Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सप्तकोसीमा मोटरबोट दुर्घटना अपडेटः तीन जनाको मृत्यु, चार बेपत्ता

सप्तकोसीमा मोटरबोट दुर्घटना अपडेटः तीन जनाको मृत्यु, चार बेपत्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
सप्तकोसीमा मोटरबोट दुर्घटना अपडेटः तीन जनाको मृत्यु, चार बेपत्ता

काठमाडौँ । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन्। दुर्घटनामा परेका नौ जना भने सकुशल बाहिर निस्किएका छन्। सशस्त्र प्रहरी बल नेपालका अनुसार आइतबार भोजपुरबाट बराहक्षेत्रतर्फ आउँदै गरेको मोटरबोट भोजपुर, उदयपुर र धनकुटाको संगमस्थल त्रिवेणीमा दुर्घटनामा परेको हो । मोटरबोटको स्टार्ट बन्द भएपछि दुर्घटना भएको जनाइएको छ। मोटरबोटमा १६ जना सवार थिए । दुर्घटनामा परेका तीन जनाको उपचारका क्रममा मृत्यु भएको र चार जना बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ। दुर्घटनापछि मोटरबोटसमेत सप्तकोसी नदीमा बेपत्ता भएको छ। बेपत्ता व्यक्तिको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटबाट गोताखोरसहितको टोली परिचालन गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकलीबाट पाँच जना गोताखोरसहित नौ जनाको टोली खटिएको छ। त्यस्तै, सुरक्षा बेस रामपुरबाट छ जना, नं. ६ गुल्म धनकुटाबाट डीएसपी राजेश फुयालसहित नौ जना र विपद् व्यवस्थापन बेस मुलघाटबाट सात जनाको टोली परिचालन गरिएको छ। त्यसैगरी, विपद् व्यवस्थापन बेस चतराबाट पाँच जना विपद् व्यवस्थापन जनशक्तिसहित सात जनाको टोली पनि उद्धार कार्यमा खटिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् । बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

अमेरिकी ड्रोन खसालेको इरानी सेनाको दाबी
ताजा खबरJust now

अमेरिकी ड्रोन खसालेको इरानी सेनाको दाबी

काठमाडौँ । इरानी सेनाले आफ्नो दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा एउटा अमेरिकी ंलुकास’ ड्रोन खसालेको दाबी गरेको छ । इरानको सरकारी समाचार संस्था ‘आईआरएनए ’ का अनुसार, इरानी एयर डिफेन्स प्रणालीअन्तर्गत... ...

रातोपाटी
अचेत भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु
ताजा खबरJust now

अचेत भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु

शिवशंङ्कर मिश्रा बारा, कात्तिक ८ गते । बाराको कोल्हवी नगरपालिका-२ निकास टोलमा अचेत अवस्थामा फेला परेका एक अपरिचित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।आइतबार दिउँसो करिब ३ः२५ बजे... ...

गोरखापत्र
बेनिघाट-तातोपानी सडकखण्ड सञ्चालनमा
ताजा खबरJust now

बेनिघाट-तातोपानी सडकखण्ड सञ्चालनमा

काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनिघाटदेखि तातोपानीसम्मको सडक खुलाउने काम सम्पन्न भएको जानकारी दिएका छन्। आइतबार मन्त्री लम्सालले सो सडकखण्ड पुनः सञ्चालनमा आएको बताएका हुन्। खोर्लाबेसीमा अस्थायी डाइभर्सन निर्माण सम्पन्न भएपछि तातोपानी र आसपासका क्षेत्रमा सडक सफा गर्ने काम सुरु गरिएको थियो। बाढीले थुपारेको ढुङ्गा, माटो तथा गेग्रान हटाउने कामसमेत सकिएको छ। ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play