Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

सरकारलाई गगनको चेतावनी, ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारलाई गगनको चेतावनी, ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’
Photo / Coverage: टक्सार

काठमाडाैँ । नेपाली काँग्रेसका सभापति गगन थापाले राज्यका अनुसन्धान तथा सुरक्षा संयन्त्रलाई राजनीतिक प्रतिशोध साँध्न प्रयोग नगर्न सरकारलाई चेतावनी दिएका छन् । मंगलबार पार्टी केन्द्रिय समितिको बैठकमा सम्बोधन गर्दै उनले सरकारमाथी प्रश्न उठाउनेलाई अनेक घेराबन्दी गर्ने गरिएको आरोप लगाएका हुन्। सरकारको आलोचना गर्दा आफूलाई पक्राउ गर्ने हल्ला फैलाए त्यसबाट आफू नडराउने उनले बताए । उनले आफूलाई पक्राउ गर्ने भए हत्कडी लिएर आउन चुनौती दिए । राजाको शासनकालमा समेत राजद्रोहको मुद्दा खेपेको उल्लेख गर्दे उनले कसैले तर्साउँदैमा आफू तर्सिने पक्षमा नरहेको बताए । उनले माओवादी सशस्त्र द्वन्द्वकाल र ओली नेतृत्वको शक्तिशाली सरकारका पालासम्म आफूले सत्तालाई निरन्तर प्रश्न गर्दै आएको उल्लेख गरे । शक्तिशाली सरकारसँग प्रश्न गर्दा राजनीतिक मूल्य चुकाउनुपर्ने भएपनि आफू पछि नहट्ने उनको भनाइ छ । उनले सामाजिक सञ्जालमार्फत भय र त्रास सिर्जना गरेर कांग्रेस नेतृत्वलाई दबाबमा पार्ने प्रयास भइरहेको आरोप समेत लगाए । उनले भने, “अहिले पनि साथीहरूले बेलाबेलामा सम्झाउनुहुन्छ, ‘ए सरकार एकदम कडा छ, सरकार एकदम लोकप्रिय छ, सरकार एकदम शक्तिशाली छ, प्रश्न ग¥यो भने तल–माथि हुन सक्छ ।’ अनि अलिकति प्रश्न गर्न सुरु गरेको साच्चिकै साथीभाइहरू यसो तल–माथि कथा–पटकथा, अडियो–भिडियो सबै आउन थाले । अनि साथीहरूले भन्नुभयो, ‘तपाईँलाई पोखरा लैजाला, तपाईँलाई समात्ला ।’ अनि मैले पोखरा समात्ला भन्ने साथीहरूलाई भनेको छु, ‘पकड़ने’ साथीले त्यो कुरा बुझे हुन्छ, पक्रँदै गर्दा खाली हात चाहीँ नआउनु, हतकडी चाहिँ लिएर आउनु, खाली हात चाहिँ जान्न । यत्ति कुरा मात्रै हो । न नेपाली कांग्रेस पार्टीले आफ्नो क्यारेक्टर लुज गर्छ, न कांग्रेसको सभापतिले आफ्नो क्यारेक्टर लुज गर्छ ।” उनले दोषीलाई कारबाही गर्ने कुरामा आफुहरु सरकारसंगै रहेपनि राजनितिक प्रतिशोध साँधे प्रतिकारमा उत्रिने चेतावनी दिए । सत्ता निकटलाई उन्मुक्ति दिने र अरुलाई मात्रै कारबाही गर्ने प्रवृत्ति मान्य नहुने उनको भनाइ छ । राज्यले विगतका कमजोरीबारे गरिरहेको अनुसन्धानमा काँग्रेसले कुनै अवरोध नगर्ने बताउँदै उनले अनुसन्धान कानूनअनुसार हुनुपर्ने बताए । तर राजनीतिक प्रतिपक्षलाई तह लगाउन राज्यका संयन्त्र दुरुपयोग गर्न खोजिए कांग्रेसले त्यसको जवाफ माग्ने उनकाे भनाइ छ ।उनले काँग्रेसले सरकारका राम्रा काममा साथ र सहयोग गर्ने तर गलत काममा निरन्तर प्रश्न उठाउने स्पष्ट पारे । सरकारमा रहेका व्यक्तिहरूले कांग्रेसलाई तर्साएर वा दबाबमा पारेर आफ्नो आलोचनात्मक भुमिका कमजोर बनाउन खोजे त्यो प्रयास सफल नहुने उनको चेतावनी छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने कर्मचारीविरुद्ध आरोपपत्र दायर
Latest NewsJust now

नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने कर्मचारीविरुद्ध आरोपपत्र दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर करार सेवामा कार्यरत एक कर्मचारीविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । प्यूठानको सरूमारानी गाउँपालिका–४ का भोजबाबु सोमै मगरले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी रूम्जाटार माध्यमिक विद्यालय र त्यसपछि खानेपानी मन्त्रालय सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवलमा सव–इन्जिनियर पद (करार) मा जागिर खाएको भन्दै आयोगले उनीविरुद्ध आरोपपत्र ...

केन्द्रबिन्दु
भोटेकासी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार र व्यवसाय पुनरुत्थानमा नेपाल र भारतका निजी क्षेत्रले सहकार्य गर्ने
Latest NewsJust now

भोटेकासी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार र व्यवसाय पुनरुत्थानमा नेपाल र भारतका निजी क्षेत्रले सहकार्य गर्ने

नेपालका बाढी प्रभावित समुदायको राहत, पुनःस्थापना र आर्थिक गतिविधि पुनरुत्थानका लागि नेपाल र भारतका निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाबीच सहकार्य हुने भएको छ। भारतको कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बीच बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य, सरसफाइ, जीविकोपार्जन र स्थानीय अर्थतन्त्र पुनरुत्थानका कार्यक्रम सञ्चालन गर्ने समझदार... ...

नेपालखबर
सरकारलाई गगनको चुनौती- ‘मलाई पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू’
Latest NewsJust now

सरकारलाई गगनको चुनौती- ‘मलाई पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू वा पार्टीका कुनै पनि नेताविरुद्ध अनुसन्धान गर्न सरकारलाई चुनौती दिएका छन् । मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले आफूलाई पक्राउ गर्न आउने हो भने हतकडी लिएर आउन सरकारलाई चुनौती दिएका हुन् । आफूविरुद्ध हुने कुनै पनि अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताउँदै उनले […] ...

लोकपथ
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग विषाक्त प्रदूषणको चपेटामा
Latest NewsJust now

गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग विषाक्त प्रदूषणको चपेटामा

बेलायतस्थित अन्तर्राष्ट्रिय परोपकारी संस्था अक्सफामको नयाँ प्रतिवेदनले इजरायलको तीन वर्षभन्दा लामो सैन्य आक्रमणका कारण गाजा गम्भीर वातावरणीय प्रदूषणको चपेटामा परेको देखाएको छ । प्रतिवेदनअनुसार विस्फोटक पदार्थ र आगजनी गराउने हतियारको प्रयोगले... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement