सप्तकोशीमा जेटबोट दुर्घटना : तीन जना अझै बेपत्ता

काठमाडौं । धनकुटाको साँगुरीगढी गाउँपालिका–१० त्रिवेणीस्थित सप्तकोशी नदीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आइतबार दिउँसो भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट चालकसहित १५ जना लिएर सुनसरीको बराहक्षेत्रस्थित चतरातर्फ जाँदै गरेको ओबीएम कम्पनीको जेटबोट ब्रेक फेल भएर दुर्घटनामा परेको हो। दुर्घटनापछि सुनसरीको बराहक्षेत्रस्थित प्रहरी चौकीबाट खटिएको टोलीले चालकसहित १२ जनाको उद्धार गरी चतरा अस्पताल पुर्याएको थियो। उपचारका क्रममा बराहक्षेत्र नगरपालिका–१ की ५२ वर्षीया लिला राई, करिब ७ वर्षीया एक बालिका र करिब ४० देखि ५५ वर्ष उमेरका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा भोजपुरको हतुवागढी गाउँपालिका–४ का ३१ वर्षीय मोहन सुनार घाइते भएका छन्। उनको चतरा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको धनकुटाका प्रहरी प्रमुख नारायण रञ्जितकारले जानकारी दिए। दुर्घटनापछि झापाको कनकाई नगरपालिका–४ की निता मगरका सात वर्षीय छोरा शिवक मगर, सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की २१ वर्षीया प्रमिला मगर र सोही ठाउँकी २२ वर्षीया मनु राई बेपत्ता छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेका केही व्यक्ति पौडी खेलेर तथा उद्धारपछि सकुशल घर फर्किएका छन्। प्रहरीले पानीबोट चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का २४ वर्षीय सुमन मगरलाई नियन्त्रणमा लिएको छ। दुर्घटनापछि बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

अमेरिकी ड्रोन खसालेको इरानी सेनाको दाबी
काठमाडौँ । इरानी सेनाले आफ्नो दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा एउटा अमेरिकी ंलुकास’ ड्रोन खसालेको दाबी गरेको छ । इरानको सरकारी समाचार संस्था ‘आईआरएनए ’ का अनुसार, इरानी एयर डिफेन्स प्रणालीअन्तर्गत... ...
.jpg)
अचेत भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु
शिवशंङ्कर मिश्रा बारा, कात्तिक ८ गते । बाराको कोल्हवी नगरपालिका-२ निकास टोलमा अचेत अवस्थामा फेला परेका एक अपरिचित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।आइतबार दिउँसो करिब ३ः२५ बजे... ...

पाकिस्तानका उपेक्षित विद्यालय: जीर्ण कक्षाकोठाले विद्यार्थीको जीवन नै जोखिममा
विद्यालयहरू: जब कक्षा कोठाहरू मृत्युको पासो बन्छन् ...

बेनिघाट-तातोपानी सडकखण्ड सञ्चालनमा
काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनिघाटदेखि तातोपानीसम्मको सडक खुलाउने काम सम्पन्न भएको जानकारी दिएका छन्। आइतबार मन्त्री लम्सालले सो सडकखण्ड पुनः सञ्चालनमा आएको बताएका हुन्। खोर्लाबेसीमा अस्थायी डाइभर्सन निर्माण सम्पन्न भएपछि तातोपानी र आसपासका क्षेत्रमा सडक सफा गर्ने काम सुरु गरिएको थियो। बाढीले थुपारेको ढुङ्गा, माटो तथा गेग्रान हटाउने कामसमेत सकिएको छ। ...


