सप्तकोशीमा जेटबोट दुर्घटना : बालिकासहित तीन जनाको मृत्यु

काठमाडौं । सप्तकोशी नदीमा भोजपुरबाट चतरातर्फ आउँदै गरेको यात्रुबाहक जेटबोट दुर्घटना हुँदा एक बालिकासहित तीन जनाको मृत्यु भएको छ। धनकुटाका प्रहरी प्रमुख नारायण रञ्जितकारका अनुसार अरुण र दूधकोसीको सङ्गमस्थल त्रिवेणी क्षेत्रनजिक जेटबोटको इन्जिन अचानक फेल भएको थियो। इन्जिन फेल भएपछि जेटबोट अनियन्त्रित भई नदीमा बग्ने क्रममा दुर्घटना भएको हो। दुर्घटनामा एक बालिका, एक महिला र एक पुरुषको मृत्यु भएको छ। उनीहरूको औपचारिक पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। जेटबोटमा कुल १६ जना यात्रु सवार रहेको खुलेको छ। यद्यपि, टिकट काट्ने यात्रुको सङ्ख्या भने १२ जना रहेको पाइएको छ। दुर्घटनामा परेका अन्य पाँच जना यात्रु सकुशल घर फर्किसकेको जनाइएको छ भने एक जना गम्भीर घाइतेलाई उद्धार गरी उपचारका लागि चतरा अस्पतालमा भर्ना गरिएको छ। घटनाको कारण पत्ता लगाउन प्रहरीले जेटबोट चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। दुर्घटनामा सम्भावित लापरबाही भए–नभएको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

बेनिघाट–तातोपानी सडक खुलाउने काम सम्पन्न भएको छ : मन्त्री लम्साल
काठमाडौँ । बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनिघाटदेखि तातोपानीसम्मको सडक खुलाउने काम सम्पन्न भएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले दिएको जानकारीअनुसार खोर्लाबेसीमा अस्थायी डाइभर्सन निर्माण सम्पन्न... ...

सप्तकोसी नदी डुंगा दुर्घटना अपडेट- मृतक र बेपत्ताको पहिचान खुल्यो
धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोसी नदीमा गुडिरहेको ओबीएम कम्पनीको मोटर बोट ब्रेक फेल भई दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना नदीमा बेपत्ता भएका छन्। भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट चालकसहित १५ जना यात्रु बोकेर सुनसरीको चतरातर्फ जाँदै गरेको उक्त बोट दिउँसो दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटना... ...

पाथीभरा दर्शनमा हिडेकी महिलाको मृत्यु
चन्द्र पन्दाकताप्लेजुङ, कात्तिक ८ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनमा हिडेकी एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार पाल्पाको रानादेवी गाउँपालिका –८ की ४४... ...

सडक सञ्जालले नजोडिएको बाजुराको किम्नी गाउँ
शेरबहादुर सार्कीबाजुरा, कात्तिक ८ गते । बाजुराका नौ वटै स्थानीय तहका अधिकांश गाउँबस्ती सडक सञ्जालले जोडिदै गएका छन् । यहाँका स्थानीय तहले पालिकादेखि वडासम्म सडक जोड्ने गरी ग्रामीण... ...


