Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

सरकारले निजी क्षेत्रलाई सँगसँगै लिएर अघि बढ्छ : अर्थमन्त्री

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारले निजी क्षेत्रलाई सँगसँगै लिएर अघि बढ्छ : अर्थमन्त्री
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वास्तविक लगानीको वातावरण देखाउनका लागि नेपाल पूर्वाधार सम्मेलन निकै महत्वपूर्ण रहेको बताएका छन्। नेपाल पूर्वाधार सम्मेलनबारे जानकारी दिन बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री वाग्लेले सम्मेलन केवल भाषण गर्ने वा विदेशी वक्ताहरू मात्र बोलाउनेभन्दा पनि परिणाममुखी र नतिजामूखीका साथै वास्तविक लगानीको वातावरण देखाउन सम्मेलन निकै महत्वपूर्ण रहेको बताए। उनले सरकारको २१ खर्बको बजेटले मात्रै केही नहुने भन्दै ७० खर्बको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने धारणा राखे। यसका लागि निजी क्षेत्रलाई पनि सरकारले सँगसँगै लिएर अघि बढ्ने उनको भनाइ छ। मन्त्री वाग्लले पूर्वाधार सम्मेलनपछिको अवस्थालाई ध्यानमा दिएर सरकार अघि बढिरहेको जानकारी दिए। त्यस्तै कानूनमन्त्री सोविता गौतमले साउन १ गतेदेखि अहिलेसम्म ५४ भन्दा बढी विधेयकहरू मन्त्रिपरिषद्बाट स्वीकृत गरेर अघि बढिसकेको बताइन्। सम्मेलनअघि ५९ वटा कानुनहरू संशोधन गर्नुपर्ने परिस्थिति रहेको उनको भनाइ छ। उनले लगानीका लागि आवश्यक वातावरण निर्माण गर्न भएका कानुनी तथा नीतिगत व्यवस्थालाई सम्मेलनअघि अन्तिम रुप दिइने धारणा राखिन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
केदारनाथको उकालोमा तीर्थयात्री बोकेर परिवार पाल्दै नेपाली
Latest NewsJust now

केदारनाथको उकालोमा तीर्थयात्री बोकेर परिवार पाल्दै नेपाली

भारतको उत्तराखण्डस्थित रुद्रप्रयागस्थित केदारनाथ मन्दिर खुलेको सिजनमा राम्रो आम्दानी हुने भएकाले दुई हजारभन्दा बढी नेपाली यात्रु, सामान बोक्ने र होटल स‌ञ्चालनका लागि त्यहाँ पुग्छन् । ...

कान्तिपुर
हसिनाले फेरि भनिन् : मृत्युदण्ड भए पनि डिसेम्बरमा स्वदेश फर्कन्छु
Latest NewsJust now

हसिनाले फेरि भनिन् : मृत्युदण्ड भए पनि डिसेम्बरमा स्वदेश फर्कन्छु

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा स्वदेश फर्कने अडान दोहोर्‍याएकी छन्। सन् २०२४ को विद्यार्थी आन्दोलनका कारण सत्ताच्युत भएपछि भारत भागेकी उनले गिरफ्तारी, जेल र यातनाको सम्भावना हुँदाहुँदै पनि स्वदेश फर्किने निर्णय परिवर्तन नहुने बताएकी हुन्।  आन्दोलनमा भएको घातक दमनका लागि जि... ...

नेपालखबर
एनपीएल : काठमान्डु गोर्खाजको सहज जित, विराटनगर ९ विकेटले पराजित
Latest NewsJust now

एनपीएल : काठमान्डु गोर्खाजको सहज जित, विराटनगर ९ विकेटले पराजित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजले विराटनगरलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो दोस्रो जित दर्ता गरेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा विराटनगरले दिएको ८४ रनको सामान्य लक्ष्य काठमान्डुले ९.४ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो। काठमान्डुको जितमा अस्ट्रेलियन ब्याटर डेभिड वार्नर ४४ र विलियम बोसिस्टो २३ रनमा अविजित रहे। टोलीले ६.२ ओभरमै ५० रनको स्कोर पार गरेको थियो। ...

नेपालन्युज
बराहक्षेत्रमा चौथो संस्करणको स्टोन स्किपिङ च्यालेन्जको तयारी पूरा
Latest NewsJust now

बराहक्षेत्रमा चौथो संस्करणको स्टोन स्किपिङ च्यालेन्जको तयारी पूरा

• सुनसरीको बराहक्षेत्र नगरपालिकामा चौथो स्टोन स्किपिङ च्यालेन्ज प्रतियोगिता आगामी २४ कात्तिकमा आयोजना हुने तयारी पूरा भएको छ। • प्रतियोगिताको उद्देश्य लोपोन्मुख सीम तित्रा चराको संरक्षण र मधुवन क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नु हो। • प्रतियोगितामा सहभागीका लागि स्टोन स्किपरहरूलाई आह्वान गरिएको छ र प्रतियोगितात्मक टी-शर्ट पनि सार्वजनिक गरिएको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play