Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको विज्ञ पदमा आवेदन दिएकाले मंसिर १४ सम्म समकक्षता प्रमाणपत्र बुझाउन सक्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको विज्ञ पदमा आवेदन दिएकाले मंसिर १४ सम्म समकक्षता प्रमाणपत्र बुझाउन सक्ने
Photo / Coverage: टेक्नोलोजी खबर

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको विज्ञ पदमा आवेदन दिएकामध्ये विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेजबाट शैक्षिक योग्यता हासिल गरेका उम्मेदवारले समकक्षता प्रमाणपत्र बुझाउन मंसिर १४ गतेसम्मको समय पाउने भएका छन्। केन्द्रले गत २०८३ असोज २९ गते प्रकाशित विज्ञापनअनुसार आवेदन दिएका उम्मेदवारलाई समकक्षता प्रमाणपत्र पेस गर्न समय दिएको हो। केन्द्रले जारी गरेको सूचनाअनुसार सम्बन्धित उम्मेदवारले मंसिर १४ गते सोमबार दिउँसो ४ बजेसम्म समकक्षता प्रमाणपत्र पेस गर्न सक्नेछन्। यसका लागि विज्ञापन प्रकाशित भएको मितिदेखि कुल ४६ दिनको समय दिइएको केन्द्रले जनाएको छ। उम्मेदवारले केन्द्रको वेबसाइट sdoc.gov.np/track मा गई आफ्नो आवेदनको विवरण हेर्न सक्नेछन्। आवेदन दिँदा प्रयोग गरेको इमेलमार्फत लगइन गरी समकक्षता प्रमाणपत्रको पीडीएफ फाइल अपलोड गर्नुपर्नेछ। यसअघि समकक्षता प्रमाणपत्र पेस गरिसकेका उम्मेदवारले पनि अन्तिम मितिसम्म आफ्नो आवेदन जाँच गर्न र आवश्यक परे प्रमाणपत्र परिवर्तन गर्न सक्ने सूचनामा उल्लेख छ। केन्द्रले तोकिएको समयभित्र प्रमाणपत्र पेस गर्न सम्बन्धित उम्मेदवारलाई आग्रह गरेको छ। The post सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको विज्ञ पदमा आवेदन दिएकाले मंसिर १४ सम्म समकक्षता प्रमाणपत्र बुझाउन सक्ने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सन् २०२७ मा युरोपमा सूचना प्रविधि खर्च १० प्रतिशतले बढ्ने अनुमान – गार्टनर
TechnologyJust now

सन् २०२७ मा युरोपमा सूचना प्रविधि खर्च १० प्रतिशतले बढ्ने अनुमान – गार्टनर

आगामी वर्ष युरोपेली बजारमा आईटी खर्च ९.९ प्रतिशतले बढेर १.५७ ट्रिलियन अमेरिकी डलर पुग्ने गार्टनरको पछिल्लो अनुमानमा प्रक्षेपण गरिएको छ। यो अनुमान विश्वव्यापी आईटी खर्चको वृद्धि दरको तुलनामा केही कम हो। विश्वव्यापी रूपमा सन् २०२७ मा आईटी खर्च १५ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ। विश्वव्यापी रूपमा कुल ७.३५ ट्रिलियन अमेरिकी डलर खर्च हुने अनुमानलाई आधार मान्दा, गार्टनरको प्रक्षेपण अनुसार उक्त खर्चको २१.४ ...

टेक्नोलोजी खबर
सिद्धार्थ बैंकद्वारा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गका लागि ‘एन-ट्याग’ सेवा सञ्चालनमा
TechnologyJust now

सिद्धार्थ बैंकद्वारा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गका लागि ‘एन-ट्याग’ सेवा सञ्चालनमा

१० मंसिर, काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले सडक बोर्ड नेपाल (आरबीएन) सँगको सहकार्यमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा गुड्ने निजी तथा व्यावसायिक चारपाङ्ग्रे सवारी साधनका लागि ‘एन-ट्याग’ (N-Tag) सेवा सञ्चालनमा ल्याएको छ। सवारी साधनको अगाडिको सिसामा टाँसिने यस विद्युतीय (आरएफआईडी) स्टिकरको मद्दतले टोल बुथमा नरोकीकन तोकिएको एन-ट्याग लेनबाट सिधै गुड्दा स्वचालित रूपमा टोल शुल्क भुक्तानी हुनेछ । यसले टोल बुथमा […] The post सिद्धार्थ बैंकद्वारा ...

आइसिटी फ्रेम
सामाजिक सञ्जालको दुरुपयोग गरी महिला तथा बालबालिकाको चरित्रहत्या गर्ने ९ जना पक्राऊ
TechnologyJust now

सामाजिक सञ्जालको दुरुपयोग गरी महिला तथा बालबालिकाको चरित्रहत्या गर्ने ९ जना पक्राऊ

सामाजिक सञ्जालको दुरुपयोग गरी महिला तथा बालबालिकाको चरित्रहत्या गर्ने, अश्लील सामग्री सार्वजनिक गर्ने, धम्की दिने तथा ब्ल्याकमेलिङ गर्ने कार्यमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले सञ्चालन गरेको ‘अपरेसन डिजिटल अनर’ अन्तर्गत पछिल्लो २४ घण्टामा विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो। ब्यूरोका प्रवक्ता दिपक राज अवस्थीका अनुसार फेसबुक, टिकटक, इमो, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमा नक्कली खाता बनाएर ...

टेक्नोलोजी खबर
ह्वाट्सएपमा टेक्स्टदेखि फोटो भिडियोसम्म सेड्युल गरेर पठाउन सकिने
TechnologyJust now

ह्वाट्सएपमा टेक्स्टदेखि फोटो भिडियोसम्म सेड्युल गरेर पठाउन सकिने

काठमाडौं । ह्वाट्सएपले प्रयोगकर्ताले आफूले चाहेको मिति र समयमा सन्देश पठाउन मिल्ने नयाँ सुविधा ल्याएको छ । यस सुविधामार्फत प्रयोगकर्ताले व्यक्तिगत तथा समूह च्याटमा सन्देश पठाउने समय पहिले नै निर्धारण गर्न सक्नेछन् ।समय निर्धारण गरिसकेपछि प्रयोगकर्ता अनलाइन नभए पनि तोकिएको समयमा सन्देश स्वत: पठाइनेछ । यसका लागि अन्य एप वा रिमाइन्डरको सहयोग लिनुपर्ने छैन ।ह्वाट्सएपले एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement