Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

सरकारले किन ल्याएन कर्मचारी अध्यादेश ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारले किन ल्याएन कर्मचारी अध्यादेश ?
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । कर्मचारी प्रशासनमा व्यापक फेरबदल गर्न अध्यादेश ल्याउने तयारी भएको हल्ला भएको धेरै भइसकेको थियो । ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई अनिवार्य अवकाश दिने प्रस्तावसहित तयार पारिएको भनिएको अध्यादेश आउने प्रतीक्षा भइरहेको थियो। यही बेला बिचौलिया इनम सापकोटासँग जोडिएको प्रकरणमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको नामसमेत जोडिएपछि उनलाई पदबाट हटाउन चलखेल भएको बताइको थियो। यही विषय चर्चामा रहेकै बेला मंगलबार मन्त्रिपरिषद् बैठक बस्यो। निर्णय के आउँछ भन्नेमा सबैको चासो थियो। झन् १८ दिनपछि बसेको मन्त्रिपरिषद् बैठक भएकाले मन्त्रीहरू पनि बाहिर हल्ला चलेका विषय बैठकमा उठ्छ भन्नेमै थिए। तर मंगलबार मन्त्रिपरिषद् बैठकमा ती दुई विषयको कुरै उठेन। बैठकपछि सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले पाँचवटा निर्णय भएको जानकारी दिए। यद्यपि अर्का एक मन्त्रीका अनुसार बैठकमा ४३ वटा एजेन्डा पेस भएका थिए। तर त्यसमा कर्मचारी अध्यादेश थिएन। ‘मंगलबारको बैठकले ४३ वटा निर्णय गरेको छ,’ उनले नेपालखबरसँग भने’, कर्मचारीवाला अध्यादेश आएको छैन। जबकि अध्यादेशको तयारीको काम भइरहेको छ भनेर हामीले सुनेको धेरै भयो, यसपटक त झन् १८ दिनपछि मात्र क्याबिनेट बस्यो, तर आएन।’ यो अध्यादेशबारे यति धेरै चर्चा हुनुपर्ने कारण छ। सरकारले निजामती कर्मचारीको अनिवार्य अवकाशको व्यवस्था परिवर्तन गर्न लागेको हो। प्रस्तावित व्यवस्थामा ५५ वर्ष उमेर पुगेका वा ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाश दिने उल्लेख छ। अहिले निजामती कर्मचारीको सामान्य अनिवार्य अवकाश उमेर ५८ वर्ष छ। यो व्यवस्था लागु भएमा ५५ वर्ष पुगेका कर्मचारीले ३० वर्ष सेवा अवधि पूरा नगरे पनि अवकाश लिनुपर्ने हुन सक्छ। त्यस्तै ३० वर्ष सेवा पूरा गरेका तर ५५ वर्ष नपुगेका कर्मचारीसमेत अवकाशमा जानुपर्ने अवस्था आउन सक्छ। यदि यो कार्यान्वयनमा गएपछि करिब १० हजार कर्मचारी प्रभावित हुन सक्ने अनुमान गरिएको छ। यसले मन्त्रालय, विभागदेखि विभिन्न सरकारी कार्यालयसम्मको कर्मचारी संरचनामा ठुलो परिवर्तन ल्याउन सक्छ। अध्यादेशमा पेन्सन गणना, उच्च प्रशासनिक पदमा नियुक्ति, सचिव र मुख्यसचिवको पदावधि तथा अवकाशपछिको कुलिङ पिरियडजस्ता विषय पनि जोडिएका छन्। एकैपटक ठुलो संख्यामा अनुभवी कर्मचारी बाहिरिँदा सरकारी सेवा प्रवाहमा कस्तो असर पर्छ र रिक्त पद कसरी व्यवस्थापन गरिन्छ भन्ने प्रश्न पनि यससँग जोडिएको छ। त्यसैले यो अध्यादेश कर्मचारीको अवकाशसम्बन्धी सामान्य संशोधन मात्र नभई निजामती प्रशासनको संरचना परिवर्तन गर्ने महत्त्वपूर्ण प्रस्तावका रूपमा हेरिएको छ। मन्त्रिपरिषद् बैठकमा अध्यादेश नआउनुको कारणबारे मन्त्रीहरूले प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीचको छलफललाई जोडेर हेरेका छन्। प्रधानमन्त्री बालेन रास्वपाका वरिष्ठ नेता तथा संसदीय दलका नेता पनि हुन्। लामिछाने पार्टी सभापति हुन्। यति ठुलो प्रभाव पार्न सक्ने अध्यादेश अघि बढाउनुअघि सभापतिलाई सहमतिमा लिन खोजिएको हुनसक्ने उनीहरूको बुझाइ छ। गत कात्तिक १२ गते दुई नेताबीच लामो छलफल भएको थियो। मन्त्रीहरूका अनुसार प्रधानमन्त्री कार्यालयले प्रारम्भिक गृहकार्य गरेपछि विभागीय मन्त्रीसँग छलफल गरेर मन्त्रिपरिषद्को एजेन्डा तयार पार्ने अभ्यास छ। कर्मचारी अध्यादेशमा पनि त्यही प्रक्रिया अघि बढेको बताइन्छ। तर प्रधानमन्त्री र पार्टी सभापतिबिचको छलफलपछि मात्रै यसलाई बैठकमा प्रस्तुत गर्न खोजिएको हुनसक्ने उनीहरूको अनुमान छ। आईजीपी कार्कीको पनि उठेन कुरा कर्मचारी अध्यादेशसँगै प्रहरी नेतृत्वको विषयले पनि पछिल्लो समय चर्चा पाएको थियो। इनम सापकोटासँग प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको नाम जोडिएपछि उनलाई समेत पदबाट हटाउन सकिने चर्चा चलेको थियो। तर बैठकमा प्रहरी महानिरीक्षकबारे कुनै छलफल नभएको, प्रधानमन्त्रीले पनि कुरै नउठाएको अर्का मन्त्रीले दाबी गरे। मन्त्रीहरूका अनुसार तिहार बिदाअघि अर्को मन्त्रिपरिषद् बैठक बस्न पनि सक्छ। प्रधानमन्त्री र पार्टी सभापतिबिच छलफल भएर सहमति बनेमा यसअघि कार्यसूचीमा नपरेका कतिपय विषय आगामी बैठकमा आउन सक्ने उनीहरूको अनुमान छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आर्थिक चिन्ता र राजनीतिक असन्तुष्टिले अमेरिकी युवा मतदाताको मध्यावधि निर्वाचन प्राथमिकता निर्धारण गर्दै
Latest NewsJust now

आर्थिक चिन्ता र राजनीतिक असन्तुष्टिले अमेरिकी युवा मतदाताको मध्यावधि निर्वाचन प्राथमिकता निर्धारण गर्दै

अमेरिकामा भएको मध्यावधि निर्वाचन जारी रहँदा युवा मतदाताहरूमा आर्थिक चिन्ता र राजनीतिक प्रणालीप्रतिको असन्तुष्टि बढ्दै गएको देखिएको छ । युवा अमेरिकी मतदाताहरूले बढ्दो महँगी, घरजग्गाको मूल्य, इन्धनको लागत, प्रजनन स्वास्थ्य अधिकार तथा आप्रवासी समुदायमाथि भइरहेका कारबाहीलाई प्रमुख चासोका विषय बनाएका छन् । सिलिकन भ्यालीकी विद्यार्थी माया ओर्सीले बढ्दो जीवनयापन खर्च आफ्नो प्रमुख चिन्ता रहेको बताएकी छन् । उनले महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी ...

टक्सार
जग्गा हस्तान्तरण भएको लामो समय बित्दा पनि बनेन अस्पताल
Latest NewsJust now

जग्गा हस्तान्तरण भएको लामो समय बित्दा पनि बनेन अस्पताल

मोरङ समाचारदाता मोरङ,(विराटनगर) कात्तिक १८ गते । जग्गादाताले नि:शुल्क जग्गादान दिएको ७ वर्ष बितिसक्दा पनि प्रादेशिक अस्पताल नबनेपछि ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–७, टोक्सेलका... ...

गोरखापत्र
दक्षिण अफ्रिकी स्टार डेभिड मिलर एनपीएल खेल्न नेपाल आइपुगे
Latest NewsJust now

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर एनपीएल खेल्न नेपाल आइपुगे

काठमाडौं – दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेभिड मिलर नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न बुधबार बिहान काठमाडौं आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका मिलरलाई एनपीएल टोली कर्णाली याक्सका प्रतिनिधिले स्वागत गरेका थिए। उनी पहिलोपटक नेपाल आएका हुन् । कर्णाली याक्सले यस संस्करणका लागि विदेशी खेलाडीका रूपमा मिलरलाई टोलीमा अनुबन्ध गरेको हो । बायाँहाते ब्याटर मिलर आक्रामक ब्याटिङ र ...

विश्वखबर
सूर्योदयमा भूमि प्रशासन सेवा सुरु
Latest NewsJust now

सूर्योदयमा भूमि प्रशासन सेवा सुरु

प्रकाश नेपालइलाम, कात्तिक १८ गते । इलामको सूर्योदय नगरपालिकामा भूमि प्रशासन तथा मालपोत सेवा सुरु भएको छ ।नगरपालिकामै सेवा सञ्चालनमा आएसँगै सूर्योदय क्षेत्रका नागरिकले जग्गा सम्बन्ध... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play