सडकमा जानुपर्दा सडकको तयारी र निर्वाचनमा जानुपर्दा निर्वाचनकै तयारीका साथ अघि बढ्नुपर्छ : विष्णु पौडेल

काठमाडौं, कात्तिक १० । नेकपा (एमाले)ले पार्टीको आन्तरिक एकता सुदृढ गर्दै संगठनलाई निर्वाचनकेन्द्रित बनाउन आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारीलाई तीव्रता दिएको छ। भेलामार्फत पार्टी पङ्क्तिलाई एकताबद्ध र सक्रिय बनाउँदै आगामी स्थानीय तहको निर्वाचनसहित बदलिँदो राजनीतिक परिस्थितिको सामना गर्ने रणनीति एमालेले अघि सारेको छ। राष्ट्रिय भेलाको तयारीका क्रममा पार्टी केन्द्रीय कार्यालयमा उपाध्यक्ष विष्णु पौडेलको प्रमुख आतिथ्यतामा दोस्रो बैठक सम्पन्न भएको छ। बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले पार्टीको आन्तरिक जीवन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र जनजीविकासँग जोडिएका सवालमा नेता तथा कार्यकर्ताबीच साझा बुझाइ र एकरूपता विकास गर्नु भेलाको मुख्य उद्देश्य रहेको बताउनुभयो। पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकले सिंगो पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने निर्णय गरेको स्मरण गराउँदै उहाँले उक्त निर्णयको भावनाअनुसार पार्टी पङ्क्तिलाई उत्साहित बनाउने र निर्वाचनको तयारीमा परिचालित गर्ने काममा राष्ट्रिय भेला सफल हुने विश्वास व्यक्त गर्नुभयो। उपाध्यक्ष पौडेलले आगामी स्थानीय तहको निर्वाचनमा एमालेले आफ्नो प्रभाव र सामर्थ्य प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभयो। २०८२ सालको निर्वाचन परिणामलाई क्षणिक र अस्थायी धक्काका रूपमा पार्टीले लिएको उल्लेख गर्दै उहाँले व्यवहारबाट उक्त बुझाइ पुष्टि गरी एमालेलाई पुरानै राजनीतिक धारमा फर्काउनुपर्ने बताउनुभयो। आगामी दिनमा उत्पन्न हुन सक्ने राजनीतिक चुनौतीको सामना गर्न पार्टी पङ्क्तिलाई तयार पार्नुपर्ने उहाँको भनाइ थियो। “सडकमा जानुपर्दा सडकको तयारी र निर्वाचनमा जानुपर्दा निर्वाचनकै तयारीका साथ अघि बढ्नुपर्छ,” उपाध्यक्ष पौडेलले भन्नुभयो। बैठकमा पार्टी महासचिव शंकर पोखरेलले राष्ट्रिय भेलालाई सफल बनाउन सबै नेता तथा कार्यकर्तालाई सक्रियतापूर्वक परिचालित हुन आग्रह गर्नुभयो। भेलाका उद्देश्य र सन्देशलाई पार्टी पङ्क्तिदेखि जनस्तरसम्म पुर्याउन व्यापक प्रचारप्रसारमा जुट्नुपर्ने उहाँले बताउनुभयो। बैठकको अध्यक्षता गर्नुभएका पार्टी सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालले भेलाको तयारीका क्रममा हालसम्म भएका कामबारे जानकारी गराउनुभयो। उहाँका अनुसार राष्ट्रिय भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश तथा जिल्ला कमिटी, स्थानीय तह, जनसंगठन र विभिन्न तहका जनप्रतिनिधिसहित कुल ३ हजार १६४ जनाको सहभागिता रहनेछ। एमालेले उपलब्ध गराएको विवरणअनुसार भेलामा ३४६ जना केन्द्रीय सदस्य र केन्द्रीय निकायबाट ८१ जना सहभागी हुनेछन्। आठ प्रदेश कमिटी, भारत प्रवास तथा प्रवासी नेपाली मञ्चका तर्फबाट ५५ जनाको सहभागिता रहनेछ। त्यसैगरी, ७७ जिल्ला, सम्पर्क कमिटीअन्तर्गतका सात जिल्ला कमिटी र राजधानी प्रदेशअन्तर्गतका चार जिल्लासहित जिल्ला तहबाट ४४० जना सहभागी हुनेछन्। पालिकास्तरका कमिटीका अध्यक्ष तथा पदाधिकारीमध्येबाट एक जनाका दरले १ हजार ५०६ जनालाई सहभागी गराइनेछ। संघीय संसद् तथा राष्ट्रिय सभाबाट ३५ जना र प्रदेशसभा सदस्यबाट १५५ जना सहभागी हुनेछन्। स्थानीय तहका निर्वाचित प्रतिनिधिमध्ये मेयर तथा गाउँपालिका अध्यक्ष १९६ जना र उपमेयर तथा गाउँपालिका उपाध्यक्ष ३४२ जनाको सहभागिता रहने एमालेले जनाएको छ। जनसंगठनका तर्फबाट ९६ जना सहभागी हुनेछन्। एमालेले राष्ट्रिय भेलालाई पार्टीभित्रको एकता थप मजबुत बनाउने, संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउने र आगामी निर्वाचन तथा राजनीतिक गतिविधिमा नेता–कार्यकर्तालाई एकीकृत रूपमा परिचालन गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ। भेलाबाट पार्टीको आगामी कार्यदिशा स्पष्ट पार्दै संगठनलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

‘प्रश्न गर्नेलाई तर्साउने होइन, लुम्बिनी विकास कोषको निर्णय सच्याउ’
काठमाडौं । कांग्रेस महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकासको कोषमा सरकारको विवास्पद निर्णयप्रति कटाक्ष गरेका छन् । सरकारले हालै लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्त गरेको थियो । आनी छोइङको नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी विवाद देखिएको विषयमा पौडेलले सरकारलाई आफ्नो निर्णय सच्याउन आग्रह गरेका हुन् । ‘लुम्बिनी विकास कोषजस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वको संस्थाको […] ...

जसपा नेपालका प्रदेश सचिव युसुफ अलिद्वारा राजीनामा
धीरेन्द्रप्रसाद साहराजविराज, कात्तिक १० गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश समिति सचिव मो. युसुफ अलिले पार्टीको पद तथा साधारण सदस्यसमेत नरहने गरी मंगलबार राजीनामा... ...

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा
पोखरा – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक तिक्ततालाई अन्त्य गर्नुपर्ने बताएका छन् । बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा मंगलबार पोखरामा आयोजित सम्मान कार्यक्रममा सभापति थापाले पार्टीबाट टाढिएका मतदाताको घरदैलोमा पुगेर कांग्रेसले पुन: संवाद थाल्ने जानकारी दिए । उनले ११३औँ बीपी जयन्तीका अवसरमा विगतमा कांग्रेससँग आबद्ध रहेका तर पछिल्लो समय अलग भएका परिवारसँग विशेष […] ...

जनकपुरविरुद्ध कर्णाली याक्सलाई दोस्रो झट्का, मार्क वाट आउट
नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणअन्तर्गत दोस्रो दिनको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको कर्णाली याक्सले दोस्रो विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले दोस्रो विकेटका रूपमा मार्क वाटलाई गुमाएको हो । हाल कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा जारी छ । ...


