Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

सन्तुलित र विश्वासमा आधारित परराष्ट्र नीति अपनाउनुपर्छ : प्रदीप ज्ञवाली

Share:WhatsAppFacebookX (Twitter)Telegram
सन्तुलित र विश्वासमा आधारित परराष्ट्र नीति अपनाउनुपर्छ : प्रदीप ज्ञवाली
Photo / Coverage: टक्सार

काठमाडौं । नेकपा (एमाले)का नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले स्वतन्त्र, सन्तुलित र विश्वासमा आधारित परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने बताएका छन् । काठमाडौं । नेकपा (एमाले)का नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले स्वतन्त्र, सन्तुलित र विश्वासमा आधारित परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने बताएका छन् । काठमाडौंमा फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपाल र नेपाल–चाइना फ्रेन्डसिप फोरमद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल कुनै पनि शक्ति राष्ट्रको रणनीतिक समूहमा आबद्ध नभई असंलग्नता र पञ्चशीलको सिद्धान्तअनुसार अघि बढ्नुपर्ने बताए । ज्ञवालीले चीन र भारत दुवैसँग पारदर्शी, विश्वसनीय र सन्तुलित सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिए। छिमेकी मुलुकहरूसँग अविश्वास बढ्ने गतिविधिले नेपालमाथि असह्य भूराजनीतिक दबाब सिर्जना हुन सक्ने उनकाे भनाइ थियो । उनले ठूला राष्ट्रहरूको बीचमा रहेको नेपालको भौगोलिक अवस्थालाई कमजोरी नभई अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै चीनको आर्थिक, प्राविधिक र उत्पादन क्षमतालाई नेपालको विकासका लागि उपयोग गर्नुपर्ने बताए । ज्ञवालीले चीनको कम्युनिष्ट पार्टीको संगठनात्मक र नीतिगत व्यवस्थापनबाट नेपाली कम्युनिष्ट पार्टीहरूले समेत पाठ सिक्नुपर्ने धारणा राखे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७३ करोड बिगो मागदाबी
Latest NewsJust now

माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७३ करोड बिगो मागदाबी

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारी जग्गा हिनामिना गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ... ...

रातोपाटी
तनहुँमा सवारी दुर्घटना, तीन जनाको मृत्यु
Latest NewsJust now

तनहुँमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

अमरराज नहर्कीतनहुँ, कात्तिक १७ गते । पृथ्वी राजमार्गअन्तर्गत तनहुँका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई महिलासहित तीन जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्याल... ...

गोरखापत्र
ई-जीपी प्रणाली ह्याक गरी ठेक्का विवरण फेरबदल गर्ने तीन जना पक्राउ
Latest NewsJust now

ई-जीपी प्रणाली ह्याक गरी ठेक्का विवरण फेरबदल गर्ने तीन जना पक्राउ

सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को अनलाइन बोलपत्र (ई-जीपी) प्रणालीमा अनधिकृत पहुँच बनाएर ठेक्काको आर्थिक प्रस्ताव हेरफेर गरेको आरोपमा प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीको साइबर ब्युरोले दोस्रो चरणको अनुसन्धानका क्रममा कात्तिक १५ गते उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा टंकनाथ ढकाल, रामेश्वर थापा र प्रकाश बराल रहेका छन्। साइबर ब्युरोका प्रवक्ता […] ...

समयपोष्ट
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play