सडक निर्माणमा स्वदेशी सामग्रीलाई प्राथमिकता दिने सरकारको निर्णय

काठमाडौँ। सरकारले सडक निर्माणमा आयातित बिटुमिन र असफाल्टको विकल्पका रूपमा स्वदेशी सिमेन्टबाट निर्मित कङ्क्रिट सडक तथा स्थानीय निर्माण सामग्रीको प्रयोगलाई प्राथमिकता दिने भएको छ । मन्त्रिपरिषद्ले ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३’ स्वीकृत गरेसँगै सरकारी खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादनको प्रयोग बढाउने नीति अघि सारेको हो । निर्देशिकाअनुसार सडक, पुल तथा भवनको डिजाइन तयार गर्दा प्राविधिक रूपमा उपयुक्त स्वदेशी विकल्प उपलब्ध भएमा आयातित सामग्रीलाई प्राथमिकता दिन पाइने छैन । यस्तो अवस्थामा कङ्क्रिट सडक, स्थानीय ढुङ्गा तथा अन्य स्वदेशी निर्माण प्रविधिको प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । यद्यपि, बिटुमिन र असफाल्टको प्रयोगमा पूर्ण प्रतिबन्ध भने लगाइएको छैन । सरकारी भवन निर्माणमा पनि आयातित ग्रेनाइट तथा टायलको सट्टा स्वदेशी मार्बल, ढुङ्गा, स्लेट र टायलको प्रयोगलाई प्राथमिकता दिइनेछ । यसका लागि आयोजनाको सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), लागत अनुमान, बोलपत्र प्रक्रिया र खरिद सम्झौतामै स्वदेशी सामग्री प्रयोगसम्बन्धी व्यवस्था समावेश गर्नुपर्नेछ । निर्देशिकाले स्वदेशी विकल्प उपलब्ध हुँदाहुँदै विदेशी ब्रान्डलाई लक्षित गरी खरिद प्रक्रिया अघि बढाउनसमेत रोक लगाएको छ । सम्झौतामा उल्लेख गरिएको स्वदेशी सामग्री स्वीकृतिबिना परिवर्तन गर्न पाइने छैन । विदेशी सामग्रीलाई स्वदेशी भन्दै आपूर्ति गर्ने व्यवसायीमाथि भुक्तानी रोक्का, कालोसूचीमा राख्ने तथा कानुनी कारबाही गर्न सकिने व्यवस्था पनि गरिएको छ । सरकारले स्वदेशी उत्पादनको प्रयोग बढाउँदा आयात प्रतिस्थापन हुनुका साथै घरेलु उद्योगको प्रवर्धन, रोजगारी सिर्जना र स्थानीय आर्थिक गतिविधिमा वृद्धि हुने अपेक्षा गरेको छ ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

न्युजिल्यान्ड भ्रमणका लागि भारतीय टोली घोषणा
काठमाडौं । भारतीय पुरुष क्रिकेट टोलीको छनोट समितिले बिहीबार न्युजिल्यान्ड भ्रमणका लागि एकदिवसीय र टेस्ट टोली घोषणा गरेको छ । न्युजिल्यान्डविरुद्ध भारतले पाँच एकदिवसीय र दुई टेस्ट खेल्नेछ । पाँच खेलको... ...

कान्तिपुर एक्सप्लेनर: राष्ट्रसंघको मानवअधिकार परिषद् सदस्यमा नेपाल निर्वाचित भयो, यो किन महत्त्वपूर्ण ?
नेपालले सन् २०२७–२०२९ कार्यकालका लागि संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा १८० मध्ये १७३ मत प्राप्त गरेको छ । यसलाई नेपालको कूटनीतिक र मानवअधिकार क्षेत्रको उपलब्धि कति मान्न सकिन्छ ? ...

दिल्ली प्रहरीद्वारा नेहा बोरासहितका प्रदर्शनकारी पक्राउ
नयाँ दिल्ली । दिल्ली प्रहरीले अल इन्डिया स्टुडेन्ट्स एसोसिएशन (आइसा) की प्रमुख नेहा बोरालाई पक्राउ गरेको छ। उनलाई बिहीबार दिल्लीको मण्डी हाउस क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। हिरासतमा लिइनुअघि नेहा बोरा र... ...

आज दिनभरका प्रमुख २० समाचार: एनपीएललाई औपचारिक मान्यतादेखि मधेस सरकारबाट एमालेको समर्थन फिर्तासम्म
काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- नेपाल प्रिमियर लिग (एनपीएल) लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को औपचारिक मान्यता दिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएलको तेस्रो संस्करणलाई आइसीसीले औपचारिक मान्यता दिएको जानकारी दिएको हो । आइसीसीले मान्यता ...


