्याय र परोपकारको अनुपम उदाहरण भएको उल्लेख गरे ।उनले शङ्खधर साख्वाःको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र नेपाल भाषा तथा लिपिको संरक्षण गर्न राज्यले प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने बताए । नेपाल संवत् आन्दोलनले भाषा, लिपि र संस्कृतिको संरक्षणसँगै लोकतान्त्रिक चेतना अभिवृद्धिमा समेत योगदान पुर्‍याएको उल्लेख गर्दै उहाँले आन्दोलनका अग्रज तथा अभियन्ताहरूको योगदानलाई राज्यले उचित सम्मान गर्नुपर्ने धारणा राखे । नेपाल संवत् ११४७ ले नेपालीबीच एकता, सद्भाव, समृद्धि र सहकार्यको भावना थप बलियो बनाउने विश्वाससमेत उनले व्यक्त गरे।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पर्वतमा पुर्खाको नासो : तीन सय वर्ष पुरानो ‘शताब्दी घर’
Latest NewsJust now

पर्वतमा पुर्खाको नासो : तीन सय वर्ष पुरानो ‘शताब्दी घर’

पर्वत । आधुनिकताको तीव्र विकाससँगै मौलिक वास्तुकला, संस्कृति र पुर्खाका चिनोहरू लोप हुने क्रम बढ्दो छ। यस्तो अवस्थामा पर्वतको कुश्मा नगरपालिका–७, माझगाउँमा भने तीन सय वर्ष पुरानो घरको संरक्षण गरेर... ...

रातोपाटी
चार खेलमा १२७ रन बनाएर डेभिड वार्नर स्वदेश फर्किए
Latest NewsJust now

चार खेलमा १२७ रन बनाएर डेभिड वार्नर स्वदेश फर्किए

• अस्ट्रेलियाका पूर्वक्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा काठमाडौं गोर्खाजबाट चार खेल खेलेर स्वदेश फर्किएका छन्। • वार्नरले चार खेलमा १२७ रन बनाएका छन् र टोलीले चारवटै खेलमा जित हासिल गरेको छ। • वार्नरको आगमनले काठमाडौं गोर्खाजको ब्याटिङमा अनुभव थपिएको छ, तर टोलीको प्रतियोगितामा यात्रा जारी रहनेछ। ...

नेपालबहस
एनपीएलमा सर्वाधिक विकेट लिने दौडमा मकवानपुरका रिजन ढकाल
Latest NewsJust now

एनपीएलमा सर्वाधिक विकेट लिने दौडमा मकवानपुरका रिजन ढकाल

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजका लागि खेल खेलिरहेका मकवानपुरका युवा खेलाडी बायाँ हाते तीव्र गतिका बलर रिजन ढकाल सर्वाधिक विकेट लिने खेलाडीको दौडको सूचीमा शीर्ष स्थानमा... ...

रातोपाटी
ढोरपाटनमा सिकारमा व्यस्त विदेशी, पदयात्रामा रमाउँदै स्वदेशी
Latest NewsJust now

ढोरपाटनमा सिकारमा व्यस्त विदेशी, पदयात्रामा रमाउँदै स्वदेशी

बागलुङ। प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखि हिमशृङ्खला र फराकिला पाटनले परिचित ढोरपाटनमा यतिबेला आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढेको छ। ढोरपाटन सिकार आरक्षको उच्च पहाडी क्षेत्रमा विदेशी सिकारी सिकारमा व्यस्त छन् भने उपत्यका र आसपासका पाटनमा आन्तरिक पर्यटक पदयात्रा तथा प्राकृतिक दृश्यावलोकनमा रमाइरहेका पाइएको छ। नेपालमा वैधानिक रूपमा सिकार खेल्न पाइने एक मात्र क्षेत्र ढोरपाटनमा अहिले चालु आर्थिक वर्षको पहिलो सिकार याम ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play