सक्रिय राजनीतिमा फर्किएपछि विद्यादेवी भण्डारीको पहिलो विदेश भ्रमण : ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन चीन जाँदै

काठमाडौं, कात्तिक ४ । पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी बिहीबार चीन भ्रमणमा जानुहुने भएको छ। एमालेको वरिष्ठ नेताका रूपमा सक्रिय राजनीतिमा पुनरागमन गर्नुभएपछि उहाँको यो पहिलो विदेश भ्रमण हो। वरिष्ठ नेता भण्डारी चीनको हेबेई प्रान्तस्थित सियोङआनमा अक्टोबर २३ देखि २५ सम्म आयोजना हुने ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन चीन जान लाग्नुभएको हो। उक्त फोरममा उहाँले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँका स्वकीय सचिव राजकुमार राईले जानकारी दिनुभएको छ। चाइनिज पिपल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स (सीपीआईएफए) द्वारा आयोजना हुने उक्त फोरममा विश्वभरका राजनीतिक, कूटनीतिक, व्यावसायिक तथा सञ्चार क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्। आयोजक सीपीआईएफएका अनुसार गत शुक्रबारसम्म ग्लोबल साउथ, युरोप र अमेरिकालगायत विभिन्न क्षेत्रका करिब १०० देशका प्रतिनिधिहरूको सहभागिता निश्चित भइसकेको छ। फोरममा बदलिँदो विश्व व्यवस्थाका बीच अन्तर्राष्ट्रिय सहकार्यलाई थप सुदृढ बनाउने, विश्वव्यापी शासन प्रणालीमा सुधार गर्ने तथा साइबरस्पेस र अन्तरिक्षको शासनसँग सम्बन्धित चुनौतीहरूबारे छलफल हुने कार्यक्रम छ। त्यसैगरी, कृत्रिम बुद्धिमत्ता (एआई) को सुरक्षित प्रयोगलगायत समसामयिक विश्वव्यापी विषयहरू पनि छलफलका प्रमुख एजेण्डा रहनेछन्। सक्रिय राजनीतिमा पुनरागमन गर्नुभएपछि पूर्वराष्ट्रपति भण्डारीको यो पहिलो विदेश भ्रमण भएकाले उहाँको चीन भ्रमणलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। अन्तर्राष्ट्रिय मञ्चमा उहाँको सहभागिता र सम्बोधनलाई पनि महत्त्वका साथ हेरिएको छ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

थिमिमा ६२ वर्षपछि जीवित देवी कुमारीको दर्शनसहित टीका ग्रहण
भक्तपुरको मध्यपुरथिमिमा ६२ वर्षपछि यस वर्ष जीवित देवी कुमारीको दर्शन र उनको हातबाट टीका ग्रहण गर्ने परम्पराले पुनः निरन्तरता पाएको छ । स्थानीय शाक्य, बज्राचार्य, कर्माचार्य तथा संस्कृति संरक्षणकर्मीको पहलमा धार्मिक, सामाजिक एवं ऐतिहासिक महत्त्व बोकेको कुमारी दर्शन गराउने परम्परा आजदेखि पुनः सुरु भएको हो । मध्यपुरथिमि चपाचोकी चार वर्षीया आयुषी बज्राचार्यलाई यस वर्ष जीवित देवी कुमारीका रूपमा नियुक्त गरिएको थियो । ...

राष्ट्रपतिदेखि सर्वसाधारणसम्मले लगाए दशैँको टीका, कोजाग्रत पूर्णिमासम्म टीका लगाउने क्रम जारी रहने
काठमाडौं, कात्तिक ४ । नेपालीहरूको महान् पर्व बडादशैँअन्तर्गत आज विजयादशमीका दिन राष्ट्रपतिदेखि सर्वसाधारणसम्मले मान्यजनको हातबाट टीका तथा जमरा ग्रहण गरी आशीर्वाद लिएका छन्। आफूभन्दा ठुलाबडाबाट टीका लगाएर आशीर्वाद लिने र आफूभन्दा सानालाई टीका लगाई सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्ने क्रम देशभर जारी छ। यस वर्ष विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको थियो। उक्त ...

कतै दसैँको रौनक, कतै शोकको सन्नाटा
आज विजयादशमी । निधारमा रातो टीका र शिरमा पहेँलो जमरा सिउरिएर आफन्तको हातबाट आशीर्वाद थाप्ने दिन । घरआँगन आफन्तले भरिएका छन् । कोही टीका र जमरा लगाएर तस्बिर खिचिरहेका छन्, कोही सामाजिक सञ्जालमा खुसी साटिरहेका छन् । कतै पिङको मच्चाइ छ । धेरैका लागि दसैँ उमङ्ग, भेटघाट र मीठोमसिनो खाने पर्व बनेको छ । गाउँबस्ती र सहरका टोलटोलमा दसैँका गीत ...

बाँकेको जानकी गाउँपालिकामा आगलागी हुँदा सात घर जलेर नष्ट
बाँके, कात्तिक ४ । बाँकेको जानकी गाउँपालिका–६ कपासीमा विद्युत् सर्ट भई आगलागी हुँदा सातवटा घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। आगलागीबाट अर्को एक घरको झ्यालमा समेत क्षति पुगेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बुधबार दिउँसो करिब २ः२० बजे स्थानीय इद्दु खानको घरमा विद्युत् सर्ट भई आगलागी भएको हो। आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो। आगलागी नियन्त्रणका लागि ...


