Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

वडा सदस्यको हस्ताक्षर किर्ते गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
वडा सदस्यको हस्ताक्षर किर्ते गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौँ । सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय पक्राउ परेका छन्। वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गरेको आरोपमा उनी प्रकाउ परेका हुन । जिल्ला प्रहरी कार्यालय सर्लाहीले रायलाई मंगलबार साँझ बसबरिया गाउँपालिका–१ स्थित आफ्नै निवासबाट पक्राउ गरेको हो। ५५ वर्षीय रायविरुद्ध सरकारी कागज किर्तेसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम पेस गर्न २०८० असार १० गते आयोजित गाउँसभामा अनुपस्थित रहेकी एक वडा सदस्यको हस्ताक्षर किर्ते गरी नीति तथा कार्यक्रम पारित गरिएको भन्दै प्रहरीमा उजुरी परेको थियो। उक्त उजुरीका आधारमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको थियो। सर्लाही जिल्ला अदालतबाट २०८३ असोज १६ गते पक्राउ अनुमति प्राप्त भएपछि रायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पदभार सम्हाल्न आज चीन जाँदै राजदूत शर्मा
Latest NewsJust now

पदभार सम्हाल्न आज चीन जाँदै राजदूत शर्मा

काठमाडौं । चीनका लागि नवनियुक्त नेपाली राजदूत डा कल्याणराज शर्मा पदभार ग्रहण गर्न आज बेइजिङ प्रस्थान गर्दै छन् । शर्माले बुधबार सामाजिक सञ्जालमार्फत आफू जिम्मेवारी सम्हाल्न बेइजिङ जान लागेको जानकारी दिएका... ...

रातोपाटी
ट्रम्प, सी र पुटिनबीच बिहीबार त्रिपक्षीय बैठक हुने
Latest NewsJust now

ट्रम्प, सी र पुटिनबीच बिहीबार त्रिपक्षीय बैठक हुने

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार एपेक शिखर सम्मेलनको क्रममा ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुने भएको छ। ह्वाइट हाउस र क्रेमलिनको घोषणापछि चिनियाँ विदेश मन्त्रालयले सोमबार उक्त बैठकको औपचारिक पुष्टि गरेको हो। विश्वका तीन शक्तिशाली राष्ट्रप्रमुखहरू एकै ठाउँमा जुट्न लागेको यो पहिलो पटक हो। द वाल स्ट्रिट जर्नलका अनुसार रुस-युक्रेन युद्ध अन्त्य गर्ने ...

नेपालन्युज
विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौँ पाँचौँ स्थानमा उक्लियो
Latest NewsJust now

विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौँ पाँचौँ स्थानमा उक्लियो

काठमाडौँ । काठमाडौँको वायु प्रदूषण थप बढेको छ । विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा काठमाडौँ पाँचौँ स्थानमा उक्लिएको छ । वायु गुणस्तरसम्बन्धी अन्तर्राष्ट्रिय संस्था आईक्यूएयरले बुधबार बिहान ६ देखि ७ बजेसम्म... ...

रातोपाटी
जसले रक्त क्यान्सर जितेर नयाँ जीवन पाए
Latest NewsJust now

जसले रक्त क्यान्सर जितेर नयाँ जीवन पाए

‘केमोथेरापी गरे पनि तपाईंको बाँच्ने सम्भावना २० प्रतिशत मात्र छ!’ ५ वर्षअघि चिकित्सकको कुराले झस्किएका थिए हुत्तराज गौतम। उनी कोरोनाको शंकामा अस्पताल पुगेका थिए। ओखलढुंगा घर भएका हुत्तराज परिवारसँग ललितपुरमा बस्थे। त्यतिबेला नेपालसहित पूरै विश्वमा कोरोना फैलिँदै थियो। शरीर गल्ने, हिँड्न नसक्ने र गिजाबाट रगत र पिप आउने समस्या देखिएपछि उनलाई प... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play