काठमाडौं । इर्लिङ हालान्डले इन्ज्युरी समयमा पेनाल्टीबाट गरेको गोलको मदतले नर्वेले मंगलबार डेनमार्कलाई ३–२ ले हराएको छ र यूईएफए नेसन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नर्वे दुई गोलले पछाडि रहेको स्थितिबाट यो जित निकाल्न सफल रहेको हो । यो नतिजापछि दुवै टिम समान नौ अंकमा रहे, तर हेड टु हेड नतिजाका आधारमा नर्वे समूह डी मा डेनमार्कलाई पछाडि छोडेर दोस्रो स्थानमा रह्यो । पोर्चुगल भने १५ अंकमा यो समूहको विजेता रह्यो । उसले अर्को खेलमा वेल्सलाई ३–२ ले हरायो । क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएयता पोर्चुगलको यो पहिलो जित हो । दस खेलाडीमा सीमित पोर्चुगलले पनि प्राप्त गरेको पुर्नआगमन जितमा कार्लोस फार्ब्सले निर्णायक गोल गरे ।
हालान्डको गोलमा नर्वे क्वाटरफाइनलतर्फ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






