श्रीलंकाली अलराउण्डर थरिन्दु सुदूरपश्चिममा अनुबन्ध

काठमाडौं । श्रीलंकाली अलराउण्डर थरिन्दु रथ्नायकेले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने हुनुभएको छ । ३० वर्षीय रथ्नायके बायाँ हाते ब्याटर हुनुहुन्छ । उहाँ दायाँ हाते अफ स्पिन र बायाँ हाते स्पिन दुवै प्रकारले बलिङ गर्न सक्नुहुन्छ । दुवै हातले बलिङ गर्न सक्ने क्षमताका कारण उहाँ फरक शैलीका बलरका रूपमा परिचित हुनुहुन्छ । रथ्नायकेले श्रीलंकाका लागि चार टी-२० अन्तर्राष्ट्रिय खेल खेल्नुभएको छ । त्यसमा उहाँले ६ विकेट लिनुभएको छ भने ब्याटिङमा ७७ रन बनाउनुभएको छ । उहाँको टी-२० अन्तर्राष्ट्रियमा उच्च स्कोर ६५ रन हो । घरेलु तथा अन्य टी-२० प्रतियोगितामा उहाँले ८८ खेल खेल्दै ९८ विकेट लिनुभएको छ । यस क्रममा उहाँको उत्कृष्ट बलिङ प्रदर्शन आठ रन खर्चेर चार विकेट लिनु हो । उहाँले टी-२० क्रिकेटमा ६३८ रनसमेत बनाउनुभएको छ । प्रथम श्रेणी क्रिकेटमा ८२ खेल खेल्नुभएका रथ्नायकेले ३७८ विकेट लिनुभएको छ । उहाँले एक हजार ९२३ रन बनाउनुभएको छ । त्यस्तै, उहाँले लिस्ट ए क्रिकेटमा ९६ खेल खेल्दै १३३ विकेट र ९५२ रन बनाउनुभएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

जनकपुर र काठमाडौँ तथा कर्णाली र विराटनगर भिड्दै, हेड टु हेडमा को अगाडि ?
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज आमनेसामने हुनेछन् ।... ...

सरकारले चिकित्सा शिक्षा क्षेत्र सुधारका माग सम्बोधन गर्ने भनेपछि गोविन्द केसीले २ दिन सारे सत्याग्रह
काठमाडौं । स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग सरकारले विगतमा गरेका सहमतिको समीक्षा गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारसहितको बैठकले कार्यान्वयन हुन बाँकी सहमतिका विषयलाई समन्वयका साथ समयमै टुङ्ग्याउने निर्णय गरेको हो। साथै, बैठकमा हालसम्म ...

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह
डुबानको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय झापाले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। ...

सराय नाचको महिमा
गणेश खनालअर्घाखाँची, कात्तिक १२ गते । पश्चिम नेपालमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको सराय नाच कोजाग्रत पूर्णिमाको अवसरमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाख... ...


