‘सडकहरू खाली भएर के भयो त ? मनहरू यसैगरी भरिइरहुन्, टीका र जमराको रङ्ग कहिल्यै नखुइलियोस्’ (फोटो फिचर)

काठमाडौं । बडादशैँको मुख्य दिन विजयादशमीमा मान्यजनबाट रातो टीका, पहेँलो जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएसँगै काठमाडौं उपत्यकाका सडकमा सर्वसाधारणको चहलपहल बढेको छ। घटस्थापनादेखि सुनसानप्रायः बनेका राजधानीका मुख्य सडक तथा चोकमा टीका र आशीर्वाद थाप्न आफन्तकहाँ जानेहरूको आवागमन दिउँसोदेखि बाक्लिएको हो। विजयादशमीका दिन बिहान घरघरमा कुलदेवताको पूजाआराधना गरी टीका लगाएपछि सर्वसाधारण नजिकका नातागोता तथा आफन्तकहाँ पुग्ने गरेका छन्। यसले बिहानको तुलनामा दिउँसो उपत्यकाका सडकमा चहलपहल बढाएको छ। घटस्थापनापछि ठूलो संख्यामा नागरिक दशैँ मनाउन गाउँघर फर्किएपछि काठमाडौं उपत्यका केही दिनयता शान्त देखिएको थियो। तर, विजयादशमीको टीका सुरु भएसँगै चक्रपथसहित भित्री सडकमा समेत निजी तथा सार्वजनिक सवारीसाधनको चाप बढेको छ। कोटेश्वर, नयाँ बानेश्वर, कलंकी, चाबहिल र महाराजगञ्जलगायत प्रमुख चोकमा नयाँ पहिरनमा सजिएर टीका लगाउन हिँडेका सर्वसाधारणको बाक्लो उपस्थिति देखिएको छ। दशैँको मुख्य दिन सार्वजनिक सवारीसाधन न्यून संख्यामा सञ्चालन हुँदा सर्वसाधारणलाई आवतजावतमा केही असहजता भएको छ। सार्वजनिक यातायातको विकल्पका रूपमा ट्याक्सी, निजी कार तथा मोटरसाइकलको प्रयोग बढेको छ। यसैबीच, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चाडपर्वका बेला हुन सक्ने दुर्घटना न्यूनीकरण तथा सवारी आवागमन सहज बनाउन विभिन्न रणनीतिक स्थानमा ट्राफिक प्रहरी परिचालन र जाँचलाई तीव्रता दिएको जनाएको छ। विजयादशमीका दिन सुरु हुने टीका तथा आशीर्वाद ग्रहणको क्रम कोजाग्रत पूर्णिमासम्म चल्ने धार्मिक तथा सांस्कृतिक परम्परा छ। टाढा रहेका मान्यजन तथा आफन्तकहाँ पुगेर आशीर्वाद लिने चलन कायम रहेकाले आगामी दिनमा पनि उपत्यकाभित्र र जिल्लाहरूबीचको आवतजावत बढ्ने अपेक्षा गरिएको छ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

पुख्यौली गाउँ सपहीमा पूर्वराष्ट्रपति यादवको दसैँ
काठमाडौँ । प्रथम राष्ट्रपति डा.रामवरण यादवले पुख्र्यौली गाउँ धनुषाको सपही पुगेर परिवार र दाजुभाईसँगै यस वर्षको बडादसैँ मनाएका छन्। वडादसैको अवसरमा पूर्व राष्ट्रपति डा.यादव यही मङगलबार धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित पुख्र्यौली गाउँ सपही पुगेका थिए। यसवर्ष गाउँमा आई परिवारजन र दाजुभाईसँगै उल्लासमय वातावरणबीच शुभकामना आदनप्रदान गरेर विजयादशमी मनाएको उनले जानकारी दिए। ...

ट्रम्पद्वारा ले पेनको प्रशंसा
वासिङटन।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले पेनलाई ‘रूढीवादी आवाज’ भन्दै प्रशंसा गरेका छन्। तर सन् २०२७ को फ्रान्सेली राष्ट्रपति निर्वाचनमा उनलाई समर्थन गर्ने विषयमा भने ट्रम्पले स्पष्ट धारणा व्यक्त गरेनन्। अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा ट्रम्पले फ्रान्सको अशान्तिलाई आप्रवासन र वामपन्थी राजनीतिविरुद्ध आफ्नो धारणा राख्ने अवसरका रूपमा प्रस्तुत गर्दै आएका छन्। ले पेनलाई समर्थन गर्नु हुन्छ कि भनेर पत्रकारले ...

पाकिस्तान–इरान सीमा लगातार चौथो दिन पनि बन्द, हजारौँ मालवाहक गाडी अलपत्र
काठमाडौं । पाकिस्तान र इरानबीचका प्रमुख सीमा नाका बन्द हुँदा दुई देशबीचको व्यापार प्रभावित भएको छ । गत अक्टोबर १७ देखि अनिश्चितकालका लागि बन्द गरिएका नाका लगातार चौथो दिन पनि सञ्चालनमा आउन नसक्दा सीमाका दुवैतर्फ हजारौँ मालवाहक गाडी रोकिएका छन् । बलुचिस्तान हुँदै हुने द्विपक्षीय व्यापार ठप्प हुँदा व्यापारीहरू आर्थिक नोक्सानीको जोखिममा परेका छन् । पाकिस्तान र इरानले सीमा बन्द गर्ने ...

तौथलीमा दही जात्रा
किराँतकालदेखि चल्दै आएको तौथली दही जात्रामा अबिर मिसिएको दही छ्यापाछ्याप गर्दै स्थानीयले त्रिपुरासुन्दरी भगवतीको आराधना गरे । ...


