सनातनिक परम्परालाई जस्ताको तस्तै राखेर पुस्तान्तरण गर्नु आवश्यक : किरण थापा मगर

काठमाडौं, कात्तिक ९ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपाल भूगोल मात्र नभई साझा इतिहास, आस्था, संस्कृति, परम्परा र पहिचानको प्रतीक भएको बताउनुभएको छ । उहाँले नेपालको लामो ऐतिहासिक विरासत र पुर्खाहरूको त्याग, तपस्या तथा बलिदानबाट वर्तमान नेपाल निर्माण भएको उल्लेख गर्दै सनातनिक परम्पराको संरक्षण र पुस्तान्तरणमा जोड दिनुभएको हो । मुख्यमन्त्री थापा मगरले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेपालको मौलिक संस्कृति, परम्परा र ऐतिहासिक पहिचानलाई भावी पुस्तासम्म पुर्याउनु आवश्यक रहेको बताउनुभएको छ । “नेपाल केवल भूगोल मात्र होइन, यो हाम्रो साझा इतिहास, आस्था, संस्कृति, परम्परा अनि चिनारी पनि हो,” उहाँले भन्नुभएको छ । नेपालको वर्तमान स्वरूप निर्माणमा पुर्खाहरूको योगदान स्मरण गर्दै उहाँले भन्नुभएको छ, “निकै लामो विरासत, पुर्खाको पौरख, पसिना र रगतको बलिदानीको परिणति आजको हाम्रो विशाल नेपाल हो ।” मुख्यमन्त्री थापा मगरले नेपालको सनातनिक परम्परालाई मौलिक स्वरूपमै संरक्षण गर्दै भावी पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ । “यहाँको सनातनिक परम्परालाई जस्ताको तस्तै राखेर पुस्तान्तरण गर्नु हाम्रो आवश्यकता हो,” उहाँले उल्लेख गर्नुभएको छ ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शपथ कार्तिक १२ मा
१५ औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको शपथ ग्रहण समारोह आगामी कार्तिक १२ गते हुने भएको छ । ...

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको शपथ बिहीबार
काठमाण्डु – नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको सपथ कार्तिक १२ गते बिहीबार हुृने भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका अनुसार नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोह कार्तिक १२ गते अपराह्न २ बजे ललितपुरस्थित केन्द्रीय कार्यालय,बीपी स्मृति भवनमा हुनेछ । केन्द्रीय कार्यालयले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण समारोहमा […] ...
भक्तपुरको साँगास्थित ‘कैलाशनाथ महादेव’ मन्दिर क्षेत्र [तस्बिरहरू]
१४३ फिट अग्लो शिवको मुर्ति स्थापना गरिएको स्थान भक्तपुरको साँगास्थित ‘कैलाशनाथ महादेव’ मन्दिर क्षेत्रमा पर्यटकहरूको भिड लागेको छ । चाडपर्वको फुर्सद पारेर आन्तरिक पर्यटक साँगा पुगिरहेका छन् साथै भारतीयहरुको पनि उपस्थिति बाक्लो देखिन्छ । ...

वाग्लेको अभिव्यक्तिमा ज्ञवालीको आपत्ति, ‘नेपालमा कहिल्यै भारतविरोधी राष्ट्रवाद थिएन’
काठमाण्डु- नेकपा एमाले नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। वाग्लेले चार दिनअघि नयाँदिल्लीमा ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भनेपछि ज्ञवालीले उक्त अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमान र हितमा आँच पुर्याउन सक्ने टिप्पणी गरेका हुन्। ज्ञवालीले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया जनाउँदै विदेशी भूमिमा सरकारी पदाधिकारीले आफ्नो देशको […] ...


