Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने कर्मचारीविरुद्ध आरोपपत्र दायर

Share:WhatsAppFacebookX (Twitter)Telegram
नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने कर्मचारीविरुद्ध आरोपपत्र दायर
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर करार सेवामा कार्यरत एक कर्मचारीविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । प्यूठानको सरूमारानी गाउँपालिका–४ का भोजबाबु सोमै मगरले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी रूम्जाटार माध्यमिक विद्यालय र त्यसपछि खानेपानी मन्त्रालय सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवलमा सव–इन्जिनियर पद (करार) मा जागिर खाएको भन्दै आयोगले उनीविरुद्ध आरोपपत्र दायर गरेको हो । आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार करारका कर्मचारी मगरले डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सानोठिमी, भक्तपुरबाट जारी भएको देखिने झुट्टा तथा नक्कली प्रमाणपत्र पेस गरी सार्वजनिक पद, ओहदा, लाभ र सुविधा लिएको देखिएकाले आरोपपत्र दायर गरिएको हो । करार कर्मचारी मगरलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
माछापुच्छ्रे बैंक र बेलायतको रिज रेमिटबीच विप्रेषण सम्झौता, युरोपबाटै मोबाइल एपमार्फत नेपालमा पैसा पठाउन सकिने
Latest NewsJust now

माछापुच्छ्रे बैंक र बेलायतको रिज रेमिटबीच विप्रेषण सम्झौता, युरोपबाटै मोबाइल एपमार्फत नेपालमा पैसा पठाउन सकिने

• माछापुच्छ्रे बैंक र रिज रेमिटबीच विप्रेषण सेवाको सम्झौता भएको छ, जसले युरोपमा रहेका नेपालीलाई रकम पठाउन सजिलो बनाउँछ। • विदेशबाट पठाइएको रकम माछापुच्छ्रे बैंकको 'एमबीएल रेमिट' मार्फत नगद भुक्तानी र अन्य बैंक खातामा जम्मा गर्न सकिनेछ। • यो सहकार्यले डिजिटल विप्रेषण सेवाको पहुँच विस्तार गर्दै सुरक्षित र किफायती सेवा प्रदान गर्ने उद्देश्य राखेको छ। ...

नेपालबहस
गगनको चेतावनी- पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न
Latest NewsJust now

गगनको चेतावनी- पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न

नेपाली कांग्रेसका सभापति गगन थापाले राज्यका अनुसन्धान तथा सुरक्षा संयन्त्रलाई राजनीतिक प्रतिशोध साँध्न प्रयोग नगर्न सरकारलाई चेतावनी दिएका छन्। मंगलबार पार्टी केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै उनले सरकारमाथि प्रश्न उठाउनेलाई अनेक घेराबन्दी गर्ने गरिएको आरोप लगाए। सरकारको आलोचना गर्दा आफूलाई पक्राउ गर्ने हल्ला फैलाएको उनले बताए। ...

नेपालखबर
लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता आह्वान
Latest NewsJust now

लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता आह्वान

काठमाडौँ, मङ्सिर ८ गते । ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता: पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नारासहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने... ...

गोरखापत्र
सभामुख अर्यालसँग कतारका राजदूत अन्सारीको भेट
Latest NewsJust now

सभामुख अर्यालसँग कतारका राजदूत अन्सारीको भेट

काठमाण्डु – सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अलअन्सारीले शिष्टाचार भेट गरेका छन् । संघीय संसद् सचिवालयस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा उनीहरूबीच नेपाल र कतारबीचको सम्बन्ध र आपसीहित विषयमा विचार विमर्श भएको थियो । सो अवसरमा सभामुखले भोटेकोशी बाढीपछि कतार सरकारले प्रदान गरेको मानवीय सहयोग, ऐक्यबद्धता र समवेदनाप्रति धन्यवाद ज्ञापन […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement