सफ्टबैंकले मलेसियामा ५० अर्ब डलरको प्राविधिक लगानी गर्ने योजना

जापानको सफ्टबैंक ग्रुपले मलेसियामा ५० अर्ब डलर लगानी गर्ने योजना बनाएको मलेशियाली प्रधानमन्त्री अनवर इब्राहिमले बताएका छन्। ब्लुमबर्गको एक रिपोर्ट अनुसार, यस हप्ताको सुरुमा उनीहरूबीच भएको भिडियो कन्फरेन्सपछि, सफ्टबैंकका प्रमुख मासायोशी सन ले प्रस्तावित लगानीका लागि सारावाकको कुचिङ र प्रायद्वीपीय मलेसियाका विभिन्न स्थानहरू पहिचान गरेका छन्। प्रधानमन्त्रीका अनुसार, यो प्रस्तावित लगानी कृत्रिम बुद्धिमत्ता (एआई), नयाँ प्रविधि र डाटा सेन्टरहरूमा केन्द्रित हुनेछ। मलेसिया सन् २०३० सम्ममा एउटा “एआई राष्ट्र” बन्ने लक्ष्यका साथ अघि बढिरहेको बेला यो लगानीको योजना अघि आएको हो। यसका लागि सरकारले यसै वर्षको सुरुमा देशको एआई क्षमता र पूर्वाधारलाई सुदृढ पार्न ‘राष्ट्रिय एआई कार्ययोजना’ सार्वजनिक गरेको थियो। यसै महिनाको सुरुमा, सफ्टबैंकले सिंगापुरस्थित ‘ग्राब’ र मलेसियाको ‘पेट्रोलियम सारावाक बर्हाद’ (Petroleum Sarawak Berhad) सँग एक सम्झौतामा हस्ताक्षर गरेको छ। यस अन्तर्गत सारावाकमा एआई कम्प्युटिङ सेवा र उन्नत प्रविधि लगायतका एआई तथा डिजिटल पूर्वाधार विकासका सम्भावनाहरू खोजिनेछन्। मलेसियामा प्रविधि क्षेत्रमा लगानी गर्ने सफ्टबैंक मात्र एक्लो कम्पनी होइन। गुगलले सन् २०२४ मा मलेसियामा आफ्नो पहिलो डाटा सेन्टर र क्लाउड क्षेत्र निर्माण गर्न २ अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ, भने अमेजन वेब सर्भिसेजले सन् २०३८ सम्ममा ६.२ अर्ब डलर लगानी गर्ने योजना रहेको जनाएको छ। त्यस्तै, माइक्रोसफ्टले पनि क्लाउड, एआई पूर्वाधार र अन्य डिजिटल पहलहरूमा २.२ अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ। मलेसियन इन्भेस्टमेन्ट डेभलपमेन्ट अथोरिटीका अनुसार, सन् २०२१ देखि सन् २०२६ को पहिलो छमहिनासम्मको अवधिमा मलेसियामा डाटा सेन्टरसँग सम्बन्धित ३८५.७ अर्ब रिंगित (९४ अर्ब डलर) बराबरको लगानी भित्रिएको रिपोर्टमा उल्लेख छ। The post सफ्टबैंकले मलेसियामा ५० अर्ब डलरको प्राविधिक लगानी गर्ने योजना appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
१० कात्तिक, काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्काशन गरेको ६ प्रतिशत ब्याजदरको ऋणपत्रमा आवेदन दिने आज (कात्तिक १० गते) अन्तिम दिन रहेको छ । बैंकले ७ वर्ष अवधिको ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ निष्काशन गरेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याएको छ । […] The post राष्ट्रिय वाणिज्य ...

ग्रिसमा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानून पारित
ग्रिसले १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानून पारित गरेको छ। यो कानुन सन् २०२७ को जनवरी १ तारिख देखि लागू हुनेछ। रोयटर्सका अनुसार, ग्रिसको संसदले १५ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्लेटफर्महरू प्रयोग गर्नबाट रोक्ने कानुन पारित गरेको हो। यस पहल मार्फत, सरकारले डिजिटल लत, साइबर बुलिङ (अनलाइन दुर्व्यवहार) तथा बालबालिकाको मानसिक र शारीरिक स्वास्थ्यमा सामाजिक सञ्जालले पार्ने ...

ह्यारी केनले पहिलोपटक जिते सन् २०२६ को पुरुष बालोन डी’ओर अवार्ड, महिलातर्फ एलेक्सिया पुटेलासलाई
१० कात्तिक, काठमाडौं। इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केनले सन् २०२६ को पुरुषतर्फको बालोन डी’ओर अवार्ड जितेका छन् । स्पेनकी एलेक्सिया पुटेलासले भने महिलातर्फ तेस्रो पटक यो अवार्ड हात पारेकी छन् । केनले फ्रान्सका किलियन एम्बाप्पे र स्पेनका लामिन यमाललाई पछि पार्दै प्रतिष्ठित व्यक्तिगत फुटबल अवार्ड जितेका हुन् । सन् […] The post ह्यारी केनले ...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै
काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ। विराटनगर सन्दीप लामिछानेको कप्तानीमा रहेको छ भने चितवनलाई कुशल मल्लले सम्हालेका छन्। त्यस्तै, आजै साँझ ५ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन् । जनकपुर हर्मित ...


