Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

Share:WhatsAppFacebookX (Twitter)Telegram
सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनमार्फत राहत सामग्री पुर्‍याइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सडक सम्पर्क टुटेका बस्तीमा राहत सामग्री पुर्‍याउन ड्रोनको प्रयोग गरिरहेको जनाएको छ। दसैँका समयमा समेत प्रभावित नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन ड्रोन प्रयोग गरिएको प्राधिकरणले जनाएको हो। प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सडक सम्पर्क विच्छेद भएका र भौगोलिक रूपमा विकट क्षेत्रमा राहत वितरण गर्न ड्रोन प्रभावकारी बनेको बताए। “हामीसँग चार वटा ड्रोन छन्। रसुवा र गोरखामा सडक सम्पर्क विच्छेद भएका स्थानमा ड्रोनमार्फत राहत वितरण भइरहेको छ,” उनले भने। बाढीमा सडक, पुललगायत भौतिक पूर्वाधार बगेपछि राहत सामग्री आपूर्ति गर्न प्राधिकरणलाई चुनौती थपिएको छ। प्रभावित नागरिकको उद्धार र राहतमा प्राधिकरणले ड्रोनको अधिकतम उपयोग गरेको छ। The post सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

एप्पलको अक्टोबर २८ मा ‘प्रो एन्ड टेल’ कार्यक्रम घोषणा, यी डिभाइसहरु आउनसक्ने
प्रविधिJust now

एप्पलको अक्टोबर २८ मा ‘प्रो एन्ड टेल’ कार्यक्रम घोषणा, यी डिभाइसहरु आउनसक्ने

एप्पलले बुधबार, अक्टोबर २८ मा नयाँ उत्पादनहरूको दोस्रो शृङ्खला सार्वजनिक गर्नेछ। अक्टोबर १३ को “वेलकम होम” घोषणाजस्तै, “प्रो एन्ड टेल” (Pro and Tell) पनि एप्पलको परम्परागत कार्यक्रम हुनेछैन; यद्यपि, केही सञ्चारकर्मीहरूलाई नयाँ डिभाइसहरू प्रत्यक्ष रूपमा चलाएर हेर्नका लागि लस एन्जलसमा आमन्त्रित गरिएको छ। लस एन्जलसमा आमन्त्रित नभएकाहरूले अक्टोबर २८ मा जारी हुने प्रेस विज्ञप्तिमार्फत उत्पादनसम्बन्धी घोषणाहरू थाहा पाउन सक्नेछन्। एप्पलले ‘प्यासिफिक ...

टेक्नोलोजी खबर
एनपीएल थप प्रविधिमैत्री बन्दै, खेलमा डीआरएस प्रणाली प्रयोग गरिने
प्रविधि10 minutes ago

एनपीएल थप प्रविधिमैत्री बन्दै, खेलमा डीआरएस प्रणाली प्रयोग गरिने

काठमाडौं । कीर्तिपुर मैदानमा कात्तिक ९ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) को प्रयोग हुने भएको छ ।नेपाल प्रिमियर लिगको अफिसियल फेसबुक पेजमार्फत यस पटकको एनपीएलमा डीआरएस प्रयोग हुने जानकारी दिएको हो । डीआरएस क्रिकेटमा पछिल्लो समय प्रयोग हुँदै आएको चर्चित प्रविधि हो ।यसले अम्पायरको निर्णय चित्त नबुझेमा वा गलत भएजस्तो लागेमा ...

आइसिटी समाचार
औषधि आयात–निर्यातसम्बन्धी सेवा अब अनलाइनबाटै, राष्ट्रिय एकद्वार प्रणाली सुरु
प्रविधि10 minutes ago

औषधि आयात–निर्यातसम्बन्धी सेवा अब अनलाइनबाटै, राष्ट्रिय एकद्वार प्रणाली सुरु

काठमाडौं । औषधि आयात तथा निर्यातसम्बन्धी विभिन्न सेवा अब नेपाल राष्ट्रिय एकद्वार प्रणाली (NNSW) मार्फत अनलाइनबाटै लिन सकिने भएको छ । औषधि व्यवस्था विभागले औषधि, औषधिजन्य कच्चा पदार्थ तथा औषधि उत्पादनमा प्रयोग हुने सामाग्रीको निकासी तथा पैठारीसम्बन्धी सिफारिसपत्र, अनुमतिपत्र र प्रमाणपत्र जारी गर्ने प्रक्रियालाई डिजिटल बनाउन बिहीबारदेखि नयाँ प्रणाली सञ्चालनमा ल्याएको हो ।औषधि व्यवस्था विभागको बिजुलीबजारस्थित कार्यालयमा आयोजित कार्यक्रममा विभागका ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play