Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

ढोरपाटनमा सिकारमा व्यस्त विदेशी, पदयात्रामा रमाउँदै स्वदेशी

Share:WhatsAppFacebookX (Twitter)Telegram
ढोरपाटनमा सिकारमा व्यस्त विदेशी, पदयात्रामा रमाउँदै स्वदेशी
Photo / Coverage: नेपालन्युज

बागलुङ। प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखि हिमशृङ्खला र फराकिला पाटनले परिचित ढोरपाटनमा यतिबेला आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढेको छ। ढोरपाटन सिकार आरक्षको उच्च पहाडी क्षेत्रमा विदेशी सिकारी सिकारमा व्यस्त छन् भने उपत्यका र आसपासका पाटनमा आन्तरिक पर्यटक पदयात्रा तथा प्राकृतिक दृश्यावलोकनमा रमाइरहेका पाइएको छ। नेपालमा वैधानिक रूपमा सिकार खेल्न पाइने एक मात्र क्षेत्र ढोरपाटनमा अहिले चालु आर्थिक वर्षको पहिलो सिकार याम चलिरहेको छ। असोजदेखि मङ्सिरसम्म रहने पहिलो याममा विदेशी सिकारी नाउर र झारलको सिकारका लागि आरक्षका विभिन्न ब्लकमा पुगेका छन्। ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीका अनुसार पहिलो सिकार याममा हालसम्म १० नाउर र सात झारलको सिकार चलिरहेको छ। यस याममा ११ जना विदेशी सिकारी ढोरपाटन आइसकेका छन् भने थप छ जना आउने तयारीमा छन्। विश्वका धनाढ्य सिकारी ढोरपाटनमा सिकार खेल्न आउने गरेका छन्। रसिया, अमेरिका, स्पेन, डेनमार्क, अफ्रिकी मुलुक र फ्रान्सलगायत देशबाट सिकारी आउने गरेको सुवेदीले बताए। विदेशी सिकारीको चहलपहल उच्च पहाडी सिकार क्षेत्रमा केन्द्रित रहँदा ढोरपाटन उपत्यका, निसेलढोर, बुकीपाटन र जलजलामा भने आन्तरिक पर्यटकको आकर्षण बढेको छ। विशेषगरी चाडपर्वको समय र अनुकूल मौसममा प्रकृतिसँग रमाउन तथा पदयात्रा गर्न पर्यटक ढोरपाटन पुग्ने गरेका छन्। कुनै समय विदेशी पर्यटक र सिकारीमाझ मात्रै परिचित ढोरपाटन पछिल्लो समय पदयात्राका लागि नेपाली पर्यटकको रोजाइमा पनि पर्न थालेको छ। काठमाडौँ, चितवनलगायत देशका विभिन्न स्थानबाट पर्यटक यहाँ पुग्ने गरेका छन्। स्थानीय पाखाथर सामुदायिक घरबासका सञ्चालक पुनम बुढामगरका अनुसार विदेशी सिकारी हेलिकप्टरमार्फत सिधै सिकार ब्लकमा पुग्ने गरेका छन् भने आन्तरिक पर्यटक स्थलमार्ग हुँदै ढोरपाटन आउने र त्यहाँबाट पदयात्रा गरी बुकीपाटनसम्म पुग्ने गरेका छन्। विदेशी सिकारी सिकारमा रमाउने र स्वदेशी पर्यटक पदयात्रा तथा प्राकृतिक दृश्यावलोकनमा आकर्षित हुने गरेको उनले बताए। ढोरपाटन सिकार आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सातवटा सिकार ब्लक छन्। सिकारका क्रममा विदेशी सिकारीसँग नेपाली सहयोगी र आरक्षका कर्मचारी पनि खटाइने गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। विभागले हरेक वर्ष नाउर र झारलको सिकारका लागि कोटा निर्धारण गर्दै आएको छ। ढोरपाटन क्षेत्रमा प्रत्येक वर्ष दुई ‘सिजन’मा सिकार खेलाउने गरिएको छ। पहिलो सिकार याम असोजदेखि मङ्सिरसम्म र दोस्रो याम फागुनदेखि वैशाखसम्म सञ्चालन हुन्छ। विदेशी सिकारीसहितको समूहले १५ दिनभित्र तोकिएको सिकार ब्लकमा सिकार सम्पन्न गर्नुपर्ने व्यवस्था छ। गत आर्थिक वर्षको दुई सिकार याममा २१ नाउर र ११ झारलको सिकार भएको थियो। त्यसबाट रु चार करोड १७ लाख राजस्व संकलन भयो। सोही अवधिमा ३७ हजार आन्तरिक तथा बाह्य पर्यटकले ढोरपाटन भ्रमण गरेका थिए। चालु आर्थिक वर्षमा पनि गत वर्षको तुलनामा आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको पाइएको छ। पछिल्लो समय पर्यटकको आगमन बढेसँगै ढोरपाटनमा होटल तथा घरबास सञ्चालन पनि विस्तार हुँदै गएको छ। सिकार पर्यटनसँगै पदयात्रा, प्राकृतिक दृश्यावलोकन र स्थानीय संस्कृति ढोरपाटनको पर्यटनका थप आकर्षण हुन्। विसं २०४४ मा स्थापना भएको ढोरपाटन सिकार आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हिमाली विपद् र शासकीय उत्तरदायित्व
Latest NewsJust now

हिमाली विपद् र शासकीय उत्तरदायित्व

प्रकृतिले कहिलेकाहीँ यस्ता घटनाहरू घटाउँछ, जसका सामु मानवीय सामर्थ्यका सीमाहरू निर्ममतापूर्वक उजागर हुन्छन्। भाद्र १० को भोटेकोशी नदीमा आएको महाविपत्तिले साबित गर्‍यो कि प्रकृतिको ताण्डवअघि कसरी मानव र मानवजन्य विकास... ...

रातोपाटी
मधेसमा छठ पर्वको तयारी गरिँदै
Latest NewsJust now

मधेसमा छठ पर्वको तयारी गरिँदै

जनकपुरधाम। दीपावली सकिएसँगै मधेस प्रदेशका जिल्लामा छठ पर्वको तयारी तीव्ररुपमा अघि बढिरहेको छ । त्यस क्रममा प्रदेश राजधानीस्थित जनकपुरधामका पोखरी तथा तलाउको सरसफाइ र शृङ्गारिने काम सुरु भएको छ । त्यस्तै... ...

रातोपाटी
नयाँ संसद्‌मा नेतान्याहुलाई विपक्षीको चुनौती
Latest NewsJust now

नयाँ संसद्‌मा नेतान्याहुलाई विपक्षीको चुनौती

काठमाडाैँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई नयाँ संसद् गठनसँगै राजनीतिक दबाब बढ्ने देखिएको छ । संसद्‌मा उनको गठबन्धनको शक्ति घटेको र विपक्षी बलियो बनेकाले हमासको आक्रमणबारे छानबिन, विवादास्पद कानून खारेजी... ...

रातोपाटी
‘रामायण’ ले पाँचौँ दिनमा रच्यो कीर्तिमान
Latest NewsJust now

‘रामायण’ ले पाँचौँ दिनमा रच्यो कीर्तिमान

मुम्बई । रणवीर कपूर अभिनीत चलचित्र ‘रामायण पार्ट १’ ले प्रदर्शनको पाँचौँ दिन सोमबार भारतमा १०७.५० करोड भारु खुद कमाइ गर्दै अहिलेसम्मकै उच्च एकदिने रेकर्ड कायम गरेको छ। २३ हजार... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play