काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका चार संसदीय समितिको बैठक आज बस्दैछ । आज सार्वजनिक लेखा समितिको सोह्रौँ बैठक बिहान ९: ३० बजे बस्नेछ । बैठकमा सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाबारे छलफल हुनेछ । त्यस्तै, नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल र स्काडा प्रणाली विस्तारसम्बन्धी समितिमा प्राप्त उजुरीमाथि पनि छलफल गर्ने कार्यसूची छ । त्यस्तै आज महिला तथा सामाजिक मामिला समितिको तेइसौँ बैठक बिहान ९ बजे बस्नेछ । बैठकमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल हुनेछ । छलफलमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रीलाई आमन्त्रण गरिएको छ । त्यसैगरी, अर्थ समितिको ३४औँ बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ । त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ । बैठकमा चलचित्र विधेयक, २०८१ माथि संशोधन प्रस्ताव राख्ने सांसदहरूसँग छलफल गरिनेछ । बैठकमा सूचना तथा सञ्चार मन्त्रालयका मन्त्री र सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव तथा चलचित्र विकास बोर्डका अध्यक्षलाई आमन्त्रण गरिएको छ । The post संघीय संसद्का चार समितिको बैठक बस्दै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
संघीय संसद्का चार समितिको बैठक बस्दै

Read Complete Original Article
Published originally on कर्पोरट खबर






