समाचार कक्षबाटै पत्रकार पक्राउ गर्ने शैलीले शाही कालिन निरङ्कुशताको झल्को दियाे : गगन थापा

काठमाडौं, कात्तिक १३ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समाचार कक्षमै प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ गर्ने र जनदबाबपछि रिहा गर्ने प्रवृत्ति तत्काल बन्द गर्न सरकारसँग माग गर्नु भएकाे छ । विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने र चौतर्फी दबाबपछि मात्र रिहा गर्ने घटनाप्रति आपत्ति जनाउँदै थापाले कानुनविपरीत पक्राउ तथा पत्रकारमाथिको ‘ह्यारेसमेन्ट’ बन्द गर्न सरकारको ध्यानाकर्षण गराउनु भएकाे हाे । शुक्रबार विज्ञप्ति जारी गर्दै उहाँले समाचार कक्षमै प्रहरी परिचालन गरेर पत्रकार पक्राउ गर्ने शैलीले शाहीकालीन निरङ्कुशताको झल्को दिएको टिप्पणी गर्नु भएकाे छ । ‘समाचार कक्षमै प्रहरी परिचालन गरेर पत्रकारहरूलाई पक्राउ गर्ने र धरपकड गर्ने यो शैलीले शाही कालको निरङ्कुशताको झल्को दिएको छ,’ थापाले विज्ञप्तिमा भन्नुभएकाे छ । विगतमा पनि शासकहरूमाथि प्रश्न उठेपछि सत्ता र शक्तिको दुरुपयोग गर्दै सञ्चार क्षेत्रमाथि धावा बोलिएका घटना स्मरण गराउँदै उहाँले त्यस्तै प्रवृत्ति पुनः दोहोरिनु लोकतन्त्रका लागि चिन्ताजनक भएको बताउनु भएकाे छ । कांग्रेस स्थापनाकालदेखि नै प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनको शासनको पक्षमा उभिँदै आएको उल्लेख गर्दै थापाले निरङ्कुश र स्वेच्छाचारी कदमविरुद्ध आफ्नो पार्टी निरन्तर उभिने बताउनुभएकाे छ । स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको भन्दै उहाँले कुनै सञ्चारमाध्यम वा पत्रकारबाट गल्ती भएको भए त्यसको निरूपण प्रेस काउन्सिललगायत स्थापित कानुनी तथा संस्थागत प्रक्रियाबाट हुनुपर्नेमा जोड दिनुभएकाे छ । ‘ती प्रक्रियालाई पूर्णतः बेवास्ता गर्दै सञ्चारगृहमा सोझै प्रहरी हस्तक्षेप गर्नु कानुनको शासन (Rule of Law) लाई लत्याएर कानुनलाई शासनको औजार बनाउने प्रवृत्ति (Rule by Law) तर्फ उन्मुख हुनु हो,’ विज्ञप्तिमा भनिएको छ। पत्रकार तथा सञ्चारमाध्यममाथि गरिएको प्रहरी हस्तक्षेपलाई दमनकारी कदमको संज्ञा दिँदै कांग्रेसले घटनाको घोर भत्र्सना गरेको छ। थापाले नियन्त्रणमा लिइएका व्यक्तिहरूको संवैधानिक अधिकारको रक्षा गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप तत्काल रोक्न र कानुनी प्रक्रियाभन्दा बाहिर गएर गरिएका कदम सच्याउन सरकारसँग जोडदार माग गर्नु भएकाे छ ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकिलो ६० रुपैयाँ, सानो लोकल गोलभेडा प्रतिकिलो ५० रुपैयाँ, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, सानो (टनेल) गोलभेडा ६० रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५५ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५५ रुपैयाँ, आलु रातो (मुडे) ...

पोखरालाई जित्नैपर्ने दबाब, जनकपुरलाई विजयी यात्रा लम्ब्याउने चुनौती
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। दुवै टोली आजको खेल जित्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यमा छन्। जनकपुरको कप्तानी हरमित सिंहले गर्नेछन् भने पोखराको नेतृत्व कुशल भुर्तेलले सम्हाल्नेछन्। दुवै टोलीमा इफ्तिखार अहमद, जेम्स निसम, मोइन अली, शाकिब अल हसन र ...

कांग्रेस सभापति थापाले आज विशेष सम्बोधन गर्दै, केन्द्रीय कार्यसमिति बैठक पनि बस्दै
काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आइतबार समसामयिक विषयमा विशेष सम्बोधन गर्ने भएका छन्। सभापति थापाले दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको हो। सम्बोधन कार्यक्रममा उपस्थितिका लागि पार्टीले सम्बन्धित सबैलाई हार्दिक अनुरोध गरेको छ। सभापति थापाले गर्ने सम्बोधनको विषयवस्तुबारे पार्टीले विस्तृत जानकारी भने दिएको छैन। यसबीच कांग्रेस केन्द्रीय […] ...

अर्नब चक्रवातको प्रभाव कमजोर
अर्नब चक्रवातको अवशेषस्वरूप पश्चिम नेपालनजिक सक्रिय रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर बन्दै गएको छ। यससँगै देशभरको मौसममा क्रमिक सुधार हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल माथिल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव मात्र रहेको छ। अहिले लुम्बिनी प्रदेशसहित देशका हिमाली भूभागमा साधारणतया बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदली छ। बागमती, गण्डकी, लुम्बिनी र ...


