Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

सगरमाथा बेस क्याम्पमा विदेशी जोडीले गरे विवाह

Share:WhatsAppFacebookX (Twitter)Telegram
सगरमाथा बेस क्याम्पमा विदेशी जोडीले गरे विवाह
Photo / Coverage: केन्द्रबिन्दु

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा एक विदेशी जोडीले विवाह गरेका छन्। समुद्री सतहदेखि ५ हजार ३ सय ६४ मिटरको उचाइमा रहेको एभरेस्ट बेस क्याम्पमा क्याटिना लेम्पेसिस सागानोस र जोसेफ डान्यो वैवाहिक बन्धनमा बाँधिएका हुन्। विश्वकै चर्चित साहसिक गन्तव्यमा सम्पन्न उनीहरूको विवाह सामान्य वैवाहिक समारोहभन्दा फरक र विशेष बनेको छ। हिउँले ढाकिएका मनोरम हिमशृङ्खलालाई साक्षी राखेर गरिएको विवाहले प्रेमसँगै साहसिक यात्राको अनुभूतिलाई पनि जोडेको छ। जोडीको विवाहका तस्बिर र विवरण सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसको चर्चा भइरहेको छ। सगरमाथा आधार शिविरमा भएको यो अनौठो विवाहले नेपालको हिमाली पर्यटनलाई थप चर्चामा ल्याएको छ। पर्यटन व्यवसायीहरूका अनुसार यस्ता सिर्जनात्मक तथा साहसिक गतिविधिले हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउनुका साथै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा ‘एडभेन्चर वेडिङ डेस्टिनेसन’ का रूपमा चिनाउन मद्दत गर्नेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तिहार र छठ बिदापछि सरकारी अस्पतालमा बिरामीको चाप, सेवा लिन घण्टौँ लाइन
Latest NewsJust now

तिहार र छठ बिदापछि सरकारी अस्पतालमा बिरामीको चाप, सेवा लिन घण्टौँ लाइन

काठमाण्डु- तिहार र छठ पर्वको लगातारको सार्वजनिक बिदापछि काठमाण्डुका प्रमुख सरकारी अस्पतालमा बिरामीको चाप बढेको छ। मंगलबारदेखि सरकारी अस्पताल नियमित रूपमा सञ्चालनमा आएसँगै वीर अस्पताल, महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आउने बिरामी तथा आफन्तको भीड लागेको हो। लामो बिदाका कारण रोकिएका स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिन एकैपटक धेरै […] ...

काठमाण्डुपाटी
शक्तिशाली एल निनोले विश्वभर खडेरी, आगलागी र खाद्य सङ्कटको जोखिम
Latest NewsJust now

शक्तिशाली एल निनोले विश्वभर खडेरी, आगलागी र खाद्य सङ्कटको जोखिम

पेरिस । यस वर्ष विकसित शक्तिशाली एल निनोका कारण ब्राजिलमा जङ्गलमा आगलागी, इन्डोनेसियामा वन विनाश र पश्चिम अफ्रिकामा कृषि उत्पादन घट्ने जोखिम बढेको छ । यसले विश्वभर खाद्य सुरक्षामा समेत गम्भीर चुनौती थप्ने संयुक्त राष्ट्रसङ्घका निकाय र मौसमविद्हरूले चेतावनी दिएका छन् । मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरको सतहको तापक्रम असामान्य रूपमा बढ्ने एल निनोका कारण विश्वव्यापी वर्षा, हावा र तापक्रमको ...

केन्द्रबिन्दु
भारतका भत्किएका सडक र अव्यवस्थित जग्गा अभिलेख सुधार्दै एआई स्टार्टअप
Latest NewsJust now

भारतका भत्किएका सडक र अव्यवस्थित जग्गा अभिलेख सुधार्दै एआई स्टार्टअप

नयाँदिल्ली । सन् २०२० मा सञ्जय मन्डवा व्यक्तिगत जग्गा विवाद समाधान गर्न अमेरिकाको सिकागोबाट भारतको दक्षिणी सहर चेन्नई पुगेका थिए । त्यसपछिका केही महिना उनले आफ्नो परिवारको नाममा रहेको जग्गाको स्वामित्व... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play