Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

सरकारलाई विश्वप्रकाशको प्रश्न : ‘नियन्त्रणमा रहेको व्यक्तिको बयानका आधारमा कांग्रेसको बदनाम गर्न मिल्छ ?’

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारलाई विश्वप्रकाशको प्रश्न : ‘नियन्त्रणमा रहेको व्यक्तिको बयानका आधारमा कांग्रेसको बदनाम गर्न मिल्छ ?’
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सरकारको नियन्त्रणमा रहेका व्यक्तिका कथित बयान र अडियो सार्वजनिक गरेर कांग्रेस नेतृत्वलाई बदनाम गर्न खोजिएको आरोप लगाएका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले सरकारकै नियन्त्रणमा रहेका व्यक्तिबाट रेकर्ड गराइएको भनिएका सामग्री किस्ताबन्दीमा सार्वजनिक गरिनुले तिनको विश्वसनीयतामाथि प्रश्न उठाएको बताए। सरकारको नियन्त्रणमा रहेको व्यक्तिले के बोल्ने र कति बोल्ने भन्ने कुरा सरकारकै प्रभावमा हुन सक्ने उल्लेख गर्दै उनले त्यस्ता सामग्रीका आधारमा कांग्रेस नेतृत्वमाथि आरोप लगाउनु उचित नभएको बताए। कांग्रेसमाथि लगाइएका आरोप तथा सार्वजनिक भइरहेका कथित अडियो र बयानहरू निराधार, कपोलकल्पित र नियोजित रहेको उनको दाबी छ। यस्ता गतिविधिपछाडिको उद्देश्य, बदनियत र संलग्न पात्रहरू समयक्रममा थप उजागर हुँदै जाने उनले बताए। शर्माले कांग्रेस आफूमाथि उठेका प्रश्नबाट नभाग्ने स्पष्ट पार्दै सबै घटनाको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय अनुसन्धान हुनुपर्ने माग गरे। ‘असम्बन्धित व्यक्ति, कहिल्यै उठबसै नभएको व्यक्ति, जो आज सरकारको नियन्त्रणमा छ, के रेकर्ड गराउने, कति गराउने सरकारको हातमा छ। अनि सरकार किस्ता–किस्तामा अनेक चिजहरू बाहिर लिएर आइरहेको छ र हाम्रो नेतृत्वलाई बदनाम गर्ने प्रयास गरिरहेको छ,’ उनले भने। उनले कांग्रेस आफूमाथि र पार्टी नेतृत्वका विषयमा उठेका प्रत्येक प्रश्नको सामना गर्न तथा जस्तोसुकै छानबिनका लागि तयार रहेको बताए। उनका अनुसार पार्टीले विशेष बैठक बसेर पछिल्लो समय उठेका सबै विषयमा निष्पक्ष छानबिनको माग गर्ने निर्णय गरेको छ। कांग्रेसको वैधानिकता र नेतृत्वमाथि उठेका प्रश्नहरूको निरूपण राजनीतिक आरोप–प्रत्यारोपबाट नभई निष्पक्ष अनुसन्धानबाट हुनुपर्नेमा उनले जोड दिए। – न्युज एजेन्सी नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
संखुवासभा गोल्डकप : पहिलो सेमिफाइनलमा प्लानिङ ब्वाइजलाई हराउँदै न्यू स्टार फाइनलमा
Latest NewsJust now

संखुवासभा गोल्डकप : पहिलो सेमिफाइनलमा प्लानिङ ब्वाइजलाई हराउँदै न्यू स्टार फाइनलमा

• न्यू स्टार क्लबले संखुवासभा गोल्डकपको पहिलो सेमिफाइनलमा प्लानिङ ब्वाइजलाई ट्राइबेकरमा ६–५ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। • खेलको निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी गरेपछि खेल ट्राइबेकरमा पुगेको थियो। • प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। ...

नेपालबहस
गाेविन्द केसीद्वारा सरकारी टाेलीसँग वार्ता गर्न अस्वीकार, राजनीतिक नेतृत्वकै टोली चाहिने
Latest NewsJust now

गाेविन्द केसीद्वारा सरकारी टाेलीसँग वार्ता गर्न अस्वीकार, राजनीतिक नेतृत्वकै टोली चाहिने

काठमाडौँ। डा. गोविन्द केसीले सरकारद्वारा वार्ताका लागि पठाइएको टोलीसँग वार्ता गर्न अस्वीकार गरेका छन्। बुधबार साँझ वार्ताका लागि शिक्षण अस्पताल पुगेको सरकारी टोलीलाई डा. केसीले आफ्नो अडान सुनाउँदै फिर्ता पठाएका हुन्। डा.... ...

रातोपाटी
बिर्तामोडमा आगलागीबाट ६ करोडको क्षति
Latest NewsJust now

बिर्तामोडमा आगलागीबाट ६ करोडको क्षति

काठमाण्डु– झापाको बिर्तामोडमा आज भएको आगलागीबाट करिब छ करोड बराबरको क्षति भएको छ। आगलागीबाट इलेक्ट्रोनिक पसल, फार्मेसी र दुईतले पक्की घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। बिर्तामोड नगरपालिका–४ स्थित सिद्धार्थ होटलनजिकै रहेको राजेश मण्डलको घरमा आगलागी भएको थियो। घरको दोस्रो तलामा विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका […] ...

काठमाण्डुपाटी
निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त
Latest NewsJust now

निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

काठमाडौं । सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सिफारिसमा भण्डारीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो। बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्तिपत्र प्रदान गरेका छन्। सो अवसरमा मन्त्री वाग्लेले सफल कार्यकालको शुभकामना दिँदै कोषको संस्थागत गरिमा कायम राख्न र नागरिकको निक्षेप सुरक्षाको ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play