Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

सरकारी कागजात किर्तेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारी कागजात किर्तेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ
Photo / Coverage: पर्दाफास

सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय सरकारी कागजात किर्ते गरेको आरोपमा पक्राउ परेका छन्। वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँ सभा सञ्चालन तथा नीति तथा कार्यक्रम पारित गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं सूचना अधिकारी वेदप्रसाद गौतमका अनुसार मंगलबार दिउँसो करिब ५ बजे बसबरिया गाउँपालिका–१ स्थित आफ्नै निवासबाट ५५ वर्षीय अध्यक्ष रायलाई पक्राउ गरिएको हो। मिति २०८० साल असार १० गते आयोजित गाउँसभामा अनुपस्थित रहेकी एक वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभाबाट आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम पारित गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो। उजुरीमा गाउँसभामा सहभागी नभएकी वडा सदस्यको हस्ताक्षर नक्कली रूपमा प्रयोग गरी गाउँ सभा सम्पन्न भएको देखाइएको तथा सोही आधारमा नीति तथा कार्यक्रम पारित गरिएको उल्लेख गरिएको थियो। उक्त उजुरीपछि प्रहरीले सरकारी कागजात किर्तेसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी घटनाको अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा सर्लाही जिल्ला अदालतबाट मिति २०८३ साल असोज १६ गते पक्राउ अनुमति प्राप्त भएपछि प्रहरीले अध्यक्ष रायलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका अध्यक्ष रायमाथि सरकारी कागजात किर्तेसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको डीएसपी गौतमले जानकारी दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सन् २०२७ देखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव
OthersJust now

सन् २०२७ देखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

नेपालले पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सन् २०२७ देखि सञ्चालन गर्न तथा त्यसको कार्यक्षेत्र र कार्यान्वयन विधि स्पष्ट पार्न कोप-३१ को निर्णय मस्यौदामा तीन बुँदे प्रस्ताव पेस गर्ने भएको छ । जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्र र हिमनदीमा निर्भर समुदायले भोगिरहेका जोखिम सम्बोधन गर्ने उद्देश्यले कोप-३१ को अध्यक्षताको परामर्शमा तयार गरिएको निर्णय मस्यौदामा छुट्टै पर्वतीय जलवायु कार्यक्रम स्थापना गर्ने ...

पर्दाफास
नेपाल राष्ट्र बैंकले माग्यो ६१ कर्मचारी, अधिकृतदेखि सहायकसम्म अवसर
OthersJust now

नेपाल राष्ट्र बैंकले माग्यो ६१ कर्मचारी, अधिकृतदेखि सहायकसम्म अवसर

२ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले ६१ जना कर्मचारी भर्ना गर्नका लागि लागि विज्ञापन खुलाएको छ । सहायक निर्देशकदेखि सहायकसम्मका पदमा खुला परीक्षाबाट पदपूर्ति गर्न राष्ट्र बैंकले विज्ञापन खुलाएको हो । राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले आज सार्वजनिक गरेको सूचना अनुसार अधिकृत तृतीय श्रेणीको सहायक निर्देशक पदमा २६ जना माग गरिएको छ ।… ...

अनलाइन खबर
जैमिनी नगरपालिका सुकुम्बासी तथा अव्यवस्थित बसोबासमुक्त पालिका घोषित
OthersJust now

जैमिनी नगरपालिका सुकुम्बासी तथा अव्यवस्थित बसोबासमुक्त पालिका घोषित

बागलुङको जैमिनी नगरपालिका सुकुम्वासी तथा अव्यवस्थित बसोबास समस्या मुक्त पालिका घोषित भएको छ । भूमि समस्या समाधान समितिले देशभरका पाँच पालिकालाई समस्या मुक्त घोषणा गरेकामा जैमिनी पनि तिनमा परेको हो । समितिले मङ्गलबार सार्वजनिक गरेको सूचनाअनुसार समस्या मुक्त घोषित अन्य पालिकामा डोल्पाको काइके गाउँपालिका, सोलुखुम्बुको खुम्बुपासाङल्हामु र महाकुलुङ गाउँपालिका तथा रुकुम पूर्वको भूमे गाउँपालिका हुन् । जैमिनी नगरपालिकाले गत वर्ष १८ सुकुम्वासी ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play