सप्तकोशीमा डुंगा पल्टिँदा तीनको मृत्यु, दुई जना सम्पर्कविहीन

विराटनगर।अरुण र दूधकोशी नदीको संगमस्थलमा डुंगा पल्टिँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना सम्पर्कविहीन भएका छन्। दुर्घटनामा परेका १० जनाको उद्धार गरिएको छ। प्रहरीका अनुसार इन्जिन बन्द भएपछि अनियन्त्रित भई बगिरहेको डुंगा संगमस्थलमा पुगेपछि पल्टिएको हो। दुर्घटना हुँदा डुंगामा १६ जना सवार थिए। इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीका प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईका अनुसार उद्धार गरिएका १० जनामध्ये तीन जनाको मृत्यु भएको हो। मृतकको पहिचान खुल्न बाँकी छ। भोजपुरको माथिल्लो क्षेत्रबाट फर्किंदै गरेको डुंगा दुर्घटनामा परेको हो। घटनास्थलमा प्रहरी टोली खटिएर सम्पर्कविहीनको खोजी तथा उद्धार कार्य जारी राखेको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

बेनिघाट–तातोपानी सडक खुलाउने काम सम्पन्न भएको छ : मन्त्री लम्साल
काठमाडौँ । बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनिघाटदेखि तातोपानीसम्मको सडक खुलाउने काम सम्पन्न भएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले दिएको जानकारीअनुसार खोर्लाबेसीमा अस्थायी डाइभर्सन निर्माण सम्पन्न... ...

सप्तकोसी नदी डुंगा दुर्घटना अपडेट- मृतक र बेपत्ताको पहिचान खुल्यो
धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोसी नदीमा गुडिरहेको ओबीएम कम्पनीको मोटर बोट ब्रेक फेल भई दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना नदीमा बेपत्ता भएका छन्। भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट चालकसहित १५ जना यात्रु बोकेर सुनसरीको चतरातर्फ जाँदै गरेको उक्त बोट दिउँसो दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटना... ...

पाथीभरा दर्शनमा हिडेकी महिलाको मृत्यु
चन्द्र पन्दाकताप्लेजुङ, कात्तिक ८ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनमा हिडेकी एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार पाल्पाको रानादेवी गाउँपालिका –८ की ४४... ...

सडक सञ्जालले नजोडिएको बाजुराको किम्नी गाउँ
शेरबहादुर सार्कीबाजुरा, कात्तिक ८ गते । बाजुराका नौ वटै स्थानीय तहका अधिकांश गाउँबस्ती सडक सञ्जालले जोडिदै गएका छन् । यहाँका स्थानीय तहले पालिकादेखि वडासम्म सडक जोड्ने गरी ग्रामीण... ...


