काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्षी दलहरूको बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सुरु भएको छ । सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप तथा संविधानमाथि भइरहेको प्रहारलगायत विषयमा छलफल गर्न कांग्रेसले प्रतिपक्षी दलहरूको बैठक बोलाएको हो । बैठकमा नेकपा एमालेका सचिव तथा संसदीय दलका उपनेता पद्मा अर्याल, नेपाल कम्युनिस्ट पार्टीका संसदीय दलका नेता वर्षमान पुन र प्रमुख सचेतक युवराज दुलाल सहभागी छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रमुख सचेतक खुश्बु ओली पनि बैठकमा सहभागी भएकी छन् । संसद बाहिर रहेका प्रतिपक्षी दलका नेताहरूको समेत बैठकमा उपस्थिति रहेको छ । बैठकअघि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको जवाफदेहिता, सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भूमिका, पत्रकार पक्राउ तथा सञ्चारमाध्यममा प्रहरी परिचालनका विषयमा छलफल हुने बताएका थिए । उनले विभिन्न घटनाका छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने तथा निष्पक्ष अनुसन्धान हुनुपर्ने विषय पनि बैठकमा उठाइने बताएका थिए ।
सरकारविरुद्ध प्रतिपक्षी दलहरू एक ठाउँमा, सिंहदरबारमा बैठक जारी

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






