Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

सामाजिक सञ्जालको दुरुपयोग गरी महिला तथा बालबालिकाको चरित्रहत्या गर्ने ९ जना पक्राऊ

Share:WhatsAppFacebookX (Twitter)Telegram
सामाजिक सञ्जालको दुरुपयोग गरी महिला तथा बालबालिकाको चरित्रहत्या गर्ने ९ जना पक्राऊ
Photo / Coverage: टेक्नोलोजी खबर

सामाजिक सञ्जालको दुरुपयोग गरी महिला तथा बालबालिकाको चरित्रहत्या गर्ने, अश्लील सामग्री सार्वजनिक गर्ने, धम्की दिने तथा ब्ल्याकमेलिङ गर्ने कार्यमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले सञ्चालन गरेको ‘अपरेसन डिजिटल अनर’ अन्तर्गत पछिल्लो २४ घण्टामा विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो। ब्यूरोका प्रवक्ता दिपक राज अवस्थीका अनुसार फेसबुक, टिकटक, इमो, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमा नक्कली खाता बनाएर महिला तथा बालबालिकालाई लक्षित गरी अनलाइन दुर्व्यवहार गर्ने, अपमानजनक तथा अशोभनीय अभिव्यक्ति दिने, धम्की दिने, चरित्रहत्या गर्ने, व्यक्तिगत तस्बिर तथा भिडियोको दुरुपयोग गर्ने र नक्कली खाता बनाएर भ्रम सिर्जना गर्ने कार्यमा उनीहरू संलग्न रहेको पाइएको छ। पक्राउ पर्नेमा काठमाडौं टोखा नगरपालिका–१ का २६ वर्षीय आशिष तामाङ, ललितपुर महानगरपालिका–१४ का ३७ वर्षीय रोहित विक्रम राणा र भारतको बिहार स्थायी घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–१ बस्ने ३२ वर्षीय महमद फैसल एजाज रहेका प्रहरीले जनाएको छ। त्यसैगरी, इलाम देउमाई नगरपालिका–९ का ३७ वर्षीय विमल दर्जी खत्री, म्याग्दीका ५६ वर्षीय दिलबहादुर मगर, उदयपुर चौदण्डीगढी नगरपालिका–९ का २५ वर्षीय सुवास कार्की र सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ का ३२ वर्षीय चिरञ्जीवी सापकोटा पनि पक्राउ परेका छन्। यसै क्रममा १५ र १६ वर्षका दुई जना बालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार पक्राउ परेकामध्ये केहीले पीडितका गोप्य तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरी चरित्रहत्या गर्ने, अश्लील सामग्री पठाउने तथा गालीगलौज गर्ने गरेका थिए। केहीले सामाजिक सञ्जालका खाता ह्याक गरी व्यक्तिगत तस्बिर तथा भिडियो सार्वजनिक गर्ने धम्की दिँदै रकम माग्ने र मानसिक दुःख तथा हैरानी दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका सबैमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ। प्रहरीले आगामी दिनमा पनि यस अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने जनाएको छ। विभिन्न माध्यमबाट प्राप्त उजुरी तथा सूचनाको अनुसन्धान र विश्लेषण गरी यस्ता गतिविधिमा संलग्न व्यक्तिको पहिचान गरेर आवश्यक कानुनी प्रक्रिया अघि बढाइने ब्यूरोले जनाएको छ। साथै सामाजिक सञ्जालमार्फत हुने दुर्व्यवहार, धम्की, चरित्रहत्या तथा अन्य साइबर अपराधबाट पीडित भएकाहरूलाई नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरी साइबर ब्युरोमा उजुरी तथा सूचना दिन प्रहरीले अनुरोध गरेको छ। The post सामाजिक सञ्जालको दुरुपयोग गरी महिला तथा बालबालिकाको चरित्रहत्या गर्ने ९ जना पक्राऊ appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सन् २०२७ मा युरोपमा सूचना प्रविधि खर्च १० प्रतिशतले बढ्ने अनुमान – गार्टनर
TechnologyJust now

सन् २०२७ मा युरोपमा सूचना प्रविधि खर्च १० प्रतिशतले बढ्ने अनुमान – गार्टनर

आगामी वर्ष युरोपेली बजारमा आईटी खर्च ९.९ प्रतिशतले बढेर १.५७ ट्रिलियन अमेरिकी डलर पुग्ने गार्टनरको पछिल्लो अनुमानमा प्रक्षेपण गरिएको छ। यो अनुमान विश्वव्यापी आईटी खर्चको वृद्धि दरको तुलनामा केही कम हो। विश्वव्यापी रूपमा सन् २०२७ मा आईटी खर्च १५ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ। विश्वव्यापी रूपमा कुल ७.३५ ट्रिलियन अमेरिकी डलर खर्च हुने अनुमानलाई आधार मान्दा, गार्टनरको प्रक्षेपण अनुसार उक्त खर्चको २१.४ ...

टेक्नोलोजी खबर
सिद्धार्थ बैंकद्वारा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गका लागि ‘एन-ट्याग’ सेवा सञ्चालनमा
TechnologyJust now

सिद्धार्थ बैंकद्वारा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गका लागि ‘एन-ट्याग’ सेवा सञ्चालनमा

१० मंसिर, काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले सडक बोर्ड नेपाल (आरबीएन) सँगको सहकार्यमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा गुड्ने निजी तथा व्यावसायिक चारपाङ्ग्रे सवारी साधनका लागि ‘एन-ट्याग’ (N-Tag) सेवा सञ्चालनमा ल्याएको छ। सवारी साधनको अगाडिको सिसामा टाँसिने यस विद्युतीय (आरएफआईडी) स्टिकरको मद्दतले टोल बुथमा नरोकीकन तोकिएको एन-ट्याग लेनबाट सिधै गुड्दा स्वचालित रूपमा टोल शुल्क भुक्तानी हुनेछ । यसले टोल बुथमा […] The post सिद्धार्थ बैंकद्वारा ...

आइसिटी फ्रेम
ह्वाट्सएपमा टेक्स्टदेखि फोटो भिडियोसम्म सेड्युल गरेर पठाउन सकिने
TechnologyJust now

ह्वाट्सएपमा टेक्स्टदेखि फोटो भिडियोसम्म सेड्युल गरेर पठाउन सकिने

काठमाडौं । ह्वाट्सएपले प्रयोगकर्ताले आफूले चाहेको मिति र समयमा सन्देश पठाउन मिल्ने नयाँ सुविधा ल्याएको छ । यस सुविधामार्फत प्रयोगकर्ताले व्यक्तिगत तथा समूह च्याटमा सन्देश पठाउने समय पहिले नै निर्धारण गर्न सक्नेछन् ।समय निर्धारण गरिसकेपछि प्रयोगकर्ता अनलाइन नभए पनि तोकिएको समयमा सन्देश स्वत: पठाइनेछ । यसका लागि अन्य एप वा रिमाइन्डरको सहयोग लिनुपर्ने छैन ।ह्वाट्सएपले एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा ...

आइसिटी समाचार
भविष्यका प्रविधि नेतृत्वकर्ता : यी हुन् आइसिटी अवार्ड २०२६ का उत्कृष्ट ५ राइजिङ स्टार
TechnologyJust now

भविष्यका प्रविधि नेतृत्वकर्ता : यी हुन् आइसिटी अवार्ड २०२६ का उत्कृष्ट ५ राइजिङ स्टार

काठमाडौं । आइसिटी अवार्ड २०२६ का उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसन छनौट भएका छन् । यसअघि छनौट भएका उत्कृष्ट १५ राइजिङ स्टार इन्नोभेसनबाट उत्कृष्ट ५ घोषणा गरिएको हो । अवार्डको जुरी समिति र सल्लाहकार समितिको विभिन्न चरणको बैठक पश्चात उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसन छनौट गरी अहिले सर्वोत्कृष्टका लागि पब्लिक भोटिङ सञ्चालन भइरहेको छ ।आफूलाई मन परेको उत्कष्ट ५ राइजिङ ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement