Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

बक्स अफिसमा कमजोर देखियो ‘हिमालयन गोल्ड’ र ‘जलाकी’

Share:WhatsAppFacebookX (Twitter)Telegram
बक्स अफिसमा कमजोर देखियो ‘हिमालयन गोल्ड’ र ‘जलाकी’
Photo / Coverage: पर्दाफास

गत शुक्रबारदेखि नेपालमा प्रदर्शन भएको दुई फिल्म ‘हिमालयन गोल्ड’ र ‘जलाकी’ ले घरेलुबजारमा दर्शक आकर्षित गर्न सकिरहेको छैन । सुरुआती व्यापार दुवै फिल्मको कमजोर देखिएको छ । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको फिल्म ‘जलाकी’लाई विषयगत रुपमा राम्रो भनिएता पनि दर्शकले हेर्न जाँगर देखाएका छैनन् । बक्स अफिस स्रोतका अनुसार गत मङ्सिर ४ गतेदेखि प्रदर्शन भएको फिल्मले मङ्सिर ७ गते सोमबारसम्म २३ लाख रुपैयाँको कमाइ मात्र गर्न सफल भएको छ । उक्त अवधिमा फिल्मको ६ हजार ६२२ वटा टिकट बिक्री भएका छन् । पहिलो फिल्म ‘खुस्मा’ को सफलता पश्चात सोही टिममार्फत निर्माण भएको फिल्म बक्सअफिसमा कम्जोर देखिएको हो । ‘जलाकी’मा उपासना सिंह ठकुरी र सोनम तोप्देनसँगै फिल्ममा शिल्पा मास्के, साहारा हाङ्मा लिम्बू, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्गी, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर लगायतका कलाकारको अभिनय रहेको छ । यस्तै, दिवंगत अभिनेता सुनिल थापाको अन्तिम फिल्मका रुपमा प्रदर्शन भएको ‘हिमालयन गोल्ड’ को अवस्था बक्स अफिसमा दयनीय देखिएको छ । धिराज राजवंशी निर्देशित फिल्मले घरेलुबजारबाट मङ्सिर ७ गते सोमबारसम्म ८ लाखको हाराहारीमा मात्र कमाइ गर्न सफल भएको छ । उक्त अवधिमा फिल्मको १ हजार ७६६ वटा टिकट मात्र बिक्री भएका छन् । फिल्ममा दिवंगत अभिनेता थापासँगै राहुल एन. मुखिया, परीक्षा लिम्बू, सजन थापा, कार्म लगायतको अभिनय रहेको छ । यी दुवै फिल्मको पहिलो विकेन्डको कमाइ हेर्दा आगामी साता झनै कठिनाई सामना गर्नु पर्ने देखिन्छ । यी बाहेक प्रदर्शनरत फिल्म ‘बाटुलो जुन’ ले ११ दिनमा ८ करोड ३५ लाख रुपैयाँको कमाइ घरेलुबजारमा गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
संघीय निर्वाचनको जस्तो हुरी बतास स्थानीयमा चल्दैन : प्रचण्ड
OthersJust now

संघीय निर्वाचनको जस्तो हुरी बतास स्थानीयमा चल्दैन : प्रचण्ड

८ मंसिर, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरी बतास सम्भव नरहेको बताएका छन् । मंगलबार तनहुँमा आयोजित पार्टी जागरण अभियानअन्तर्गत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । स्थानीय तहमा प्रतिनिधि सभाको जस्तो हुरीबतास आउन सम्भव नरहेको जिकिर उनको थियो । ‘स्थानीय तहमा… ...

अनलाइन खबर
अल्टिच्युड एयरको १० वर्षे यात्रामा नयाँ उपलब्धि, थपियो अत्याधुनिक एयरबस एच–१२५ हेलिकोप्टर
OthersJust now

अल्टिच्युड एयरको १० वर्षे यात्रामा नयाँ उपलब्धि, थपियो अत्याधुनिक एयरबस एच–१२५ हेलिकोप्टर

नेपालको हवाई सेवा तथा साहसिक पर्यटन क्षेत्रमा सक्रिय अल्टिच्युड एयरले आफ्नो स्थापनाको १० वर्ष पूरा गरेको अवसरमा कम्पनीको हेलिकोप्टर बेडामा नयाँ अत्याधुनिक हेलिकोप्टर थप गरेको छ । कम्पनीले नयाँ एयरबस एच–१२५ बी३ई प्लस ९ल्–ब्इथ्) हेलिकोप्टर भित्र्याएको हो । उक्त हेलिकोप्टर सन् २०२७ को मार्च महिनाको सुरुवातदेखि नेपालमा व्यावसायिक उडानमा सञ्चालन हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । नयाँ हेलिकोप्टर थपिएसँगै नेपालको हवाई ...

पर्दाफास
५० लाख पर्यटक भित्र्याउन पोखरा र गौतमबुद्ध विमानस्थलको उपयोगमा जोड
OthersJust now

५० लाख पर्यटक भित्र्याउन पोखरा र गौतमबुद्ध विमानस्थलको उपयोगमा जोड

रेमिट्यान्समा आधारित नेपालको अर्थतन्त्रलाई उत्पादन र रोजगारी सिर्जनातर्फ रूपान्तरण गर्न पर्यटन क्षेत्रलाई प्रमुख आर्थिक आधार बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । त्यसका लागि पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी उपयोग गर्दै क्षेत्रीय हवाई सम्पर्क विस्तार गर्नुपर्ने उनीहरूको भनाइ छ । इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) ले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पर्यटनविद् ज्ञानेश्वर महतो, बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर ...

पर्दाफास
काभ्रेमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५४ पुग्यो
OthersJust now

काभ्रेमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५४ पुग्यो

जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख रागीश्री कक्षपति श्रेष्ठका अनुसार सङ्क्रमितमध्ये ३० पुरुष र २४ महिला रहेका छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement