Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सरकारले चिकित्सा शिक्षा क्षेत्र सुधारका माग सम्बोधन गर्ने भनेपछि गोविन्द केसीले २ दिन सारे सत्याग्रह

सरकारले चिकित्सा शिक्षा क्षेत्र सुधारका माग सम्बोधन गर्ने भनेपछि गोविन्द केसीले २ दिन सारे सत्याग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारले चिकित्सा शिक्षा क्षेत्र सुधारका माग सम्बोधन गर्ने भनेपछि गोविन्द केसीले २ दिन सारे सत्याग्रह

काठमाडौं । स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग सरकारले विगतमा गरेका सहमतिको समीक्षा गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारसहितको बैठकले कार्यान्वयन हुन बाँकी सहमतिका विषयलाई समन्वयका साथ समयमै टुङ्ग्याउने निर्णय गरेको हो। साथै, बैठकमा हालसम्म कार्यान्वयनमा आएका सहमतिबारे समीक्षासमेत गरिएको थियो। वर्तमान सरकारले विगतमा विभिन्न पक्षसँग भएका सहमतिहरूको नियमित समीक्षा गर्ने योजनाबमोजिम यो बैठक आयोजना गरिएको स्वास्थ्यमन्त्रीको सचिवालयले जनाएको छ। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले विभिन्न माग राखेर सत्याग्रहमा सुरु गर्न अल्टिमेटम दिएपछि सरकारले चिकित्सा शिक्षा क्षेत्र सुधारका माग सम्बोधन गर्ने जनाएको हो। डा.केसीले सत्याग्रहमा बस्न दिएको अल्टिमेटमको अवधि २ दिन पछि सारेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

आज दुई खेल हुँदै
ताजा खबरJust now

आज दुई खेल हुँदै

काठमाडौँ, कात्तिक १२ गते । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज तथा दोस्रो खेल कर... ...

गोरखापत्र
जेम्स एन्डरसनको कप्तानीमा इटालीमा फ्रेन्चाइज क्रिकेट
ताजा खबरJust now

जेम्स एन्डरसनको कप्तानीमा इटालीमा फ्रेन्चाइज क्रिकेट

काठमाडौँ । इटालीमा क्रिकेटको विकास र सन् २०३२ को ओलम्पिकका लागि स्थानीय खेलाडी तयार पार्ने उद्देश्यसहित नयाँ फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । इंग्ल्यान्डका पूर्व तीव्र गतिका बलर... ...

रातोपाटी
सर्लाही सडक छेउको खाल्डोमा पुरुषको शव फेल
ताजा खबरJust now

सर्लाही सडक छेउको खाल्डोमा पुरुषको शव फेल

• सर्लाहीको बलरा नगरपालिका–१ मिर्जा हतिऔलमा एक पुरुषको शव सडक छेउको खाल्डोमा फेला परेको छ। • मृतकको पहिचान खुल्न सकेको छैन र शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ। • एक हप्ता अघि सर्लाहीको गोडैतामा पनि एक बालिकाको हत्या भएको घटनामा अनुसन्धान भइरहेको छ। ...

नेपालबहस
हापुरेमा आगलागी, पश्चिम दाङ दमकलविहीन हुँदा ठूलो क्षति
ताजा खबरJust now

हापुरेमा आगलागी, पश्चिम दाङ दमकलविहीन हुँदा ठूलो क्षति

दाङ । दाङको बबई गाउँपालिका–५ हापुरे बजारको एक कस्मेटिक पसलमा आगलागी भएको छ । आगलागीबाट पसल पूर्ण रूपमा नष्ट भएको छ । स्थानीय खिमबहादुर सोमैले सञ्चालन गरेको गौरी शृंगार पसलमा बुधबार बेलुकी ८ बजेतिर आगलागी भएको थियो । विद्युत् सर्ट भएर आगो लागेको अनुमान छ । आगलागी सुरु भएको दुई घण्टाभन्दा बढी समय बितिसक्दा पनि दमकल पुग्न नसक्दा पसलका सबै सामान ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play