सञ्चारगृहमा छापा र सञ्चारकर्मीमाथिको धरपकड तत्काल बन्द हाेस् : एमाले

काठमाडौं, कात्तिक १३। नेकपा (एमाले) ले नेपाली सञ्चारगृहहरूमा छापा मार्ने, सञ्चारकर्मीमाथि धरपकड गर्ने तथा भय र त्रासको वातावरण सिर्जना गर्ने सरकारको कार्यप्रति आपत्ति जनाउँदै त्यस्ता गतिविधि तत्काल बन्द गर्न माग गरेको छ। नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले प्रेस वक्तव्य जारी गर्दै सरकारको उक्त कार्यलाई अलोकतान्त्रिक र फाँसीवादी प्रवृत्तिको द्योतक भएको टिप्पणी गर्नुभएको छ। उहाँले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै स्वतन्त्र सञ्चारमाध्यममाथिको हस्तक्षेप नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको प्रहार भएको बताउनुभएको छ। वक्तव्यमा भनिएको छ, “राज्यका निकायहरू कानुनको शासनको मर्यादाभित्र रहनुपर्नेमा स्वयं सरकारले नै कानुनी प्रक्रिया र लोकतान्त्रिक मान्यताविपरीत दमनकारी व्यवहार प्रदर्शन गर्नु गम्भीर चिन्ताको विषय हो।” आचार्यले कानुनको शासन र सुशासनका नाममा हुने दमन तथा लोकतन्त्रका नाममा निरङ्कुशता स्वीकार्य हुन नसक्ने स्पष्ट पार्नुभएको छ।उहाँले सञ्चारमाध्यममाथि हुने कुनै पनि प्रकारको गैरकानुनी हस्तक्षेप र सञ्चारकर्मीमाथिको धरपकड तत्काल बन्द गर्न तथा सञ्चारगृह र सञ्चारकर्मीको संवैधानिक अधिकार एवं प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्न सरकारसँग माग गर्नुभएको छ। “गिरफ्तार गरिएका सञ्चारकर्मीहरूलाई विनासर्त रिहा गरियोस्,” वक्तव्यमा भनिएको छ। नेकपा (एमाले) ले सरकारका यस्ता कदमको घोर निन्दा र भर्त्सना गर्दै प्रेस स्वतन्त्रता तथा सञ्चारकर्मीको अधिकारको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

सरकारले प्रश्न गर्नेहरूको मुख थुन्न सञ्चारकर्मीमाथि प्रहार गर्न थालेको कांग्रेस सहमहामन्त्री शिवाकोटीको आरोप
कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले जवाफविहीन सरकारले प्रश्न गर्नेहरूको मुख थुन्न सञ्चारकर्मीमाथि प्रहार गर्न थालेको आरोप लगाएका छन् । ...

प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार हो : कुलमान घिसिङ
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समाचार लेखेकै आधारमा सञ्चारमाध्यम र पत्रकारमाथि धरपकड, हस्तक्षेप तथा दमन गर्नु... ...

पत्रकार पक्राउ र सञ्चारगृहमाथि धरपकडको विरोधमा झरीमै माइतीघरमा प्रदर्शन
पत्रकार र संचारगृहमाथि भइरहेको धरपकडविरुद्ध पत्रकारहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । शनिबार विहान नेपाल पत्रकार महासंघको आह्वानमा माइतीघरमा पत्रकारहरुको प्रदर्शन गरेका हुन् । महासंघले पत्रकार पक्राउ, सञ्चारगृह माथि धरपकड र न्युजरूममा सरकार र प्रहरी हस्तक्षेप बढेपछि माइतीघरमा प्रदर्शन गरेको हो । प्रदर्शनमा पत्रकारहरुले सरकारी रवैयाको विरोधमा नरााबाजी गर्नुका साथै प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । वर्षा र झरीको प्रवाह नगरी पत्रकारहरु प्रदर्शनमा सहभागी ...

अपराह्नपछि वर्षा र हिमपात कम हुँदै मौसममा सुधार आउने
अर्नब चक्रवातको अवशेषका रूपमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले देशका विभिन्न स्थानमा भइरहेको वर्षा र हिमपात अपराह्नपछि क्रमशः कम हुँदै मौसममा सुधार आउने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल न्यून चापीय क्षेत्र पश्चिम नेपाल नजिक रहेकाले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा तथा कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपात भइरहेको छ ...


